बालअधिकार हनन रोकथाममा डेढ करोड बढी खर्च

  • कार्तिक १८, २०८० / नेपाल रेखा
alt

राजन केडी

इटहरी । बालअधिकार हनन् रोकथामका लागि सरकारी र गैरसरकारी संस्थाले डेढ करोड भन्दा बढी खर्च गरेका छन् ।
बिविध कारणले परिवारबाट टाढा भएका बालबालिकाको समानअधिकार र सम्मान सहितको न्यायकालागि तीनै तहका सरकार, जर्मनी, फ्रान्स र अमेरिकी संस्थाले १ करोड ५३ लाख ८१ हजार खर्च गरेका हुन् ।
दूव्र्यवहार, शोषण, अपहेलित र परिवारबाट अलगिएका बालबालिकालाई सामाजिक पुनर्मिलन गराई उनीहरुको संरक्षण, सबलीकरण र संस्थागत विकासका लागि सो रकम खर्च भएको भ्वाइस अफ् चिल्ड्रेन सुनसरी संयोजक भरत थापाले बताए ।
सडक बालबालिका उद्दार र पुनर्मिलनका लागि राष्ट्रिय बालअधिकार परिषदले १३ लाख ३ सय ३४, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले ५ लाख, इटहरी उपमहानगरपालिकाले २ लाख र धरान उपमहानगरपालिकाले ७५ हजार खर्च गरेका हुन् ।
संयोजक थापाले आर्थिक बर्ष २०७९÷८० को उपलब्धी र चुनौती शुक्रबार सार्वजनिक गर्दै सडक बालबालिकाको उद्दार र पुनर्मिलनका लागि बालदान अमेरिकाबाट ६ लाख २५ हजार उपलब्ध भएको बताए । यसबाट १२ हजार ६ सय २५ खर्च भएको उनको भनाइ छ । भ्वाइस अफ् चिल्ड्रेनकाअनुसार जोखिममा परेका बालबालिकामध्ये ७६, आफ्नो परिवारमा, १० नातेदार परिवारमा र १४ प्रतिशत समुदायमा पुनःस्थापना भएका छन् ।
त्यस्तै, सुनसरीको गढी र देवानगञ्ज गाउँपालिकाका सीमान्तकृत र जोखिममा परेका महिलाहरुको सक्तशीकरणका लागि ६१ लाख ८४ हजार ३ सय ३२ खर्च भएको छ । यो परियोजनाका लागि के. एन. एच.जर्मनीबाट ६५ लाख उपलब्ध भएको थियो । यहाँका १६ सय २० जना महिला आत्मनिर्भर समूह बनाई २५ लाख ३८ हजार ३ सय ५६ बचत गर्न सफल भएका छन् ।
जर्मनीबाटै उपलब्ध ५२ लाखबाट ३५ लाख ३२ हजार १ सय ४२ अनलाईनको माध्यमबाट यौन दुव्र्यवहारमा परेका बालबालिकाको संरक्षणमा खर्च भएको थापाको भनाइ छ ।
त्यसैगरि, फ्रान्सको पार्टाजबाट उपलब्ध ६५ लाख २६ हजार ५ सयबाट प्रारम्भिक बालविकास केन्द्र स्तरोन्नतीमा १८ लाख २३ हजार ९ सय ७२ खर्च भएको छ । भ्वाइस अफ चिल्ड्रेनको मुख्य कोषबाट कोसी प्रदेशका बिभिन्न कार्यक्रमहरुमा १७ लाख ५२ हजार ५ सय ९५ खर्च भएको उनले बताए ।
थापाले कतिपय बालबालिका र परिवारहरुको सीमित सेवाहरुमा मात्र पहँुच हुदा आर्थिक तथा सामाजिक हिसाबले उनीहरुको जीवन कष्टकर भएको बताए । भ्वाइस अफ् चिल्ड्रेनले सार्वजनिक गरेको यो उपलब्धीमाथि सार्वजनिक लेखाजोखा कार्यक्रममा सहभागि कतिपयले भने प्रश्न उठाएका थिए ।
Bal Adhikar.jpg 1

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

स्थिर सरकार बिना मुल ...

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]