जनता स्कूलका अभिभावकद्वारा गलत प्रचारको प्रतिबाद

  • जेठ ५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । जनता स्कूललाई सकेको सबै सहयोग गरी स्तरीय शिक्षाको लागि वातावरण बनाउन यस स्कूलका अविभावकहरुले आह्वान गरेका छन् ।
स्कुलले लकडाउनको समयमा पनि अविभावकहरुसँग शुल्क उठाएको भन्दै विरोध भएपछि अविभावकहरुले नै प्रेस विज्ञप्ती जारी गरेर विद्यालयको बचाउ गरेका हुन् । विज्ञप्तीमा सवा सय बढी अविभावकहरुको हस्ताक्षर छ ।
विद्यालयले थालेको गुणस्तरीय शिक्षाको अभियानमा बाधा पुर्याउने गरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल र संघ, संस्थाबाट टिकाटिप्पणी र अवरोध भइरहेको उल्लेख गर्दै जनता माविको कार्यक्रमलाई सहयोग गर्न भनिएको छ ।
‘सबै सरोकारवालाहरुसँग श्री जनता माविको उक्त कार्यक्रमलाई सहयोग गरी शैक्षिक माफियाको चलखेललाई निरुत्साहित गर्न हार्दिक अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ, ‘साथै उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण अविभावकहरुलाई स्वेच्छिक आर्थिक सहयोगसहित आफूले गर्न सक्ने अन्य सम्पूर्ण किसिमको सहयोगलाई निरन्तरता दिन अपिल गर्दछौं ।’

स्कूलका केही अविभावकहरुले बैंकमार्फत् पैसा जम्मा गरेपछि निःशुल्क शिक्षा दिनुपर्ने माग गर्दै सामाजिक सञ्जालमासमेत विरोध भएको थियो ।
तर विद्यालयले भने अंग्रेजी माध्यमबाट पढाई सुरु गरेकोले पूर्वाधार, शिक्षक आदिको लागि अविभावकसँग सहयोग लिनुपरेको जनाएको छ । नेपाली माध्यममा भने विद्यार्थीहरुले निःशुल्क पढिरहेका छन् ।
पछि स्कूलले विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिन सम्भव नभएपछि आवेदन दिने सबैलाई भर्ना गर्ने निर्णय गरेको थियो । ६०० विद्यार्थीलाई भर्ना गर्न लिने भनिएको प्रवेश परीक्षाको फारम एक हजार पाँच सय बढी विद्यार्थीले भरेका छन् ।
विद्यालयले प्रवेश परीक्षाको लागि फर्म भरेका सबै विद्यार्थीलाई भर्ना लिने यस अघि नै जानकारी दिइसकेको छ । ६ सय विद्यार्थी भर्ना लिने गरी प्रवेश परीक्षाको लागि आवेदन खुलाएकोमा १५ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए ।
अघिल्लो वर्ष देखि विद्यालयले विद्यार्थीहरुलाई भर्ना गर्दा प्रवेश परीक्षा लिने गरेको थियो ।
यसपटक भने कोरोनाका कारण प्रवेश परीक्षा नलिने बरु आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिने जनाउँदै विद्यालयले अविभावकहरुलाई भर्नाका लागि हतार नगर्न समेत आग्रह गरेको छ ।
विद्यालय प्रशासनका अनुसार दुई वटा भवनमा गरेर २४ वटा नयाँ कोठा तयार भएको छ । ती सबै कोठा आधुनिक र सुविधा सम्पन्न हुने बताइएको छ ।
विद्यालयलाई सहयोग गर्नेलाई प्राथमिकतामा राखि भर्ना गर्ने भन्ने किसिमको सूचना फैलिएपछि ७० जना अविभावकहरुले विद्यालयलाई बैंकमार्फत सहयोग जम्मा गरेका थिए । तर स्कूल प्रशासनले भने लकडाउन खुलेपछि सबैको भर्ना हुने जनाउँदै अविभावकहरुलाई हतार नगर्न र नआत्तिन अनुरोध गरेको छ ।
जनता स्कूलले अंग्रेजी माध्यमबाट प्रविधिमैत्री कक्षाहरु सुरु गरेपछि विद्यार्थी तथा अविभावकको आकर्षण बढेको छ । अघिल्लो वर्ष पनि अत्याधिक मात्रामा भर्नाको लागि आवेदन परेको थियो । त्यसमध्ये प्रवेश परीक्षा लिएर विद्यार्थीहरुलाई भर्ना गराइएको थियो ।
जनता स्कूल इटहरीमा मात्र नभएर देशभरमै सामूदायिक विद्यालयतर्फ नमूना विद्यालयको रुपमा आफूलाई चिनाउने अभियानमा छ । विद्यालयले स्तरीय शिक्षक राखेर प्रविधिमैत्रि तथा अत्याधुनिक कक्षा कोठामा अध्ययन अध्यापन गराउन थालेको छ । अंग्रेजी माध्यमबाट सुरु गरिएको उक्त नयाँ अभ्यासलाई यस वर्षदेखि नेपाली माध्यममा समेत प्रयोग गरिने हुँदा शिक्षाको गुणस्तर अझै बढ्ने विद्यालयले जनाएको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]