प्रदेशस्तरीय लेजर रन प्रतियोगितामा कोसी प्रदेश पहिलो

  • असार १७, २०८० / नेपाल रेखा
alt

राजन केडी
इटहरी । सुनसरीको इटहरी रंगशालामा भएको पहिलो प्रदेशस्तरीय लेजर रन प्रतियोगितामा कोसी प्रदेशले प्रथम स्थान हासिल गरेको छ । कोसी प्रदेशले ११ वटा गोल्ड मेडल, १० वटा सिल्भर मेडल र ८ वटा बराउन्च मेडल प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो ।
त्यसैगरि, प्रतियोगितामा वाग्मती प्रदेशले ५ वटा गोल्ड मेडल, ५ वटा सिल्भर मेडल ९ वटा बराउन्च मेडल प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ ।
तेस्रो भएको गण्डकी प्रदेशले १ वटा गोल्ड मेडल मात्र प्राप्त गरेको छ ।
प्रतियोगितामा कोसी, मधेश, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट विभिन्न उमेर समूहका १ सय जना खेलाडी सहभागि भएको आयोजक मोर्डन पेन्टाथलोन फेडेरेशन सुनसरीका अध्यक्ष रितेश श्रेष्ठले बताए । श्रेष्ठ कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसमेत हुन् ।
कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतमले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले बैशाखमै गराउनु पर्ने प्रतियोगिता प्राविधिककारणले अहिले आएर गर्नुपर्ने बाध्यता आइपरेको बताएका थिए । उनले भने–‘यो प्रतियोगिता सफल पार्न विकास बोर्डले आर्थिक सहयोग गरेको छ ।’
उद्घाटन सत्रको अवसरमा कोसी प्रदेशसभा सदस्य सपना परियार, निवर्तमान उपसभामुख सरस्वती पोखरेल, मोर्डन पेन्टाथलोन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव यादव बस्नेत, संघकै गण्डकी अध्यक्ष कविता अर्याल, कोसी प्रदेश अध्यक्ष कमलबहादुर विश्वकर्मा (राकेश) लगायतले खेलको अवलोकन गरेका थिए ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]