इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल हुदै

  • असोज १७, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल २०८० आयोजना हुने भएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा रोटरी क्लव अफ इटहरी युगलको सह आयोजनामा यही असोज १९ र २० गते कर्पोरेट क्रिकेट फेस्टिवल २०८० को आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
प्रतियोगिताको विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अब खेलकुदसंगै स्वास्थ्य र पर्यटन भन्ने नाराका साथै खेलकुदसंगै पर्यटन क्षेत्रको विकासमा रचनात्मक योगदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले जानकारी दिए । उनले छरिएर रहेका व्यवसायीहरुलाई एक आपसमा चिनजान र भाइचारा अभिवृद्धि गराउन, खेलको माध्यमबाट होटल तथा पर्यटन व्यवसायलाई चलायमान गराउने उद्देश्यले समेत कार्यक्रम आयोजना गर्न लागिएको वताए ।
१६ वटा टिम र सुपर सेभेन गेम हुने कार्यक्रम संयोजक गोविन्द पौडेलले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने टिमलाई २५ हजार नगद सहित शिल्ड प्रमाण पत्र, दोस्रो हुने टिमलाई १५ हजार नगद सहित शिल्ड प्रमाण प्रदान गरिने वताइयो । प्रतियोगितामा उद्योग वाणिज्य संघ इटहरी, विश्व आर्दश कलेज इटहरी, सुषमा गोदावरी कलेज इटहरी, औषधी व्यवयासी संघ इटहरी, इटहरी उपमहानगरपालिका, माडवारी युवा मञ्च लगायतका १६ टिमको सहभागिता हुने समेत जनाइयो । पत्रकार सम्मेलनमा होटल तथा पर्यटन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष देवी गौतम, रोटरी क्लव अफ इटहरी युगलका अध्यक्ष राजिव घिमिरे लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । प्रतियोगिता नेपाल डिभिएम स्कुलको खेल मौदानमा हुने छ ।

itahari cricket festival

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]