जनप्रतिनिधिद्वारा कार्यालय सहयोगीमाथि विभेद

  • चैत्र १७, २०७९ / नेपाल रेखा
alt

अनिता परियार
आज राति निकै अबेरसम्म निन्द्रा परेन । मन बेचैन थियो । मेरो मानसपटलमा उनको मलिन मुहार घुमिरह्यो । संबिधानमा भएको बाध्यकारी ब्यावस्था अनुसार स्थानीय तहमा देशैभरी १४ हजार ४ सय ४५ जना महिलाहरु निर्वाचित भएका छन् । छ हजार भन्दा बढी दलित महिलाहरु छन् ।
उहाँहरुको काम कर्तव्य अधिकार र दायित्व सम्बन्धि प्रशिक्षण दिने प्रस्ताव आयो मैले स्वीकार गरे । केवल कोटामात्र पुर्याउने अबस्थाको अन्त्य गर्न पनि उहाँहरु सक्षम हुन जरुरी थियो । फेरि आफै सहभागी भैइ कयौं विवादको बिचमा (दुई महिला एक अनिवार्य दलित महिला) निर्मित संबिधानको ब्यबस्थालाई प्रभावकारी कार्यान्वयन गर्न पाउँदा हर्षित पनि छु । कार्यक्रम पछि खाना खाने क्रममा सबैलाई राम्रो सङ्ग नियाल्ने गर्थें । खुशी लाग्थ्यो दलित गैरदलित महिला जनप्रतिनिधिहरु एकआपसमा मिलिजुलि संगै खाना खानु हुन्थ्यो । मलाई लाग्यो अब विभेद निकै कम भयो । तर आज म झस्किएं सो पालिकाकी कार्यालय सहयोगी उनी मरिक (डोम समुदाय) थरकी हुन् । हिजो निकै फूर्तिलो गरि काम गरेकी उनी आज होटेलको एउटा कुनामा एक्लै बसिरहेकी देखें । आज उनी निकै गलेकी थकित र दुःखी देखिन्थिन् । अझ भनौ उनी डराइ रहेकी थिइन् । हामीले बोलायौं खाना खान आग्रह गर्यौं, असजिलो मान्दै बसिन् । उनीमा हिजो र आजको फरकपन देखेर मनमा कौतुअल जाग्यो । कार्यक्रम पछि कुरा बुझ्दा उनले छोएको खान घिन लाग्यो । फोहोर सफा गर्ने मान्छेले छोएको कसरी खानु भन्दै गैरदलित महिला जनप्रतिनिधिले उनलाई अपमान गरेको थाहा भयो । तिमीहरूलाई घिन लाग्दैन उसले छोएको खान भन्दै क्याम्पनिङ्ग नै गरिएको रहेछ ।
मैले नबुझेको सफा गर्ने फोहोरी कि फोहोर गर्नेहरु फोहोरी ? कति तुच्छ र निच छ हाम्रो समाज जो श्रमिक छ जो रात दिन एक गरेर पसिना बगाँउछ र आफ्नो पौरख खान्छ ऊ अछुत ऊ धिनलाग्दो तर जो अरुको मेहनत र पसिनामा रमाउछ, सात पुस्ता सम्मको श्रम र पसिनाको शोषण गर्दछ बडो इज्जत भएको सम्मानित, धिक्कार छ तिम्रो चेतनालाई ।
श्रीमानको मृत्यु पछि एक्लै दुई बच्चा दुःख गरेर पालन पोषण पढाई लेखाइ गरिरहेकी उनी यो त केही होइन म्याम कस्तो कस्तो अपमान सहेकी छु तपाई सुन्न सक्नु हुन्न भनी बताउछिन् । पल पल अपमानको घुड्को पिएर बाँच्नु र पाइला पाइलामा के भन्लान् कि भन्दै डराइ डराइ बाँच्नेहरुको मानसिक स्वास्थ कस्तो होला हामी अनुमान गर्न सक्छौ ? साठीलाख भन्दा बढी जनसंख्याको अस्वस्थ दिनचर्याले के देश अगाडि बढ्छ ?
(अनिता परियारको फेसबुक पेजबाट)

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]