इटहरी उपमहानगरमा भूमि, व्यवसाय, बहाल करमा विशेष छुट

  • भदौ १, २०८० / नेपाल रेखा
alt

राजन केडी
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय करमा विशेष छुट दिएको छ ।
उपहानगरपालिका कार्यालयका प्रमुख प्रकाशकीय अधिकृत रामचरित्र मेहताले गत साउन ३० गते एक सूचना जारी गर्दै एकीकृत सम्पत्ति तथा भूमि कर, व्यवसाय कर, बहाल करमा विशेष छुट दिएको जानकारी दिएका छन् ।
एकीकृत सम्पत्ति तथा भूमि करमा १० प्रतिशत छुट दिइएको छ । २०८० पुस मसान्तभित्र यो कर बुझाउनु पर्नेछ । यसैमा आर्थिक वर्ष २०७९/८० र सो भन्दा अगाडिको कर २०८० असोज मसान्तभित्र बुझाएमा यसमा लाग्ने थप शुल्क, व्याज, जरिवाना मिनाह हुनेछ ।
व्यवसाय करमा पनि १० प्रतिशत छुट दिइएको छ । दर्ता गरी हालसम्म संचालनमा नरहेका व्यवसाय बन्द गर्न आए लाग्ने करमा ५ प्रतिशत छुट दिइने बताइएको छ । आ.व. २०७३/७४ सम्मको व्यवसाय बक्यौता कर सम्पूर्ण मिनाह गरिएको छ । व्यवसाय कर असुल गर्दा पुँजीको आधारमा मात्र गरिने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरले बहाल करको दर घटाइएको जनाएको छ । यो करमा ५ प्रतिशत कायम गरिएको छ ।
२०८० पुस मसान्तभित्र एकमुष्ट बहाल कर बुझाएमा १० प्रतिशत छुट गरिएको छ । साथै, २०७५ साउन अगाडिको सम्पूर्ण बहाल कर मिनाह गरिएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]