इटहरी उपमहानगरले इटहरी रंगशाला आफु मातहत ल्याइ सञ्चालन गर्ने

  • असार १२, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालालाई आफ्नो मातहत ल्याउने भएको छ । उपमहानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा इटहरी–९ मा सञ्चालित राखेपको स्वामित्वमा रहेको रंगशालालाई उपमहानगरपालिकले स्वामित्व लिइ सञ्चालन गर्न आवश्यक पहल गरिने उल्लेख छ । रंगशाला स्थानीय सरकारको स्वामित्वमा नआउदा संरक्षणमा समस्या हुने गरेको गुनासो बढेपछि उपमहानगरले आफु मातहत ल्याउन पहल गर्ने भएको हो ।
उपमहानगरले एक वडा एक खेल मैदान निर्माण गरिने समेत जनाएको छ । यस्तै इटहरी उपमहानगरपालिकामा दर्ता भएका खेलसँग सम्बन्धित संस्थाहरुलाई प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेल सामग्रीहरु उपलब्ध गराइने जनाइएको छ । यस्तै नगर खेलकुद सञ्चालन नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । नगर क्षेत्र भित्र प्रत्येक वडामा खुल्ला व्यायामशाला स्थापना गरिने बताइएको छ ।
उपमहानगरले नगर खेलकुद विकास समिति गठन तथा कार्यालय सञ्चालनको व्यवस्था मिलाइने जनाएको छ ।
बिगत बर्षदेखी हुदै आएको राष्ट्रपति रनिङ्ग शिल्डप्रतियोगीता सञ्चालनको व्यवस्था मिलाइने र नगरस्तरीय खेलकुद प्रतियोगिताहरु (मेयर कप, फूटबल, भलिबल, उसु, कराँते, तेक्वान्दो, टेवल टेनिस, ब्याडमिण्टन, एथेलेटिक्स, क्रिकेट, म्याराथुन, फुटसल, फेन्सिङ, बास्केटबल, बुद्धिचाल, स्नुकर आदि) सञ्चालनको व्यवस्थालाई निरन्तरता दिएको छ । महिलाहरुलाई समेत खेलकुद प्रति उत्प्रेरित गराउनका निम्ति उपमेयर कप मार्फत महिला फुटबल, भलिबल, कराते, कबडि जस्ता खेलकुद प्रतियोगिता संचालन गरिने उल्लेख छ । खेलसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु नगर खेलकुद विकास समितिको निर्णयानुसार सञ्चालन हुने ब्यवस्था मिलाइने जनाइएको छ ।
खेलकुदसँग सम्बन्धित संस्थाहरु उपमहागरपालिकामा दर्ता गरी खेल क्षेत्रको विकासलाई ब्यवस्थित बनाइने उपमहानगरको योजना छ ।
अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरीय खेलकुद प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नगर भित्रका खेलाडीहरुलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने उपमहानगरले नीति लिएको छ ।
अन्तरराष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरी, जिल्लास्तरीय तथा अन्तर पालिकास्तरीय खेलकुद प्रतियोगीतामा सहभागीताको ब्यवस्था मिलाइने र नगरपालिका क्षेत्र भित्र रहेका खेल मैदानहरुलाई स्तरोन्नति गर्दै लगिन समेत नीति तथा कार्यक्रममा समावेश छ ।
यसबाहेक नगरस्तरीय अपाङ् खेलकुद प्रतियोगीता समेत सञ्चालन गरिने उपमहानगरको योजना रहेको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]