मिल्स गोल्डकपको उपाधि एपीएफलाई

  • बैशाख १६, २०८१ / नेपाल रेखा
alt

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगर जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ ।
जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट सान्तवना गोल मिलन राईले फर्काए ।
यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
सुरूवाती अग्रता घरेलु टिम पेमा युवा क्लबले लियो । खेल सुरु भएको ११ औं मिनेटमा मिलन लिम्बूले गोल गरी पहिलो हाफमा सुरूवाती अग्रता दिलाए । सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गरे ।
घरेलु टिम पेमाले गोल गरेको दुई मिनेट बित्न नपाउँदै एपीएफले गोल गरी खेल बराबारीमा फर्काए । खेल सुरु भएको १३ औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा ल्याए । पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्ड भएको बललाई भरतले आकर्षक गोल गरे ।
पहिलो हाफमा १–१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि आक्रमक खेल्दै एपीएफका दिसन राईले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । हरि कार्कीले डिबक्स भित्रबाट दिएसको क्रस पासलाई दिसनले जाली चुमाए । अग्रता दोब्बर बनाएको १४ मिनेट बित्न नपाउँदै धनबहादुर श्रेष्ठले गोल गरि टिमको जित सुनिश्चत गरे । दिसन राईले निकालेको पासलाई धनबहादुरले गोल गरेका थिए ।
पेमा युवा क्बलले बारम्बार पाएको गोल गर्ने अवसर खेर पाल्दा उपबिजेता बन्यो । उपबिजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । हाइस्कोर एपीएफकै हरि कार्की भए । उनले खेलभरीमा तीन गोल गरे । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुर्नामेन्ट अफ द इयर पेमा युवा क्लबलका कोमल खवास घोषित भए ।
वैशाख ७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
प्रतियोगिताको बिजेता हुने टिमलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]