विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

  • चैत्र १४, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । हाम्रो शान विराटनगरको पहिचान विराट गोल्डकप भन्ने नारा सहित भोलिदेखि विराटनगरमा आयोजना हुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
विराट गोल्डकप ट्रष्टले आज पत्रकार सम्मेलन गर्दै विराटनगरको सहिद रंगशालामा आयोजना हुन लागेको सो फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
यस अघि समितिमार्फत हुँदै आएको फुटबल प्रतियोगिताको यस वर्षको विराट गोल्डकपको आठौ संस्करणको ट्रष्टले आफैले आयोजना गर्दैछ ।
ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले भोलिबाट चैत–२४ गतेसम्म विराटनगर आयोजना हुन लागेको फुटबल प्रतियोगितामा नेपालका ७, भारतका २ र भुटानका १ गरी ३ देशका १० टोलीको सहभागिता रहने जानकारी गराउनुभयो । प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार, उत्कृष्ट गोल रक्षकलाई नगद २१ हजार, सर्वाधिक गोल कर्तालाई नगद २१ हजार, प्रत्येक दिन खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । विराट गोल्डकप ट्रष्टले टिकट बिक्रीबाट ५० देखि ६० लाख, कोशी प्रदेश सरकारबाट २५ लाख, विराटनगर महानगरपालिकाबाट १२ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख र विभिन्न प्रयोजक तथा विज्ञापनदाताबाट ३० देखि ३५ लाख रुपैयाँ प्राप्त हुने ट्रष्टका कोषाध्यक्ष अनुज बानियाले बताउनुभयो ।
विराट गोल्डकप ट्रष्टले फुटबल प्रतियोगिताको दुई मुख्य प्रायोजक एसियन थाइफुड्स र एनआईसी एसिया बैंकबाट ६–६ लाख, प्रायोजक पेपे पिज्जाबाट ५ लाख, सहप्रायोजकबाट २ लाख र उपप्रायोजकबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, उपाध्यक्ष किशोरबहादुर तिम्सिना, महासचिव विनेश बस्नेत, सचिव ध्रुव सिग्देल, कोषाध्यक्ष अनुज बानिया, सहकोषाध्यक्ष बिमल राज भण्डारी लगायत सदस्यहरूको सहभागिता रहेको थियो । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराट गोल्डकप डे नाइट फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]