अपाङगता भएका व्यक्तिहरुको मनोवल उच्च बनाउन क्षमता अभिवृद्धी तालिम

  • असार २४, २०८० / नेपाल रेखा
alt

इटहरी । अपाङगता भएका व्यक्तिहरुको खेल क्षमता अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको स्वीमिङ प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न भएको छ ।
स्पाइनल इन्जुरी संघको आयोजना तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय प्रदेश खेलकुद बिकास बोर्डको आर्थिक सहयोगमा इटहरीको ओसियन पार्कमा आयोजित ५ दिने पौडी प्रशिक्षण सम्पन्न भएको हो ।
शारीरिक रुपमा अपाङगता भएका व्यक्तिहरुको मनोवल उच्च पार्न साथै खेलकुदका गतीविधिप्रति अभ्यस्त गराइ खेलकुदको क्षेत्रमा अपाङगता भएका व्यक्तीहरुको योगदान सुनिश्चित गर्नका निम्ति प्रशिक्षण सहितको प्रतियोगिता आयोजना गरिएको जनाइएको हो ।
असार १७ गते देखी सुरु भएको ५ दिने प्रशिक्षणमा २५ जना अपाङगता भएका महिला, पुरुष प्रशिक्षार्थीहरुलाई पारा ओलम्पिक पौडी खेलाडी तथा कोच लक्ष्मी कुवर र धु्रवप्रसाद चौलागाइले प्रशिक्षण दिएका हुन् । कार्यक्रममा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभाका खेलाडीहरुको सहभागिता रहेको थियो । बिभिन्न ३ विधामा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद, प्रमाणपत्र र शिल्डले पुरस्कृत गरिएको हो ।
स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेको अध्यक्षता तथा सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशकी सामाजिक बिकास महाशाखा प्रमुख दुर्गा बराल भण्डारीको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा ११ जना पुरुष र ५ जना महिलाको सहभागीता रहेको थियो ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]