धरानकी मेरिका बास्कोटा मिस नेपालको फाइनलमा, भोट गर्न गरिन आग्रह

  • जेठ २२, २०७९ / नेपाल रेखा
alt

धरान । धरान उपमहानगरपालिका वडा नम्बर १४ बिजयपुरकी मेरिका बास्कोटा दि हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छन् ।
देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए । देशका सात वटै प्रदेशमा भएको अडिसनबाट छानिएका २ सय जनाको गत जेठ–३ गते राजधानी स्थित होटल याक एन्ड यतिमा प्रतिष्पर्धा भएको थियो। उक्त प्रतिष्पर्धाबाट धरानकी मेरिका फाईनलका लागि उत्कृष्ट २४ मा पर्न सफल भएकी थिइन् । मेरिकाले आफूलाई भोट दिएर जिताउन सबैसंग आग्रह गरेकी छन् । उनलाई भोट दिनका लागि मोबाएलको प्ले स्टोरमा गएर खल्ति एप्स डाउनलोड गरि इभेन्ट सेक्सनमा गएर क्लीक गर्ने र त्यहाँ मिस नेपाल–२०२२ लेखेको आइकन आउछ त्यहाँ क्लीक गर्ने त्यसपछि सबै सहभागिहरुको प्रोफाइल आउछ । त्यसपछि मेरिकाको प्रतियोगि नम्बर ७ मा क्लिक गरेर भोट गर्न सकिन्छ । जहाँ एउटा फ्री भोट हुन्छ भने अन्य पैसा तिरेर जति पनि भोट गर्न सकिनेछ । मिस नेपाल–२०२२ को फाईनल प्रतिष्पर्धा आगामी असार–४ गते गोदावरीको कन्भेन्सन हलमा हुदैछ । धरानको बिष्णु मेमोरियल मा.बि.बाट एस.ई.ई. र प्लस टु उत्तिर्ण गरेकी मेरिकाले भैरहवा मेडिकल कलेजबाट बि.डि.एस.को अध्ययन पुरा गरेको उनका काका सुमन बास्कोटाले जानकारी दिए । मेरिकालाई आफ्नो अमूल्य भोट दिएर जिताउन समेत बास्कोटाले आग्रह गरे ।23

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]