चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधीका लागि आर्मीसंग भिड्ने

  • चैत १६, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधीको लागि चर्च ब्वाइज युनाइटेड र बिभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । इटहरी रंगशालामा बिहिबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले आर्मीसंगको उपाधी भिडन्त पक्का गरेको हो ।
चर्च ब्वाइजका लागि समिर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यानअफ द म्याच समेत घोषित हुदै नगद १० हजार हात पारे ।
गत संस्करणको उपबिजेता चर्च ब्वाइजले अब उपाधीका लागि शनिबार फाइनलमा आर्मीसंग प्रतिष्पर्धा गर्नेछ । आर्मी साबिक बिजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुटआउटमा २–१ गोलको जीत हात पार्दै उपाधी नजिक पुगिसकेको छ । फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयामा चिक्त बुझाउनु पर्नेछ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]