अपराध अनुसन्धानलाई छरितो बनाउन तालिम

  • माघ १२, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । आधुनिक ज्ञानको प्रयोगवाट अपराध अनुसन्धान प्रक्रिया सहज बनाउने उद्देश्यले विराटनगरमा आधुनिक समाजमा विधि विज्ञान र वैज्ञानिक प्रमाणको प्रयोग विषयक तालिम शुरु भएको छ ।
मुख्यन्यायधिवक्ता कोशी प्रदेश कार्यालयको आयोजनामा भएको तालिममा कोशी प्रदेसका अस्पताल नेपाल प्रहरी, जिल्ला तथा उच्च अदालतलगायत अपराध अनुसन्धानमा सलंग्न मातहतका कार्यालयका अनुसन्धान अधिकृत तथा सरकारी वकिलहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै कोशी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले नागरिकहरुले छिटो छरितो एवम् सहि रुपमा न्याय पाउन अपराध अनुसन्धान प्रक्रिया सहज र वैज्ञानिक हुनुपर्ने वताए । उनले नयाँ प्रविधिको विकाससंगै आधुनिक तवरका अपराधका घटना वृद्धि भइरहेको अवस्थामा आपराधिक घटनामा संलग्नलाई जतिसक्दो चाडै कानुनको दायरामा ल्याउन आधुनिक ज्ञान र प्रविधिको माध्यम अपनाएर अनुसन्धान प्रक्रिया अघि वढाउनु आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्रीकार्कीले विभिन्न प्रविधि अपनाएर समाजमा अपराधका घटना गर्नेहरु अझैपनि सवुत तथा प्रमाणको अभावमा कानुनी दायरामा आउन नसकेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याउन अपराध अनुसन्धान प्रक्रिया चुस्त दुरुस्त र पारदर्शी हुनुपर्नेमा जोड दिए ।
उनले अपराधका घटना घटेपछि निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन नसक्दा नागरिकहरुले न्याय पाउन नसकिरहेको अवस्थामा पोस्टमार्टम गर्दा होस् वा घटनाको अनुसन्धान गर्दात्यस्ता विषयमा अध्ययन अनुसन्धान पारदर्शी हुनु जरुरी रहेको बताए ।
अपराध गर्नेलाई कुनै पनि प्रकारको छुट वा उन्मुक्ति पाउने कुरा कुनै पनि हालतमा मान्य नहुने भएकाले सम्वन्धित व्यक्तिहरुले आफ्नो काम कर्तव्य जिम्मेवारी इमान्दारिताका साथ पुुरा गर्नुुपर्ने उनले बताए ।
कोशीप्रदेशका मुख्य न्यायधिवक्ता रुपेश कोइरालाले आधुनिक र वैज्ञानिक प्रविधिबाट अनुसन्धान प्रक्रियालाई अगाडी बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको वताए । अपराध गर्नेहरुले जस्तो सुकै नयाँ प्रविधि अपनाएर अपराध गरेपनि उनीहरुले कानुनी रुपमा उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो ।
सो अवसरमा प्राध्यापक डाक्टर हरिहर वस्तीले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए । तालिममा डा राजेश साह, डा ज्वाला कंडेल, डा मनोज लिम्बू, डा सुम्मिठा धौभडेल तथा डा दिक्षान्त पोखरेलले प्रशिक्षण दिने महान्याधिवक्ता कोइरालाले बताए ।
तीन दिनसम्म चल्ने सो तालिमा ३५ जनाको सहभागिता रहेको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]