कालिकादेवी मावि पन्चनको चार कोठे आरसिसी भवन, खेलमैदान र बास्केटबल कोर्टको उद्घाटन

  • चैत्र ५, २०८० / नेपाल रेखा
alt

सोलुखुम्बु । कोशी प्रदेश सांसद गोम्बु शेर्पा (कर्ज्याङ)ले भौतिक संरचनामा भन्दा शैक्षिक गतिविधिमा ध्यान दिनुपर्ने बताउनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ स्थित कालिका देवी माध्यमिक विद्यालयको चार कोठे आरसिसी भवन, खेलमैदान र बास्केटबल कोर्टको आइतबार उद्घाटन गर्दै सांसद शेर्पाले यस्तो बताउनुभएको हो ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राईले युगअनुसारको शिक्षा दिननसकेको अबस्थामा गाउँ रित्तो हुने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले सामुदायिक विद्यालयमा सुधारको खाँचो आवश्यक रहेको बताउँदै शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन शिक्षकलाई निर्देशन दिनुभयो ।
पालिका उपाध्यक्ष सविता राईले प्रधानाध्यापक र शिक्षकले इमानदारिता देखाएको खण्डमा शैक्षिक सुधारको नतिजा आउने बताउनुभयो । यस्तै पालिका प्रवक्ता भोजराज कार्कीले निजी विद्यालयमा जस्तै अभिभावकले सामुदायिक विद्यालयमा पनि समय खर्च गर्ने हो भने बालबच्चा पढाउन शहर जानुनपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दाहालले थुलुङ दुधकोशी स्थानीय सरकारले शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको स्मरण गराउदै भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५५ लाख बजेट बाट ४ कोठे आरसिसी पक्की विद्यालय भवन निर्माण गरिएको हो भने गाउँपालिकाको ५ लाख लागतमा विद्यालय खेलमैदान र कोरियाली नागरिकको २ लाख सहयोगमा बास्केटबल कोर्ट निर्माण गरिएको सोही विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मीनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
पछिल्लो समय कालिका देवि माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएकोप्रति अभिभावकले खुसी व्यक्त छन् । कक्षा १२ सम्म ३ सय ३० बढी विद्यार्थी रहेको विद्यालयमा व्यवस्थापन समिती, प्रधानाध्यापक, शिक्षक सहितको सक्रियता बढेको उनीहरुको भनाइ छ ।
आइतबारको कार्यक्रममा स्थानीय रुबेन राईको पहलमा कोरियाली नागरिकको सहयोगमा विद्यार्थीलाई झोला, स्टेसनरीका सामाग्री, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई कपडा सहित विद्यालयलाई खेलकुदका सामाग्री प्राप्त भएको विद्यालयका प्रधानाध्यापक बिष्णु मणि ढुंगेलले जानकारी दिनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका भित्र १० वटा माध्यमिक विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा शैक्षिक सुधारको निम्ति श्वेतपत्र जारी गर्ने देखि शिक्षा सम्मेलन समेतको कार्य भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

IMG-20240317-WA0079

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]