राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कोविदजंग कार्की

  • फाल्गुन १६, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ ।
अघिल्लो विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि पुनः अभिभावकहरुको भेलाले स्थानीय समाजसेवी कोविदजंग कार्कीको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ ।
समितिको सदस्यहरुमा लीलादेवी रम्तेल, पवित्रा रिजाल, नारायणप्रसाद पोखरेल, राजकुमार भण्डारी र गायत्रादेवी दाहाल रहनु भएको छ । जनप्रतिनिधिबाट पदेन सदस्यमा रतन कार्की चयन हुनु भएको हो । त्यस्तै शिक्षक प्रतिनिधि सदस्यमा रोबनराज कार्की चयन हुनु भएको छ । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत सदस्य सचिव रहनुभएको विद्यालयले जनाएको छ ।
इटहरी क्षेत्रमै नाम चलेका सामुदायिक विद्यालयहरुको सूचिमा पर्ने श्री राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समिति चयन भएसँगै विद्यालयको समग्र विकासमा सहयोग पुग्ने अभिभावकहरुले अपेक्षा गरेका छन् । विद्यालयको थप उन्नयन तर्फ अभिभावक र शिक्षकहरुसँग सहकार्य गरेर अगाडि बढ्ने गठित व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले वताउनु भयो । कार्कीले व्यवस्थापन र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । उहाँ इटहरी क्षेत्रमा रहेर सामाजिक, राजनीतिक र खेलकुद क्षेत्रमा सेवा गर्दै आउनु भएको छ । सामुदायिक विद्यालयको सञ्चालन, व्यवस्थापन तथा रेखदेख गर्नका लागि सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन हुँदै आएको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]