अपराध अनुसन्धानलाई छरितो बनाउन तालिम

  • माघ १२, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । आधुनिक ज्ञानको प्रयोगवाट अपराध अनुसन्धान प्रक्रिया सहज बनाउने उद्देश्यले विराटनगरमा आधुनिक समाजमा विधि विज्ञान र वैज्ञानिक प्रमाणको प्रयोग विषयक तालिम शुरु भएको छ ।
मुख्यन्यायधिवक्ता कोशी प्रदेश कार्यालयको आयोजनामा भएको तालिममा कोशी प्रदेसका अस्पताल नेपाल प्रहरी, जिल्ला तथा उच्च अदालतलगायत अपराध अनुसन्धानमा सलंग्न मातहतका कार्यालयका अनुसन्धान अधिकृत तथा सरकारी वकिलहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै कोशी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले नागरिकहरुले छिटो छरितो एवम् सहि रुपमा न्याय पाउन अपराध अनुसन्धान प्रक्रिया सहज र वैज्ञानिक हुनुपर्ने वताए । उनले नयाँ प्रविधिको विकाससंगै आधुनिक तवरका अपराधका घटना वृद्धि भइरहेको अवस्थामा आपराधिक घटनामा संलग्नलाई जतिसक्दो चाडै कानुनको दायरामा ल्याउन आधुनिक ज्ञान र प्रविधिको माध्यम अपनाएर अनुसन्धान प्रक्रिया अघि वढाउनु आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्रीकार्कीले विभिन्न प्रविधि अपनाएर समाजमा अपराधका घटना गर्नेहरु अझैपनि सवुत तथा प्रमाणको अभावमा कानुनी दायरामा आउन नसकेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याउन अपराध अनुसन्धान प्रक्रिया चुस्त दुरुस्त र पारदर्शी हुनुपर्नेमा जोड दिए ।
उनले अपराधका घटना घटेपछि निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन नसक्दा नागरिकहरुले न्याय पाउन नसकिरहेको अवस्थामा पोस्टमार्टम गर्दा होस् वा घटनाको अनुसन्धान गर्दात्यस्ता विषयमा अध्ययन अनुसन्धान पारदर्शी हुनु जरुरी रहेको बताए ।
अपराध गर्नेलाई कुनै पनि प्रकारको छुट वा उन्मुक्ति पाउने कुरा कुनै पनि हालतमा मान्य नहुने भएकाले सम्वन्धित व्यक्तिहरुले आफ्नो काम कर्तव्य जिम्मेवारी इमान्दारिताका साथ पुुरा गर्नुुपर्ने उनले बताए ।
कोशीप्रदेशका मुख्य न्यायधिवक्ता रुपेश कोइरालाले आधुनिक र वैज्ञानिक प्रविधिबाट अनुसन्धान प्रक्रियालाई अगाडी बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको वताए । अपराध गर्नेहरुले जस्तो सुकै नयाँ प्रविधि अपनाएर अपराध गरेपनि उनीहरुले कानुनी रुपमा उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो ।
सो अवसरमा प्राध्यापक डाक्टर हरिहर वस्तीले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए । तालिममा डा राजेश साह, डा ज्वाला कंडेल, डा मनोज लिम्बू, डा सुम्मिठा धौभडेल तथा डा दिक्षान्त पोखरेलले प्रशिक्षण दिने महान्याधिवक्ता कोइरालाले बताए ।
तीन दिनसम्म चल्ने सो तालिमा ३५ जनाको सहभागिता रहेको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]