प्रधानमन्त्री केपी ओलीलाई खुल्ला पत्र " –शालिग्राम पाण्डे "

  • बैशाख २७, २०७८ / "नेपाल रेखा"
alt


सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू ,


देशमा लोकतन्त्र आउनु अघिको अवस्थालाई एक पटक स्मरण गरिदिनुस त ? देशमा लोकतन्त्र स्थापना गर्नका लागि सुखानीमा सहिदहरुले गोली खानु परेको परिदृष्य तँपाईलाई राम्ररी थाहा छ । राणा शासनकाल, पंचायत काल, अनि अधिनायकवादी राजतन्त्रको अन्त्य गर्न कतिले ज्यानको आहुति दिए ? कति घाइते भए ? कति देश निकाला गरिए ? कतिको कोख रित्तीयो ? कति विधवा भए एक पटक छातीमा हात राखेर गम्भीर ढंगले सोचि दिनुस त केपी ओली ज्यू ।

तँपाई नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को केन्दीय अध्यक्ष भएर झण्डै दुई तिहाईको सरकारको प्रधानमन्त्री हुनु भयो । तर तपाईकै अहमताले गर्दा आज तपाई आबद्ध नेकपा पुनः नेकपा एमाले भएको छ । तपाईलाई जनताले झण्डै दुई तिहाईको बहुमतको प्रधानमन्त्री बनाए तर तपाइले भने घमण्ड र अहमताले गर्दा जनभावना विपरित संविधानको मर्म विपरित गएर संसद संसद विघटन गर्नु भयो । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ना साथ तँपाईले नैतिकताका आधारमा राजीनामा गर्नु पर्नेमा तँपाईले लोकतान्त्रिक मुल्य र मान्यता विपरित रहेर विभिन्न घिनलाग्दा खेल खेल्नु भयो । लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललई बिहान राजीनामा दिन लाउनु भयो अनि बेलुकी पख फेरी उनै पोखरेलाई मुख्य मन्त्रीमा नियुक्ति गर्न लाउनु भयो ।


सरकार बचाउन विभिन्न अपराधिक गतिविधिमा संलग्न भएका कारण प्रहरीले पटक पटक वारेण्ट पूर्जी काटेका, प्रहरीको निगरानीमा रहेका दीपक मनाङे नामले चिनिने राजीव गुरुङलाई गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्ति गराउनु भयो । तपाईको स्तुति गाउन नसक्दा गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदुर पश्चिमका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पद मुक्त गराई गण्डकी प्रदेश प्रमुखमा सिताकुमारी पौडेल र सुदुरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई चुड्कीका भरमा नियुक्ति गराउनु भयो ।


मुलुकमा कोभिड–१९को महामारी छ, करिव डेढ वर्षको समय सत्ता जोगाउने विभिन्न खेलमा बिताउनु भयो । संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने छ भनी लेखिएको छ, तपाईले राष्ट्रका नाममा गरेको सम्बोधनमा उपचार नपाएर कोही पनि मर्नु पर्ने अवस्था आउन दिन्न भनेको एक हप्ता बित्न नपाउँदै तपाईको बोली हावादारीमा दरिएको छ । कारण अस्पतालमा अक्सीजन छैन, भेण्टीलेटर छैन भन्दै कोभिड–१९का विरामीलाई भर्ना लिन मानिरहेका छैनन् ।

कोभिड–१९ संक्रमितको उपचारको व्यवस्था नहूँदा अकालमा मृत्यू भएको अवस्था छ । अक्सीजन सिलिण्डर ४० हजारमा भित्रभित्रै विक्रि भई रहेकोछ । कोभिशिल्ड खोप ल्याउन दलालहरुलाई कमिसन नदिईएका कारण खोप आउन सकेन । देशलाई त माफियाहरु र दलाहरुले चलाएका रहेछन् नि तँपाई त प्रधानमन्त्रीको रुपमा देखिने पात्र मात्र हुुनु हुँदो रहेछ । प्रधानमन्त्री पद जोगाउन र अकुत सम्पत्ती कमाउन, विलासीता जीन्दगी विताउन अनि आप्mना हुक्के, ढोकेलाई पोस्न पाए भै हाल्ने रहेछ । जनताले उपचार पाउन् नपाउन्, खान पाउन नपाउन्, रोजगारी पाउन् नपाउन् तपाईलाई कुनै अर्थ रहेनछ सत्ता र शक्तिमा छउन्जेल नेताले केही देख्दा रहेनछन् भन्ने तपाईँको गतिविधिले थप पुष्टि गरेको छ ।


ओलीज्यू तपाई प्रधानमन्त्री भएको के अर्थ एउटा दलाले कमिसन नपाउँदा सरकारले खोप खरिद गर्न पाएन । मु्लुक कोभिड–१९को महामारीले व्याप्त रहँदा तँपाईलाई नेपाली जनता प्रति रति भर चिन्ता छैन । तँपाई कसरी शक्तिशाली बन्ने, कसरी सत्तामा टिकी रहने भन्नेमा सोची रहनु भएको छ । प्रधानमन्त्री पद बचाई रहने, पदमा टिकिरहने राजनीतिका लागि षडयन्त्र, छलकपट र धोकाधडीमा व्यस्त हुनै प¥यो होला । प्रधानमन्त्री ज्यू लोकतान्त्रिक शासन व्यवस्था चलाउँदा संसदिय शासन व्यवस्थाका मूल्य मान्यता, परम्परा र नैतिकता आवश्यक हुन्छ शासन व्यवस्थालाई गरिमामय बनाउने सोचमा तपाईले समय खर्च गर्नु प¥यो । सत्ता भनेको आज छ भोलि छैन पर्सी फेरी घुमि फिरी आउन सक्छ । लोकतान्त्रिक मुल्य र मान्यता नै भएन लोकतन्त्रको के अर्थ होला ?


प्रधानमन्त्री ज्यू जनताले तँपाईलाई विश्वासको मत दिएर त्यो ठाउँमा पु¥याए तर तँपाईले जनतालाई धोकाधडी दिनु भयो । तपाईले आप्mना नातागोता, अरौटे भरौटेलाई विभिन्न पदमा नियुक्ति गर्ने, भ्रष्टाचारबाट जोगाउने बाहेक सर्वसाधारणको हितका लागि कुनै काम गर्नु भएको छैन । तपाईले ंसंवैधानिक अंगहरुमा नियुक्ति गर्दा राम्रालाई पाखा लाएर हाम्रालाई नियुक्ति गर्नु भएको छ । संवैधानिक अंगहरुमा नियुक्ति पाउने अरु योग्यताले नहुने तपाईको विश्वास पात्र हुनु पर्ने बाध्यता रहेको छ । तपाईको खास चरित्र न्यायप्रेमी जनताले बुझी सकेका छन् अब जति सुकै नाटक गरे पनि त्यो क्षणिक हुने छ । तपाई स्वाभीमानी नेपालीको नजरमा तल परि सक्नु भयो तपाईका चम्चाले जति सुकै प्रशंसा गरे पनि तँपाई सत्यको धरातल हुनु हुन्न भन्ने जनताले बुझी सकेकाछन् । अब तँपाईका हुक्के ढोकेको प्रसंसलाले ठेग्नेवाला छैन ।


तँपाईले देशको प्रधानमन्त्री पदमा २ पटक राज गरि सक्नु भएको छ । प्रधानमन्त्री भनेको जनताको अभिभावक हो । जसरी घर परिवार चलाउने अभिभावकले परिवार सदस्यको समस्या जे जसरी भए पनि हल गरेको हुन्छ । घरको अभिभावक कहिल्यै रिसाउन पाउदैनन्, झर्को मान्दैनन् । जे जस्तो परिस्थितिमा पनि मलिन भएर घर परिवारको समस्या झेल्दै आफुले पिर, समस्या, आर्थिक बोझ आदि समस्या झेलेर भए पनि सबै परिवार सदस्यलाई माया ममता दिएको हुन्छ । त्यसै गरी प्रधानमन्त्री केपी ओलीज्यूले पनि अहमता नदेखाइकन, सन्कीपन नदेखाइकन मलिन भएर माधम नेपाल र झलनाथ खनालसंग वार्ता गरेर मुलुकलाई अगाडी बढाउनु पर्नेमा आफु भन्दा अग्रज अनुभवी नेतालार्इँ अनाहकमा स्पष्टिकरण सोधेर नेकपा एमालेबाट निस्काशन गरिएको अवस्था छ । यहाँ भन्दा फोहरी राजनीति अरु कसैले कल्पना गर्न सक्दैनन् ।


ओलीज्यू तपाईमा कति अहमता रहेछ भन्ने कुराको नतिजा करिव डेढ वर्ष पछि हुने निर्वाचनले प्रष्ट पार्ने छ । समाजसेवी आन्नी छोइङ डोल्मा ले गाउनु भएको गित ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार....’ भन्नु भएको छ तँपाई नेकपाका शीर्षस्थ नेता हुदै अहिले नेकपा एमालेको शीर्ष नेतामा पुग्नु भएको छ । पुष्पकमल दाहाल –प्रचण्ड)संग गरेका वाचाहरु पुरा नगर्दा नेकपा माओवादीसंग सहकार्य टुटेको छ । तपाई होसमा आउनु भएन भने अब विस्तारै माधवकुमार नेपाल, झलनाथ खनालसंग पनि तपार्इँको सहकार्य टुट्ने छ । नेपाल र खनालका सुझावलाई सकारात्मक रुपमा हेरि दिनुस त ।

समस्याको समाधान हुन्छ तपाई जति अहमता देखाउनु हुन्छ उति इतिहासको कलंक बन्नु हुने छ । देउवा, दाहाल, नेपाल र खनाल, भट्टराई पनि यो देशको प्रधानमन्त्री पद समाली सक्नु भएको छ र अध्यक्ष पद पनि समाली सक्नु भएको छ । वहाँहरु अनुभवी हुनु हन्छ वहाँहरुको अनुभवलाई प्रम ओली ज्यूले देश र जनताको हितमा अधिकतम उपयोग गर्नु पर्नेमा । प्रमज्यू तँपाईको बोली जहिले पनि तितो टर्रो हुन्छ, बुद्धिजीवीहरु, पत्रकार, नागरीक समाजका अगुवाहरुलाई गाली गरेर हप्की दप्की गरेर ठेगान लाउने तँपाईको हर्कत आजको युगमा अलिक नसुहाउला की ? तपाईको चतु¥याईले गर्दा देशको प्रधानमन्त्री र नेकपाको अध्यक्ष हुनु भयो भन्दैमा ओलीज्यूले अहमता देखाउने होइन । देशको अभिभावक भएर त मलिन हुनु पर्छ की सबैका कुरा सुनेर चामल र विया छुट्याए झै कुन गलत कुन सही छुट्याउने प्रयास गर्नु पर्छ ।


प्रमज्यू अरुलाई त तँपाईले हेप्नु भयो आप्mनो बसमा राख्ने प्रयास गर्नु भयो तर माधवकुमार नेपाला र झलनाथ खनाल तँपाईको पार्टीका होनहार व्यक्तित्व हुनु हुन्छ र तपाई भन्दा अगाडी प्रधानमन्त्री हुनु भएको पार्टी अध्यक्ष पनि तपाई भन्दा अगाडी हुनु भएको व्यक्तित्व हुनु हुन्छ । वहाँहरुलाई तपाईले सम्मान गर्नु पर्ने हो वा सिगौरी खेल्नु पर्ने हो सोच्नुस त । तँपाईले जति सुकै उखान र टुक्का जोडे पनि पदको उन्माद देखाए पनि उमेरले घटीबढी भए पनि तँपाईको तुलनामा वहाँहरु अग्रज र सम्मानित व्यक्तित्व हुनु हुन्छ ।


प्रमज्यू तँपाईलाई लाग्दोहो तँपाई सबै भन्दा जान्ने धेरै पढेको, सबै विषयको ज्ञाता, कसैले नगरेको काम तपाईले गरेको भन्ने अहमता होला । तँपाईको कामको मूल्याँकन तँपाईले गर्ने होइन अरुले गर्ने हो र अरुले प्रसंसा गरेको राम्रो हुन्छ । अनि यो कुरा पनि ख्याल राख्नु पर्छ प्रमज्यू, पंचायत कालमा उमेश जंग थापाले राजा र प्रजालाई पहाडले छेकेको छ भन्दै विचको पहाडलाई तोड्नु पर्छ भनेर नारा लाउने गर्थे । संघिय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्री, नेकपाको अध्यक्ष तँपाईलाई पनि उही तँपाईको निकट तथा विस्वास पात्रहरु तथा सिमित व्यक्तिहरुको घेरामा हुनु हुन्छ । पूर्वराजा ज्ञानेन्द्रले जसरी संविधानको अपव्याख्या गरेका थिए ठीक त्यसरी नै तपाई संविधानको अपव्याख्या गर्नु भएको छ । ऐन कानुन बाहिर गएर कानुनलाई छल्ने, कानुनको बर्खिलाप गर्ने काम गर्नु भएको छ । जनता एउटा सिटामोलको ट्याब्लेट खान नपाएर मरिरहेका छन् । कोरोना संक्रमितहरु अक्सिजनको अभावमा मरिरहेका छन् तपाई भने राजसी ठाटमा हुनु हुन्छ । एक पटक छातिमा हात राखेर सोच्नोस त पंचायत कालका राजा र तँपाईमा के नै पो फरक रहयो र ?


प्रम ज्यू तँपाईले केही नेता कार्यकर्ताको साँगुरो घेरा नतोडेसम्म नेकपा एमाले भित्रको आन्तरिक कलह कहिल्यै मिल्ने वाला छैन र देश उन्नतीको ठाउँमा अबनतिको अवस्थामा गुज्रने निश्चित छ । प्रम ओली ज्यू तपाईले २ पटक मृगौला फेरेर अस्वस्थ्य हुनु भएको छ । तँपाई त अस्वस्थ्य हुनु हुन्छ देशलाई पनि अस्वस्थ्य बनाई दिने कम्तिमा जापानका प्रधामन्त्रीले जस्तो पद छोडेर स्वस्थ्य व्यक्तिलाई शासन गर्ने मौका दिनुहोस न । तँपाईको हठबादीका कारण ३ करोड जनताले बन्धकी बस्नु परेको छ । विगतमा तपाई प्रधानमन्त्री नहुँदा पनि देश चलेकै थियो । भाविष्यमा तपाई नहुँदा पनि देश अहिलेको भन्दा राम्रो संग चल्ने छ । तपाईले जस्तो विगतका प्रमहरुले भ्रष्टाचारीलाई संरक्षण गर्नु भएको थिएन र अपराधिक गतिविधिका व्यक्तिलाई जानाजानि मन्त्रीमा नियुक्ति गर्नु भएको थिएन । भविष्यका प्रमहरुले पनि भ्रष्टाचारीलाई संरक्षण दिने छैनन् ।


प्रधानमन्त्रीज्यू कोभिड–१९का कारण करिव ६० मुलुकबाट करिव साढे चार लाख नेपाली रोजगारी गुमाएर फर्केका छन् उनीहरुको बारेमा तपाईले केही सोच्नु भएको छ ? गरिवीका कारण कैयौ नेपालीले उपचार नपाएर अकालमा मृत्यू बरण गर्नु परेको छ । कोभिड–१९ का कारण २०७६ साल चैत्र ११ गते देखि करिव ८ महिना मुलुकमा लकडाउन र निशेधाज्ञा हुँदा करोडौंको व्यापार गरि रहेका व्यापारीहरु सडकमा विभिन्न सामाजिक संघ संस्थाले उपकार गर्ने उद्देश्यले तयार गरिएको खाना खाएर जीउन बाध्य भएको कथा र व्यथा तपाईले खै बुभ्mनु भयो ।

तपाईमा अहमता छ, घमण्ड छ जब सम्म अहमता र घमण्डले तँपाईको शरिरमा बास गर्ने छ तवसम्म तँपाईले नेपालीहरुको मर्म र भावना बुभ्mन सक्नु हुन्न । तपार्इँँ असल , राजनीतिमा खरिएको व्यक्तित्वहो तपाईको मनमस्तिस्कमा रहेको अहमता र घमण्डले तपाईलाई ध्वस्त बनाउँदै छ, तपाईको वरिपरि घेरमा रहेका तँपाईको प्रसंसकले तपाईलाई घेरा बन्दीमा पारेका कारण तपाईले देशको वास्तविक अवस्था भुल्नु भएको छ ।

शासन र शक्तिनै सबै कुराहो भन्ने भ्रम तपाईको मनको तीर्षनाबाट हटाइदिनुस अनि जनता र लोकतन्त्र भन्दा ठूलो अरु केही होइन भनेर हिजो पंचायति व्यवस्था अन्त्य गर्नमा , अधिनायकबादी राजतन्त्रको अन्त्य गर्नमा कस कसको योगदान रहेको थियो ?कम्तिमा विगतलाई एक पटक फर्केर हेरी दिनुस तपाईको मन चंगा हुने छ अनि तपाईले आप्mना गल्ती देख्नु हुने छ । तपाईका आसोपासेले तपाईलाई गुमराहमा राखेको बल्ल थाहा पाउनु हुने छ ।

तपाई उखान टुक्का खुव प्रयोग गर्नु हुन्छ यी उखानलाई एक पटक मनन गर्नुस त । एक माघले जाडो जाँदैन, लुच्चाको धन छुृच्चाले खान्छ । जुन गोरुको सिङ छैन उसको नाम तिखे , नमच्चिने पिङको सय झड्का , जुन जोगी आएनी कानै चिरेका, एक थुकी सुकी हजार थुकी नदी । एउटा राजनीतिक भनाई जनताको मन जित्न सक्नेले संसार जित्न सक्छ ।सत्य सधै तितो हुन्छ अनि भनार्इँछ नि साँचो डग्दैन झुटा टिक्दैन ।

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]