एमाले–कांग्रेस नेतालाई माओवादीले सुरक्षा दिएको ती दिन .....

  • फाल्गुन १, २०७९ / नेपाल रेखा
alt

अर्जुन शर्मा

अस्तिसम्म राजा,राजाका बाउ, बढाउ, काका, दाजु, भाइ, छोरा, बुहारी, नाति, आमा, हजुरामा, जेठान, सम्धीको जन्मदिनमा बिदा ।।
उनका बिहे, वर्तमन, विदेश भ्रमण, स्वदेश आगमन, पञ्चायतको स्थापना, पन्चायतको २५ बर्ष लगायतका विविध नाममा बिदा दिदाँ कसैलाई आपत्ती हुँदैनथ्यो ।
आज पनि राजाका बढा–जिजुबाजेको जन्मदिन सुरु गरिसकियो ।
ज्ञानेन्द्रको निरंकुशता बिरुद्ध बोल्न नसकेर भागाभाग दलका नेता दिल्लीको सरणमा पुगेको हिजैजस्तो लाग्छ । हुन त खुट्टामा पसारा परेका नेताको अवस्था नै त्यस्तै थियो ।
दलमाथि प्रतिबन्ध लाएपछि स्थानीय एमाले काङ्ग्रेसका नेता समेतको सुरक्षा माओवादीले गरेको थियो ।
पञ्चायत ढलेपछि तत्कालिन नेकपा एकता केन्द्रले २०४७ सालको संविधान जलाउने अभियानै चलायो, त्यही क्रममा सुनसरीमा समेत एकता केन्द्रको गतिविधी तिब्र बन्यो ।
जनआन्दोलन दिवस चैत–२४ मनाउने क्रममा धरानबाट ओमप्रकाश ढकाल र म गिरफ्तार भइ ३१ दिन हिरासत बस्यौँ ।
२०५२ फागुन–१ पछि सुनसरीमा जनयुद्ध समाचार लेखेको भन्दै पिबी दियाली, गोपाल भन्डारी, गणेश खत्री, भवानी बराल, गंगा बराल, अरुण बराल, शालिग्राम पाण्डेजस्ता दर्जनौ पत्रकारले भोगेको सास्ती भनिसाध्य छैन ।
मोरङमा प्रेम बास्तोला, सोमनाथ बास्तोलालगायतको हिरासत बसाई भोग्ने र अनुभूत गर्ने तिनका परिवारलाई मात्र थाहा छ ।
अहिले जनयुद्ध दिवसको बिदा दिदै गर्दा मेरा बा–आमाको आत्माले समेत सरकारलाई धन्यवाद दिई रहेको छ ।
जनयुद्ध नहुन्थ्यो भने यो देशमा सीमान्तकृत, अति सीमान्तकृत, वार्डहरुमा दलित महिलाको प्रतिनिधित्वजस्तो यत्रो विधि अधिकार आउनेवाला थिएन ।
राजा–महाराजाको चाकरी गर्नेहरुलाई जनयुद्ध दिवसको खिलाफमा बोल्न मज्जा आउला तर १० बर्ष स्वर्णीम युग भनेर लेख्ने र जनयुद्धकालमा सरकारी र बिद्रोही बन्दुकको चेपुवामा परेर भोजपुरबाट कान्तिपुरमा समाचार लेख्ने वेदराज पौडेललाई औँधी सम्झिराछु ।
लुडो, तास, जुवा, जाँड, बेस्यागमनमा अल्मलिने, अकुत ब्याजमा पैसा लाउने र काम नगर्ने सरकारी कर्मचारी, शिक्षक सबका सब काममा हुन्थे ।
जनयुद्धको उदगमदेखि जनयुद्धले ल्याएको परिवर्तनसम्म नेपाली जनजनको मुहारमा आएको खुशी बाढ्दा परिवर्तन बिरोधिहरु रिसाउनुको कुनै अर्थ छैन ।
पञ्चायतकालमा जम्मा एकसय दिन स्कुल लाग्थ्यो, आजजस्तो इन्टरनेट भएकोभए स्कुल कलेज नजादा नि हुन्थ्यो होला ।
आज यूरोपका कलेजमा यहि बसेर पढ्न सकिन्छ, कोर्स सबै नेटमै उपलब्ध हुन्छ ।
मुलुक परिवर्तनका खातिर जनआन्दोलनहरूको जग निर्माण गर्ने जनयुद्ध कै कारण स्थापित संघिय गणराज्य नेपालको जयहोस ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]