लकडाउनले बनायो दिलकुमार लामालाई ड्रागन कृषक

  • फाल्गुन १३, २०८० / नेपाल रेखा
alt

बाबुराम कार्की
इटहरी । जागिरे जीवन बिताएर घर फर्किएपछि कोही घर गृहस्थी मै रमाउछन्, कोही व्यापार व्यावसाय गर्न थाल्छन् । उमेर भएकाहरु वैदेशिक राजगारीतिर पनि लाग्छन् । तर, धरान–१८ का नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी निरिक्षक दिलकुमार लामा सिउडी प्रजातिको ड्रागन फल खेतिमा लागेका छन् ।
६६ वर्षीय दिलकुमार लामालाई दुई वर्ष अघिसम्म ड्रागन फलको बारेमा केहि थाहा थिएन । कोरोना कालको लकडाउनका बेला युट्युवमा हेरेको ड्रागन फल खेतीका जानकारीमूलक भिडियोहरु उनका लागि प्रेरणा बनेका छन् । त्यसबेला उनले हेरेको भिडियोले नै उनलाई व्यवसायिक ड्रागन खेतीसम्म पुर्यायो । युट्युवबाट ड्रागन फलको बारेमा जानकारी लिई खेती गर्न थालेको उनले बताए । उनले भने “मोबाइल हेरेर मान्छे बिग्रिए भन्छन् तर यसैबाट मैले यो खेती गर्न सिके । मोबाइलबाट राम्रा कुराहरु पनि सिक्न सकिने रहेछ ।”
‘लक्ष्मी ड्रागन फुड कृषि फर्म’ दर्ता गरेर एक वर्षअघि देखि लामा व्यवसायिक रुपमै ड्रागन फल खेती गर्दै आएका छन् । लामाले सुरुवाती अवस्थामा धरान–१६ मा एक कठ्ठा क्षेत्रफलमा ५० वटा पिल्लर गाडेर ड्रागन खेती सुरु गरेका थिए । त्यसबाट राम्रो आम्दानी लिएपछि लामाले ड्रागन खेतीलाई बढाएर लगेका छन् । उनले धरान–६ पानवारीमा ७ लाख लगानी गरेर साढे पाँच कठ्ठा क्षेत्रफलमा ड्रागन फलको खेति गर्दै आएका छन् ।
काठमाडांैदेखि विरुवा मगाएर खेति लगाएका दिल कुमारको पानबारीको बारीमा ड्रागन फलका बोटहरु अहिले लहहल भइसकेका छन् । हाल उनको दिनचर्या ड्रागन खेतीको रेखदेखमै बित्ने गरेको छ । दैनिक पाँच किलोमिटर धाएर ड्रागन खेतिको हेरविचार गर्दै आएको उनी बताउछन् । उनी भन्छन् “मलाई यो खेती जागिर जत्तिकै भएको छ । परिवारले पनि साथ सहयोग दिएको छ । कलेज छुटी भएको बेला छोरी पासुङ्गामो शेर्पाले पनि खेतिमा सहयोग पुर्याउदै आएकी छन् । गोडमेल गर्न देखि औषधी छिट्नसम्म आफैं गर्दै आएको छु । खेतीमा केही समस्या आए युट्युब खोलेर खोज्ने गरेको छु ।”
कृषि फर्म खोलेपछि पचहत्तर प्रतिशत फर्ममै खट्नु पर्छ अनिमात्र खेतिबाट फाइदा हुने लामा बताउछन् । “कृषिमा काम गरेर सानो मान्छे हुने होइन राम्रो गर्यो भने गाउँ टोल समाज सबैले चिन्ने पनि आर्थिक आय पनि हुने हुँदा जागिरको अवकाश पछिको दैनिकै यस्तै गरेर बितिरहेको छ” उनी भन्छन् ।
दिलकुमार अहिले युवट्युवको प्रयोगले सामान्य ड्रागन फलका बिरुवामा लाग्ने रोग, किरा र फङ्गसको उपचार गर्दै आउनु भएको छ । उनले तीन सय १८ वटा चार बाइ चारको सात फिटे पिल्लरमा रिङ्ग राखेर बिरुवा लगाएका छन् ।
फर्ममा दिलकुमार आफैँ खटेर काम गर्दै आएका छन् । यसका साथै अगुवा कृषकहरुसँग आवश्यक जानकारी लिदै आएको उनी बताउछन् । “कृषिमा तालिम अनुदान पनि दिन्छन् भनेको सुनेको छु तर, अहिलेसम्म मैले कुनै तालिम लिन पाएको छैन । युट्युवबाटै सिकेर यत्रो लगानी गरेको छु । मेरो गुरु भनेकै युटुव हो । त्यहि युटुवले नै यहाँ सम्म ल्याइपुर्यायो । ड्रागन फलको बारेमा तालिम लिन पाए अझ ड्रागनको बारेमा जानकारी हुने थियो ।”
राज्यले किसानहरुले उत्पादन गरेको हरेक अन्न, फलफूल, दूग्ध, अण्डा, मासुहरुको मूल्य लागतअनुसार निर्धारण नगरिदिँदा कृषिमा आएका नयाँ पुस्ताहरु कृषि व्यवसाय छौड्दै गएका छन् । किसानहरुले उत्पादन गरेको उपजहरु राज्यले खरिद गर्ने ब्यवस्था मिलाएर अन्य मुलुकमा निर्यात गरे किसानहरु कृषि पेसामा लगनशील भएर लाग्ने थिए र मुलुकको आर्थिक समृद्धिमा थप टेवा पुग्ने उनी बताउछन् ।
ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडी प्रजातिको फल हो । यस फलको स्वाद गुलियो र अमिलो हुन्छ । ड्रयागन फलका जातहरु रातो बोक्रा सेतो गूदी, पहेलो बोक्रा सेतो गूदी, रातो बोक्रो रातो गूदी भएको पाइन्छ । पानी नजम्ने सेप नभएको पारिलो जमिन यस खेतीको लागि उपयुक्त मानिने कृषि विज्ञहरु बताउछन् । रोपेको दुई वर्षमा फल दिने यो बहुवर्षीय फल हो । पछिल्लो समय नेपालमा ड्रयागन फलको व्यवसायिक रुपमै खेती हुँदै आएको छ ।

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

स्थिर सरकार बिना मुल ...

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]