इटहरी गोल्ड कपको च्याम्पीयन बन्ने दाउमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी

  • चैत्र १७, २०८० / नेपाल रेखा
alt

इटहरी । आज शनिबार १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको फाइनल म्याच हुदैछ । यो म्याचको च्याम्पीयन बन्ने दाउमा चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लब छन् ।
इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम च्याम्पीयन बन्ने होडमा छन् ।
फाइनल खेलअघि शुक्रवार रंगशालामा आयोजना गरिएको प्रिम्याच पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्न आफूहरुले हरदम प्रयास गर्ने बताए ।
दुवै टिम सन्तुलित र उत्कृष्ट रहेकाले सम्भावना बराबरी रहेको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीको पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइज विरुद्धको खेल चुनौतीपूर्ण हुनसक्ने बुझाइछ ।
विपक्षी खेलाडीको रणनीति बुझेर त्यही अनुसार आफूहरू मैदान प्रस्तुत हुने उनले बताए । क्याप्टेन नवयुग श्रेष्ठले इटहरी गोल्ड कपको १२ औँ संस्करणमा फाइनल पुगेर पनि उपबिजेतामै सीमित रहनुपरेको पीडालाई भुलाउन पनि जीत हात पार्ने बताए । चर्च ब्वाइजका सहायक प्रशिक्षक रुबेन राईले आर्मी बलियो टिम भएकाले फाइनल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए । दुवै टिममा राष्ट्रिय खेलाडीहरूको बाहुल्यता रहेकाले जित्ने रणनीतिका साथ मैदान उत्रिने उनले बताए ।
चर्चका क्याप्टेन दीप कार्कीले आर्मीसँग यसअघि पनि थुप्रै पटक खेलेको उल्लेख गर्दै विगतका कमी कमजोरी सच्याउँदै उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो भने आर्मीले साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसंगको फाइनल भिडन्त पक्का गरेको हो । क्वाटर फाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्यु रोड टिम एनआरटीलाई पराजित गरेको थियो ।
फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ भने उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार रुपैयाँ पाउने छन् ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]