कोशी प्रदेसमा दादुरा–रुवेला खोप अभियान

  • फाल्गुन १४, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । दादुरा–रुवेला निवारणका लागि आइतबार देखि कोशी प्रदेसमा खोप अभियान शुरु भएको छ । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्तरगत कोशी प्रदेसमा अभियान शुरु भएको हो ।
विराटनगर–१५ स्थित जन–विकास उच्च माविमा आइतबारआयोजित एक कार्यक्रमका विच कोशी प्रदेसका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनवारले अभियानको शुभारम्भ गरे । महिला स्वास्थ्य स्वयम सेविकालाई खोप सामाग्री हस्तातन्रण गर्दै मन्त्री सुनुवारले अभियानको शुभारम्भ गरेका थिए।
राष्ट्रिय अभियान आइतबारदेखि चैत ७ गते सम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसंख्यालाई खोप लगाई सक्ने जनाइएको छ ।
अभियान शुभारम्भ कार्यक्रममा मन्त्री सुनुवारले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिका लागि अभियान सफल बनाउन सवैको सहयोग आवश्यक रहेको वताए । दादुरा रुवेलाको जोखिम सवैभन्दा वढि बालबालिका हुने गरेकाले खोप अभियानमा उच्च मनोवलका साथ लाग्न स्वास्थ्यकर्मीलाई उनले आग्रह गरे ।
स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले यो खोपले वालवालिकाको भविष्य निर्धारण गर्ने भएकाले खोप लगाउनबाट कुनैपनि बालबालिका छुट्न नहुने बताइन्।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले अभियान अन्तरगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाइने लक्ष्य रहेको वताए ।
आइतबार देखि प्रदेशका भोजपुर, तेहृथुम, मोरङ र उदयपुरमा अभियानको शुभारम्भ भएको छ । अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरु गरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक वस्नेतले कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको जनसंख्या ३ लाख ६४ हजार ७०६ र ५ वर्ष देखि १५ वर्षको जनसंख्या ५ लाख २९ हजार २२८ रहेको सो अवसरमा जानकारी गराए ।
लक्षित जनसंख्याको सवैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनुपर्ने देखिन्छ । मोरङका लक्षित जनसंख्याको ३१ प्रतिशत, झापा र सुनसरीमा २६÷२६ प्रतिशत रहेको छ ।
खोप संचालनका लागि प्रदेशभरका ८ हजार ३६६ खोपकेन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । कोशी प्रदेसमा विद्यालयलाई लक्षित गर्दै खोप केन्द्र संचालनमा ल्याइएको छ ।
विद्यालय बाहिर रहेका वालवालिकाले पनि विद्यालयमा रहेको खोप केन्द्रमा खोप लगाउने गरि व्यवस्था मिलाइको छ ।
अभियान संचालन भएपनि गतवर्ष मोरङ र सुनसरी जिल्लामा ८४ जनामा दादरा रुवेला देखिएको थियो । यो वर्ष मोरङको सुनवर्सी नगरपालिका र जहदा गाउपालिकामा दादुरा रुवेला देखिएको छ ।
यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि त्यो संभव नभएपछि नेपाल सरकारले सन् २०२६ लाई निर्धारण गरेको हो । सन् २०२२–२०२३ मा नेपालको धेरै जिल्लाहरुमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।
दादुरा रूबेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोश्रो) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशत भन्दा धेरै भएको हुनुपर्ने आधार र शर्तहरू रहेको छ । प्रति १ लाख जनसंख्यामा वार्षिक कम्तिमा २ जना शंकास्पद बिरामीको पहिचान भै प्रयोगशाला परिक्षणमा दादुरा नेगेटिभ भएको हुनुपर्ने, दादुरा रुबेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तिमा १२ महिना सम्म स्थानिय दादुरा रुबेलाका रोगी देखा नपरेको हुनुपर्ने र ३ वर्ष सम्म सोहि अवस्था कायम भएमा दादुरा–रुबेलाको अवस्था शुन्य भएको मानिन्छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]