रेमिट सहकारीको साधारणसभामा पत्रकार मुडियारी सहित १० जना सम्मानित

  • असोज २०, २०८० / नेपाल रेखा
alt

मोरङ । रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड ग्रामथान २ झोराहाटले ११ औं साधारणसभाको अवसरमा पत्रकार बाबुराम मुडियारी सहित जेष्ठ नागरिक, शेयर सदस्यको छोरा छोरीलाई, उत्कृष्ट बचत कर्ता सहित १० जनालाई सम्मान गरेको छ ।
सो साधारणसभामा ३ जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । ४ जना सेयर सदस्यहरूका छोरा छोरी मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको छ । स्थानीय पत्रकार सम्मान तथा पत्रकारिता क्षेत्रमा समाज र सहकारी संस्थाको उत्कृष्ट समाचार प्रकाशन तथा प्रशारण कार्यको सम्मान गर्दै कदर पत्रका साथ पत्रकार बाबुराम मुडियारीलाई रेमिट सहकारीले सम्मान गरेको छ । २ जना उत्कृष्ट बचतकर्तालाई पनि साधारणसभाको अवसरमा सम्मान गरियो । साधारणसभामा प्रमुख अथिति ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार, विशिष्ट अथिति उपाध्यक्ष गुनावती देवी थारू, वडा नं २ का वडा अध्यक्ष यादव खतिवडा रहेका थिए ।
त्यसैगरि, सरस्वती मा.वि. झोराहाट प्र.अ.अशोक लुइँटेल, लक्ष्मी नारायण मन्दिर संरक्षण समिति झोराहाट अध्यक्ष कृष्ण हरि घिमिरे, जेष्ठ नागरिक साझा चौतारी नेपाल केन्द्रीय अध्यक्ष कमल भट्टराई, ओम शान्ति झोराहाट शाखा प्रतिनिधि रामप्रसाद न्यौपाने, दुर्गा आधारभूत विद्यालय प्र.अ.यदु कुमार लुईटेल, राधा कृष्ण मन्दिर संरक्षण समिति ग्रामथान ३ झोसटोल मंगलहाट अध्यक्ष सोभित चौधरी, लगाएतको साधारणसभामा आथित्यता रहेको थियो ।
सो साधारणसभा कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष उमा घिमिरे आर्थिक बर्ष २०८०÷८१ को कार्यक्रम तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिइन् । लेखा समिति संयोजक ढुना देवी गुरागाईंले लेखा तथा सुपरिवेक्षण समितिकोतर्फ प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । यस रेमिट सहकारीमा २,७२४ जना सदस्य संख्या रहेका छन् । शेयर पूँजी ३ करोड ४४ लाख ४८ हजार रूपैया रहेको छ । बचत निक्षेप १२ करोड ६२ लाख ३२ हजार ४ सय ५३ रूपैया रहेको छ । रेमिट सहकारीले मासिक बचत, ज्येष्ठ नागरिक बचत, बालबालिका बचत, यूवा बचत, दैनिक बचत, शेयर धनी बचत, आवधिक बचत (मुद्धति), १ बर्षे आवधिक बचत, १ बर्ष भन्दा माथि को आवधिक बचत लगायत बचत कार्यक्रमहरू सञ्चालन गरेको छ । रेमिट सहकारीको कुल नाफा ७१ लाख ५१ हजार २ सय ९३ रूपैया गरेको छ । रेमिट बचत तथा ऋण सहकारी संस्था साधारणसभा कार्यक्रम संञ्चालन सहकारी संस्थाका सचिव दिक्षा आचार्यले गरेकी थिइन् भने सभापतित्व उमा घिमिरेको रहेको थियो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]