जुम्लामा रङ्गशाला निर्माणले गति लिँदै

  • पुस २, २०८० / नेपाल रेखा
alt

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित राजासिमा निर्माणाधीन रङ्गशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ ।
आयोजनाअन्तर्गत नगरपालिकाभित्रका एकीकृत सहरी पूर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९।८० देखि काम अघि बढेको हो । आयोजना प्रमुख सिंहका अनुसार उक्त काम २०८१ कात्तिकभित्र सक्नुपर्ने सम्झौता छ । नगरभित्रका विभिन्न भौतिक संरचनासहित रङ्गशाला निर्माणका लागि कूल ४० करोड ६२ लाखमा कविन्द्र निर्माण सेवा कम्पनी प्रालि काठमाडाँैसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा रङ्गशाला नहुँदा खेलाडीलाई खेल खेल्न र अभ्यास गर्न सकस हुने गरेको छ । अबको दुई वर्षभित्र रङ्गशाला निर्माण भएपछि जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने निर्माण आयोजना कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो । कर्णाली प्रदेशकै नमूना रङ्गशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालयले जनाएको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]