निषेधाज्ञाले एम्बुलेन्सले समेत बाटो पाएनन् "बिभिन्न जिल्लामा निषेधाज्ञा"

  • बैशाख २१, २०७८ / "नेपाल रेखा"
alt


जनक पाण्डे
इटहरी÷कोरोना भाईरसको नयाँ प्रकारको प्रजाति सहित देशमा संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला स्थानिय स्तरमा समेत नियन्त्रणका लागि ब्यापक रुपमा सजगता अपनाउन थालिएको छ । प्रदेश नं. १ मा जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना जिल्लामा निषेधाज्ञा जारी गर्न थालिसकेका छन् ।
निषेधाज्ञा स्थान बिषेश जोखिम क्षेत्रको आधारमा कहिं खुकुलो कहिँ कडा रुपमा अत्यावश्यक र आपतकालिन अवस्था बाहेक यातायात र सवारीहरु ठप्प पारिएका छन् । भने बजारहरु निश्चित समय तोकेर किनमेलका लागि सर्वसाधारण लागि छुुट दिइका छन् ।

20210503_090329
मोरङ्ग प्रसासनले आईतवारबाट जारि गरेको निषेधाज्ञामा बिराटनगरमा बाहिर जिल्लाबाट सवारी आवागमनमा पूूर्ण रोक लगाएको छ भने स्थानिय बजारलाई बिहान ६ बजे देखि १० बजे सम्म खुुल्न दिइएको छ । अत्यावश्यक र आपतकालिन अवस्था बाहेकका सवारी साधनहरुलाई मोरङ्गका बिभिन्न ठाँउमा चेकजाचलाई कडाई र निगरानी गरिएको छ । बिराटनगर प्रवेश मार्ग सुुनसरी–मोरङ्गको सिमाक्षेत्र दुुहवीबाट नजिक पर्ने बुुढीखोला पुलमा प्रहरी प्रसासनले गाडी चेकजाँच कडाई गर्दै अत्यावश्यक सामाग्री, निर्माण सामाग्री, खाद्यान्न र आपतकालिन सेवा बाहेकका सवारी साधनलाई मोरङ्ग प्रवेशमा निषेध गरेको छ । चेकजाचको क्रममा निकैलामो समयसम्म सवारीले बाटो ढाक्दा आपतकालिन सेवाका बिरामी बोकेका धेरै एम्बुुलेन्सहरु जाममा रोकिनुु परेको थियो ।
‘आपतकालिन सेवाका एम्बुुलेन्सलाई जान मिल्नेगरि गरि चेकजाँचको ब्यवस्था मिलाउनुु पर्ने थियो’ धेरै बिरामी बोकेका एम्बुुलेन्सहरु बाटोमा रोकिएकोले केस सिरियस हुुँदा झनैं समस्या हुुन जाने कुुरा बिरामी बिराटनगर पु¥याएर फर्किएका नेपाल परिवार नियोजन ईटहरीको एम्वुलेन्स चालक बामन राई बताउँछन् ।

20210503_085237
किन सांघुुरो ठांउ भएको पूूलमा नै चेकजाँच गर्नुुभएको भन्ने हटलाइनको प्रश्नमा–जिल्ला प्रसासन कार्यालयको सुुरक्षा बैठकबाट पारित बुुँदा अनुुसार अत्यावश्यक र आपतकालिन सेवा बाहेक मोरङ्गमा आवागमन निषेध भएकोले चेकजाँचमा कडाई गरिएको चेकजाँचमा खटिएका मोरङ्गको नेमुवा इलाका प्रहरी कार्यालयका सइ शंकरप्रसाद खतिवडा बताउँछन् ।

20210503_084932

चेकजाँचको सहजताको कारणले पूूलमा सवारी जाँचपास राखिँदा बिरामी बोकेका एम्बुुलेन्स, बिरामी र बिरामीका आफन्तहरुले समस्या झेल्नुु परेको बिरामीका आफन्तहरुले बताएका छन् । बिराटनगरमा कुुनै सवारी चलाईएका छैनन् । पशलहरु बिहान १० बजेसम्म खुुल्न दिईएको छ ।
त्यस्तै गत सुुक्रवार राति १२ बजे बाट लागूू हुुनेगरिको सुनसरीमा निषेधाज्ञा जारि गरिएको छ । सुुनसरीमा यातायात र सवारी साधनहरु जोर बिजोर प्रणालिमार्फत संञ्चालन गर्न दिइएको छ । बजार पसलहरु बिहान ६ बजे बाट ११ बजेसम्म खुुल्न दिइएको छ । सोमवार पनि इटहरीमा जोरबिजोर प्रणाली अनुुसार स्थान बिषेशमा सवारी साधनहरु चेकजाँच गरिएका छन् । बजार, बैँक बित्तिय संस्थामा सामान्य भन्दा भिडभाड बढेका छन् ।
त्यस्तै गरेर झापामा पनि कोरोना संक्रमणको ग्राफ बढ्न थालेपछि स्थानिय जिल्ला प्रसासनले आइतबार राति १२ बजेबाट लागुु हुुनेगरि निषेधाज्ञा जारी भएको छ । बजार पसलहरु बिहान ६ बजे देखि ११ बजेसम्म खुुल्ला रहन दिइको छ । सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा चलाउन अनुुमति दिइएको छ ।
झापाका बिभिन्न स्थानहरुमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको त्यस्तै पसल, बैंक तथा बित्तिय संस्थाहरुमा नियमित भन्दा सामान्य भिडभाड भएको स्रोतले बताएको छ । झापामा सोमवार १२३ जना कोरोना संक्रमित भएका छन् ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]