मातातिर्थ औसी "दुर्गा दंगाल ( चाँदनी )"

  • बैशाख २७, २०७८ / "नेपाल रेखा"
alt


आज मातातिर्थ औसी । नेपालमा मनाइने विभिन्न चाडपर्वहरु मध्ये मातातिर्थ औसी पनि एक महत्वपूर्ण पर्व हो । यस दिनलाई आमाको मुख हेर्ने दिन , मातृ औसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । यो पर्व विशेष महत्वका साथ मनाईने गरिन्छ । यस दिन जन्म दिने आमाको विशेष सम्मान, आदर र सम्झना गरिन्छ । यो पर्व पौराणिक कालदेखि नै मनाईदै आएको पाईन्छ । यो पर्वको आफ्नै किसिमको फरक साँस्कृतिक महत्व र अस्तित्व रहेको पाईन्छ ।


यो पर्वमा छोराछोरीहरुले आमालाई सम्झेर मुख हेर्ने दिनको रुपमा यस दिनलाई विशेष रुपमा मनाईने गरिन्छ । आजको दिन आमाहरुको दिन हो । जसले सवै सन्तानहरुलाई जन्म दिएका छन् । छोराछोरीहरुले आजको दिनमा आमालाई भेटेर मिठा मिठा खानेकुरा, लत्ताकपडा, उपहार स्वरुप प्रदान गरेर आमासँग बसी माया साटासाट गरि आमा हुनेहरुले आमाबाट आशिर्वाद ग्रहण गर्दछन् भने आमा नहुनेहरुले काठमाण्डौको मातातिर्थमा गई विशेष रुपमा पितृ माताको सम्झना गर्ने गर्दछन् तथा यस्तै अन्य पवित्र तिर्थ स्थलहरुमा समेत गएर आफ्नो आमालाई सम्झने चलन रहेको छ । तर विभिन्न प्रविधिहरुको विकास सगैं यो पर्व मनाउने तरिकामा केही परिवर्तन भएको अनुभव गर्न सकिन्छ । किन की विकसित प्रविधिहरुको फाइदा लिदै टाढा भएका सन्तानहरुले फोन तथा सामाजिक संजालहरुका माध्यमहरुबाट आमालाई सम्झने चलन बढेको देखिन्छ । विवाहित छोरीहरु माइति आई आमालाई भेट्रर आमासँग बसी आमालाई मन पर्ने मिठा मिठा खानेकुरा, लत्ताकपडा, उपहारहरु दिइ माया साटासाट गर्ने र आमाबाट आशिर्वाद ग्रहण गर्ने गर्दछन्र ।


हामीलाई नौ महिना सम्म गर्भमा राखेर जन्म दिई दश धारा अमृत स्वरुप दुध पिलाएर हुर्काउने आमाहरुको महत्व र निस्वार्थ योगदानको वर्णन अपरमपार छ । समाजमा मातातिर्थ औसीको यो दिनले आमा र सन्तानको ममतालाई ताजकि बनाईरहन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।


तर समाजमा आजभोली विविध कारणले विभिन्न विकृतिहरु फैलिरहेको देख्न सकिन्छ । जसले गर्दा समाज दिन प्रति दिन दुषित बन्दै गएको महसुस गर्न सकिने अवस्था भएको छ । किन की समाज जति आधुनिकता र विकास तिर लम्किदै छ त्यति नै विश्व समाज पनि साँगुरीन पुगेको देखिन्छ । जसको प्रभाव नेपाली समाजमा पनि परेको महसुस गर्न सकिन्छ । यहाँ विदेशी सस्कृति, चालचलनहरुको हावी हुदै गएको पाइन्छ । त्यसैको फलस्वरुप वृद्धाश्रमहरु तथा मायाघर जस्ता विभिन्न संस्थाहरु खोलेका छन् । अझै यस्ता संस्थाहरु खोल्नु पर्ने अवस्थाहरु सिर्जना हुदै गएको महसुस गर्न सकिन्छ । यस्ता संस्थाहरु देश तथा समाजमा खोल्नु पर्ने अवस्था आउनुको कारण छोराछोरीहरुले विभिन्न कारणले आफ्ना वुढावुढी आमावुवालाई वास्ता नगर्ने, वृद्धाश्रम, अन्य संस्था तथा आगन्तुक ठाँउमा लगेर राख्ने चलन समाजमा बढेर गएको पाईन्छ । जुन चाँहि मानवता प्रति नै एउटा क्रुर्र आक्षेप हो । समय परिवर्तनशिल छ । त्यसैले आफुले गरेका कुराहरु आफैलाई फर्केर नआउला भन्न सकिने अवस्था छैन् । त्यसैले कुनै पनि छोराछोरीहरुले आफ्नो दायित्वबाट विमुख भएर आफ्ना वुढावुढी आमावुवाहरुलाई वेवास्ता गरि वृद्धाश्रम तथा अन्य ठाँउमा लगेर छोड्नु र वुवाआमाको आँखाबाट आँसुको धारा बगाउनु पक्कै पनि मानव चरित्र हैन् । आजभोली समाजिक संजालका भित्ताहरु मातातिर्थ औसीका दिन मात्र आमाहरुको फोटोले पोतिन्छन् । यो एक दिन मात्र आमाहरुलाई सम्झने हैन कि सधै भरी एउटा सचेत तथा अनुशासित छोराछोरी भई आफ्ना वुढावुढी आमावुवालाई सम्झने, सम्मान, आदर, माया गर्ने गरौं । साथै देश र समाजमा अन्य वृद्धाश्रम तथा अन्य संस्था खोल्ने परिस्थितीको सिर्जना हुने अवस्थालाई रोकौं । सभ्य, अनुशासित र शान्तिपूर्ण समाजको निमार्ण गरौं ।


आज विश्व समाज कोभिड–१९ को महामारीको कहरले एक वर्ष पार हुदै गर्दा सम्म पनि उक्त भाइरस र यसको क्रियाकलाप तथा भावी मार्गको सन्दर्भमा अनविज्ञ नै रहेको अवस्था छ । यो महामारीले पटक पटक विश्व समाजलाई झम्टिरहेको अवस्था छ । यस महामारीबाट उत्पन्न सामाजिक, साँस्कृतिक तथा आर्थिक तनावसँग अझै पनि विश्व समाज जुधिरहेको यो डरलाग्दो अवस्थामा हाम्रो देश पनि यो महामारीको प्रकोपबाट अछुतो रहन सकिरहेको अवस्था छैन् । यो संकटको अवस्थामा हामी सम्पूर्ण नागरिकहरुले एउटा सचेत नागरिकको परिचय दिदै आफ्नो घरैमा बसी फोन तथा सामाजिक संजालबाट आमालाई सम्झेर कुरा गरौ र आमाको आशिवार्द ग्रहण गरौं । विना काम घरबाट बाहिर ननिस्कऔ । आफु पनि बाँचौं अरुलाई पनि बचाऔं ।


अन्तमा, आजको दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरि आमा प्रति सम्मान, आदर गर्ने, माया साटासाट गर्ने, आमालाई सम्झने र आमाबाट न्यानो आशिर्वाद ग्रहण गर्ने दिन भएकोले उनै आमा जसले हामीलाई संसार देखाईन । पाइला चाल्न औला समाई ताते ताते गर्दै हिड्न सिकाईन । गर्भमा नौ महिना सम्म राखेर जन्माईन । अनि काखमा राखेर पालनपोषण गरिन । तिनै आमा देवीको प्रतिमुर्ति स्वरुप अनि ममताकी खानी, बालापनमा हाम्रा हरेक इच्छा, चाहनाहरु पूरा गरि दिने यस पृथ्वी लोकमा कल्पवृक्ष सरी भई रहनु हुने सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन । मातातिर्थ औसीको शुभ अवसरमा सवैमा मंगलमय शुभकामना ।


लेखक
अधिबक्ता दुर्गा दंगाल ( चाँदनी )
ईटहरी , सुनसरी
[email protected]

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]