इटहरी उपमहानगर कार्यालयबाट संवैधानिक हक कुण्ठित भएको पत्रकारहरुको गुनासो

  • वैशाख २७, २०८१ / नेपाल रेखा
alt

इटहरी । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट जारी गर्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि विभिन्न क्षेत्रका प्रतिनिधिसंग सुझाव संकलन सुरु गरेका छन् ।
आगामी बजेटकै विषयमा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीले पनि छलफल थालेकी छन् ।
बिहीवार उपप्रमुख चौधरीले आफ्नो कार्यकक्षमा इटहरीका पत्रकारहरुसंग छलफल गर्दै सुझावसमेत मागेकी छन् ।
छलफलका क्रममा उपप्रमुखसमक्ष पत्रकारहरुले सार्वजनिक सरोकारका सूचना सहजरुपमा पाउन नसक्दा आफ्नो संवैधानिक अधिकार कुण्ठित भएको गुनासो गरेका छन् ।
नेपाल टेलिभिजनका पत्रकार सन्तोष यादवले नगर प्रवक्ता र प्रेस संयोजकबाट आफूले चाहेको सूचना नपाएको बताए ।
त्यसैगरि इटहरीका अग्रज पत्रकारहरु कृष्णविनोद लम्साल, कृष्ण अधिकारीले पनि नगरपालिकाले इतिहासदेखि नै पत्रकारले मागेको सूचना नदिने गरेको स्मरणसमेत गराएका थिए । लम्सालले भने–‘इटहरी उपमहानगरको यो प्रवृति पूरानै हो हालसम्म पनि कायम रहनु दुखद हो ।’ त्यस्तै पत्रकार कृष्ण अधिकारीले इटहरी उपमहानगरले बजेट बनाउदा इटहरीवासीको चेतना अभिबृद्धि गर्ने खालको बनाउनु पर्ने सुझाव दिएका छन् ।
त्यसैगरि, पत्रकार हिमाल दाहालले योजनाको विशिष्टिकरण गर्नुपर्ने सुझाव दिएका छन् भने पत्रकारहरु तेजवन, सुदीप पोखरेल, विकल पौडेलले सहज रुपमा सूचना पाउनुपर्ने वातावरण बनाइदिन उपप्रमुख समक्ष आग्रह गरेका छन् ।
त्यसैगरि, पूर्वी हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडीले पालिकामा संचारसम्बन्धी संरचना नै बनाएर इटहरी क्षेत्रका संचारकर्मीको दक्षता बृद्धि र संचारगृहको सवलीकरणमा उपमहानगरको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।
साथै सप्तकोशी एफएमका समाचार प्रमुख लिलराज भट्टराईले इटहरीमा बन्दै गरेको पत्रकार महासंघको भवनलाई बजेट विनियोजन गर्न माग गरेका छन् । उनले पनि पत्रकारलाई तालिम, लेखनवृति प्रदान गरिनुपर्ने बताए । उनले पालिकाले खोजमुलक पत्रकारितामा पत्रकारलाई कार्यक्रम दिनुपर्ने सुझाव दिए । भट्टराईले स्थानीय तहले स्थानीय संचारगृहलाई विज्ञापन दिनुपर्ने बताए । आफ्ना सुझावहरु दिदै पत्रकार दीपक कार्कीले पनि स्थानीय संचार गृहलाई विज्ञापन उपलब्ध गराउन माग गरेका छन् । प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलले उपमहानगरले योजना अनुगमनको पाटोलाई ध्यान नदिएकोप्रति उपमेयरको ध्यानकर्षण गराएकी छन् । छलफलमा सहभागी अधिकांश पत्रकारले उपमहानगरसंग सम्बन्धित पदाधिकारीहरुले गरेको बुष्ट भिडियो पोष्टको खर्च पारदर्शिताबारे इटहरी उपमहानगरले पार्किङ स्थल नबनाई पार्किङ शुल्क लिएकोबारे उपमहानगरको धारणा माग गरेका थिए ।
पत्रकारको गुनासो सुनिसकेपछि उपमेयर संगिताकुमारी चौधरीले पनि पत्रकारलाई नै साक्षी राखेर इटहरी उपमहानगरप्रमुख हेमकर्ण पौडेलप्रति गुनासो पठाएकी छन् । उनले प्रमुख पौडेलले नयाँ कार्यकक्ष बनाउदा आफूहरुसंग समन्वय नगरेको गुनासो पोखिन् । उनले भनिन्–‘पार्किङ स्थलमा प्रमुखको कार्यकक्ष बनाउदा पनि पार्किङमा समस्या भयो ।’ सो स्थानमा पहिले सेवाग्राहीले सवारी पार्किङ गर्ने गरेका थिए । यतिबेला भने सेवाग्राहीले गेटबाहिर पार्किङ गर्नुपर्ने बाध्यता छ । कर्मचारीले भने भित्रै सवारी पार्किङ गर्ने गरेका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]