मौरीपालन व्यवसायप्रति मोरङका किसानको आकर्षण

  • बैशाख ११, २०८१ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । मोरङ उर्लाबवारी नगरपालिका–४ विशाल टोलका सविन खड्काले मौरीपालन व्यवसाय शुरु गरेपछि उनको दैनिकिमा परिवर्तन आएको छ । सातवर्ष अघि एउटा घारबाट शुरु गरेको खडकासंग अहिले ६० वटा मौरीका घार छन् । घारबाट वार्षिक १५ क्वीन्टल मह उत्पादन हुन्छ । उत्पादित मह प्रतिकेजी एक हजार रुपैयामा विक्री हुने गरेको छ ।
सुरुमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको खड्काको भनाइछ । पहिले धार्मिक कार्यमा मात्र प्रयोग हुदै आएकोमा कोरोना पछि आयुर्वेदिक औषधिको रुपमा महको सेवन गर्नेको संख्या वढेकाले वजारको अभाव नभएको उनी बताउछन् । वर्षायाममा मौरीपालनको चरनमा केही समस्या भए पनि अन्य समयमा यो व्यवसाय गर्न सहज हुने गरेको छ ।
त्यसैगरि अर्का मौरी पालक भोलाराम पोखरेलले व्यवसायबाट आफु सन्तुष्ट रहेको वताए । जग्गा जमिन नभएको अवस्थामा १२ वर्षदेखि शुरु गरेको व्यवसायले घर परिवार धानिरहेको र यो व्यवसायवाट राम्रो फाइदा हुने गरेको पोखरेलको भनाइछ । केहि दिन अघि ३२ घारवाट मह निकाल्दा २ सय ४० केजी मह उत्तपादन भएको उनले सुनाए ।
मोरङ जिल्लामा २०७२ सालमा जिल्ला कृषि विकास कार्यालयले २० जना किसानलाई मौरीपालन व्यवसाय प्रति आकार्षित गराउन विभिन्न सामाग्री वितरण गरेको थियो ।
यो व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा अहिले मौरीपालन व्यवसाय निकै विस्तार भएको छ । जिल्लामा अहिले ३० हजार वढि मौरीको घार रहेको र यो व्यवसायमा ५ सयभन्दा वढि किसान आवद्ध रहेको नेपाल मौरीपालन महासंघ मोरङ शाखाका अध्यक्ष वोदराम खतिवडाको भनाइछ ।
असार, साउनमा एकपटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र कम मेहनतमा मौरीपालन गर्न सजिलो हुने गरेकाले यो व्यवसाय फस्टाएको हो ।
थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि जिल्लामा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले जिल्लामा महको उत्पादन पनि वृद्धि हुदै गएको छ ।
जिल्लामा उत्पादित मह स्थानीय बजारका साथै छिमेकी जिल्लामा खपत हुने गरेको छ । जंगलको श्रोतको मह स्टक नभएपनि तोरी, फापर, फिलिंगे श्रोतको मह केहि स्टक हुने गरेको खतिवडाको भनाइछ ।
मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि फूल तथा बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको अध्यक्ष खतिवडाको भनाई छ । फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, चिउरीलगायत बोटबिरुवा मौरी चरनका लागि उपयुक्त हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडेको उनको भनाइछ । कृषी ज्ञान केन्द्र मोरङले केहि पालिकाहरुमा यस अघि मौरी पालनका लागि पकेट तथा बलक कार्यक्रम संचालन गरेको थियो । सो कार्यालयका अनुसार गत वर्ष मोरङ जिल्लामा १८ देखि १९ हजार घारमा मौरीपालन हुदै आएकोमा यो वर्ष घारको संख्या उल्लेखनीय रुपमा बढेको छ ।
कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले मौरी पालन व्यवसाय प्रति किसानको आकर्षण वढदै गएकाले आगामी आर्थिक वर्ष देखि जिल्लामा मौरी जोन कार्यक्रम संचालनमा ल्याउन लािगएको वताए । जोनका लागि कार्यालयले मन्त्रालयमा सिफारिस गरिसकेको र जोन संचालनमा आएपछि महको प्याकेजिङ, गोदाम घर निर्माण तथा महका विभिन्न परिकार वनाउन तथा चरनका लागि घार ढुवानी गर्न किसानलाई सहयोग पुग्ने उनले वताए । मोरङ जिल्लाको उर्लावारी, केरावारी, लेटाङ, रंगेली, पथरी–शनिश्चरे, वेलवारी तथा कानेपोखरी लगायतका पालिकाहरुमा यो व्यवसाय वढि मात्रामा फस्टाउदै गएको कार्यालय प्रमुख सिंहले वताए ।

mauri palan  3 mauri palan 2

 

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

स्थिर सरकार बिना मुल ...

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]