इटहरी उपमहानगरमा भूमि, व्यवसाय, बहाल करमा विशेष छुट

  • भदौ १, २०८० / नेपाल रेखा
alt

राजन केडी
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय करमा विशेष छुट दिएको छ ।
उपहानगरपालिका कार्यालयका प्रमुख प्रकाशकीय अधिकृत रामचरित्र मेहताले गत साउन ३० गते एक सूचना जारी गर्दै एकीकृत सम्पत्ति तथा भूमि कर, व्यवसाय कर, बहाल करमा विशेष छुट दिएको जानकारी दिएका छन् ।
एकीकृत सम्पत्ति तथा भूमि करमा १० प्रतिशत छुट दिइएको छ । २०८० पुस मसान्तभित्र यो कर बुझाउनु पर्नेछ । यसैमा आर्थिक वर्ष २०७९/८० र सो भन्दा अगाडिको कर २०८० असोज मसान्तभित्र बुझाएमा यसमा लाग्ने थप शुल्क, व्याज, जरिवाना मिनाह हुनेछ ।
व्यवसाय करमा पनि १० प्रतिशत छुट दिइएको छ । दर्ता गरी हालसम्म संचालनमा नरहेका व्यवसाय बन्द गर्न आए लाग्ने करमा ५ प्रतिशत छुट दिइने बताइएको छ । आ.व. २०७३/७४ सम्मको व्यवसाय बक्यौता कर सम्पूर्ण मिनाह गरिएको छ । व्यवसाय कर असुल गर्दा पुँजीको आधारमा मात्र गरिने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरले बहाल करको दर घटाइएको जनाएको छ । यो करमा ५ प्रतिशत कायम गरिएको छ ।
२०८० पुस मसान्तभित्र एकमुष्ट बहाल कर बुझाएमा १० प्रतिशत छुट गरिएको छ । साथै, २०७५ साउन अगाडिको सम्पूर्ण बहाल कर मिनाह गरिएको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]