सगरमाथा युथ क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा

  • चैत ११, २०८० / नेपाल रेखा
alt

इटहरी । मोरङको सगरमाथा युथ क्लब इटहरीमा भइरहेको १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सुनसरीको इटहरी रंगशालामा शनिबार राति खेलाइएको उद्घाटन खेलमा सगरमाथाले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
साविक विजेतासमेत रहेको सगरमाथाको जितमा बिमल घर्तीमगरले २ गोल गरेका थिए । सगरमाथाले विदेशी खेलाडी भित्र्याएको छ । उनै विदेशी खेलाडी स्टेफिन समिर विलोङले १ गोल गरेका थिए । खेल सुरु भएको ३ मिनेटमै स्टेफिन विलोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ३६ औँ मिनेटमा विमल घर्तीमगरले सुशिल राईको पासमा गोल गर्दै सगरमाथालाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको एपीएफले खेलको ६६ औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । एपीएफका लागि अनिस महर्जनले गोल गरेका थिए । उनी ५७ औँ मिनेटमा महेश लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
सगरमाथाका लागि ८८ औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । उनले विजय भुजेलले उपलब्ध गराएको पासलाई सिधै जाली चुमाए ।
खेलको म्यान अफ दि म्याच विमल नै घोषित भए । उनले नगद १० हजार रुपौयाँ पुरस्कार प्राप्त गरेका छन् । आइतबार दोश्रो क्वाटरफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच हुनेछ । एक भारतीय सहित नेपालका ८ टिम सहभागी प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]