प्रचण्डलाई कहिले बुझ्ने ?

  • फाल्गुन ३०, २०७९ / नेपाल रेखा
alt

Prachanda

हुन त मान्छेको आ–आफ्नै विचार र आदर्श हुन्छ र त्यो समय सापेक्ष परिवर्तन पनि हुन्छ तर समग्रमा भन्दा कमरेड प्रचण्डजस्तो मान्छे यो युगले पाउनु नै हाम्रो र हाम्राजस्ता पिछडिएका मुलुकहरुको लागि गौरवको विषय हो । आज उनलाई जति घेराबन्दी गरेपनि जति सत्तोसराप गरेपनि उनी जत्तिको प्रष्ट समाजवादी दृष्टिकोण भएको नेता, विभिन्न हत्कण्डा सहदै सबैलाई डोहोर्याउदै अडिग र निर्भिकताका साथ अघि बढ्ने क्रान्तिकारी नेता आजसम्म मुलुकले पाएकै थिएन । वास्तवमा प्रचण्ड व्यक्ति होइन विचार हो ।
जसरी कार्लमाक्र्सको विचार विश्व कै उत्कृष्ट विचारमा मानिन्छ । उनको विचार कै कारण उनले पटक पटक देश निकाला हुनुपर्यो तर अन्ततः उनको विचारलाई विश्वले स्वीकृत गर्यो । उनी वैज्ञानिक समाजवादी दार्शनिक मात्रै थिएनन् एक महान समाजशास्त्री तथा अर्थशास्त्री पनि थिए । त्यसरी नै कमरेड प्रचण्डको योगदानलाई कमरेड लेनिन, कमरेड माओपछिको उपलब्धिको रुपमा किन नलिने । भलै क्रान्तिले पूर्णता पाउन सकेन जसले मुलुकलाई संसदीय भासमा पुर्यायो । आजको दलाल पद्धतिमा कुर्सीको छिनाझम्टिको कारण यो कुरा सबैले स्वीकार नगर्लान् तर इतिहासले अवश्य मुल्यांकन गर्नेछ । इतिहासको कंकाल खोतलेर क्रान्ति अघि बढ्नेछ, परिवर्तन र क्रान्ति कसैले चाहेर रोकिदैन ।
२१ औं शताब्दीका हामी मानवले यो बुझ्न जरुरी छ कि एक युगमा एक पटक आउँछ, उलटपुलट गरेर जान्छ हो यो युग कमरेड प्रचण्ड जस्तो महान योद्धाको युग हो र यो फेरि तुरुन्तै पाइदैन, यसको लागि कम्तिमा एक युग पर्खिनै पर्छ । यो मैले कुनै आग्रह वा पूर्वाग्रहमा भनेको होइन कि विश्व इतिहासले प्रमाणित गरेको कुरा हो ।
प्रचण्ड कुनै अलौकिक शक्ति पनि त होइनन् उनी पनि मान्छे नै हुन्। मान्छेका व्यक्तिगत कमिकमजोरी हुन्छन् । घरपरिवार, सहयोगी वा अनुयायीहरको व्यक्तिगत रुचि र आत्मगत तथा बाह्य परिस्थितिले पनि नेतृत्वलाई प्रभाव पारेको हुन्छ ।
यो विषयमा पहिलो पटक कमरेड प्रचण्ड प्रधानमन्त्री भएपछि एउटा मिडियाको अन्तर्वार्तामा वहाँलाई सोधिएको प्रश्न थियो “तपाईंले कसरी संविधानसभाको चुनाव हुनसक्छ भनेर ग्यारेन्टी गर्नु भयो र माओवादीको यतिधेरै मत ल्याउछ भनेर कसरी अनुमान गर्नु भयो भन्दा वहाँको जवाफ थियो । म अहिले सम्म त जनताको घरघरमा बस्छु वहाहरुको आवाज जस्ताको तस्तै सुनेको छु र बुझेको छु तर अब म वहाँहरुसंग हिजोकोजस्तै निरन्तर भेटघाटमा नहुन सक्छु र मलाई कस्तो सूचना संम्प्रेषण हुन्छ त्यसले प्रभाव पार्छ । वास्तवमा वहाँको भनाइमा सत्यता छ जब माओवादी पहिलो पटक सरकारमा गयो धेरै कुराहरुमा अनुभव थिएन त्यसपछि प्रतिक्रियावादीको निरन्तर आक्रमण र आफ्नै कमिकमजोरीको कारण निरन्तर ओह्रालो लागेको सत्य हो । यसमा जनतालाई आरोप लगाउने ठाउँ छैन ।
तर व्यक्तिगत सानातिना कमजोरीलाई लिएर समग्र उपलब्धिलाई केही हैन भन्ने तर्क चाहिँ केबल प्रचण्ड प्रतिको ईष्र्या र परिवर्तन प्रतिको अपमान मात्रै हो । त्यसमा पनि शान्ति सम्झौतामा टुङ्गो लगि सकेका विषयलाई उछाल्न खोज्ने जुन हर्कत भएको छ यो सबै सबैले नोटिस गरिरहेको विषय हो । यसले माओवादी प्रतिको सम्मान र आकर्षण दुबै वृद्धि भएको छ । जनताले आशा गरेको पाउन नसक्दा मात्रै माओवादीसंग र प्रचण्डसंग रिसाएका हुन् । अन्यत्र त आशा गर्ने ठाउँ पनि त छैन ।
वास्तवमा क्रान्ति पछि प्रतिक्रान्ति शक्ति पुरै नष्ट नहुदासम्मको अवस्थामा अवसरवादी विचौलिया र दलालीहरुको जन्म हुनु स्वभाविकै हो तर त्यसलाई चिर्न नसक्नु चाहि नेतृत्वको कमजोरी हो । आपसी इन्ट्रेस्ट नमिल्दा कोही पार्टी फुटाएर जाने, कोहि अर्को पार्टीमा प्रवेश गर्ने, कोहि नेतृत्वलाई घुर्क्याएर धम्क्याएर बस्ने, कोहि पार्टीको नाम बेचेर कमाउ धन्दामा लाग्ने आदि आदि कारणले माओवादी र मुल नेतृत्व प्रचण्ड माथि निरन्तर आक्रमण भइरहेको हो । यसो हुनु भनेको जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि तथा यो व्यवस्था माथिको प्रहार हो जसले मुलुकलाई अस्थिरता र अन्धकार तर्फ धकेल्न चाहन्छ ।
संघिय गणतन्त्र नेपालको स्थापना लगायत मुलुको भविष्यलाई केन्द्रमा राखेर सबै जाती, लिङ्ग र समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउने, महान काम जो प्रचण्डको नेतृत्वलमा भएको छ त्यसलाई उल्ट्याएर पुरानै सामान्ती सत्ता स्थापना गरेर एकछत्र राज गर्ने एउटा धार, प्रचण्डको त्याग र उनको महान ऐतिहासिक काम प्रतिको ईष्र्या गर्ने अर्को धार साथै विदेशी शक्तिले निरन्तर खेल जो खेलिरहेका छन् ।
अर्को बुझ्नुपर्ने विषय के पनि हो भने कसैले उनलाई घुर्क्याउने, धम्क्याउने र गालीगलौज तब गर्छन् जब प्रचण्डबाट केही अपेक्षा राख्छन् ।
तसर्थ समय र अवसरलाई बुझौ र अधिक उपयोग गरौ, देशमा समाजवाद स्थापनाको महान यात्रामा सच्चा कम्युनिष्ट, क्रान्तिकारी शक्ति तथा लोकतान्त्रिक शक्ति सबै सबै एकजुट भएर लागौं । शान्ति प्रकृयाका बाँकी काम चाडै पूरा गरौं । शान्ति प्रकृया भाँड्ने काम बन्द गरौ । जनताका जल्दाबल्दा समस्या सम्बोधन गरौ । दिगो विकास र सम्मुन्नत राष्ट्र निर्माण गरौं ।
(राधिका ओझाको फेसबुकबाट)

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]