कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

  • जेठ १३, २०७८ / "नेपाल रेखा"
alt

 

सुनसरी । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका योद्धा कृष्ण सेन इच्छुकको १९ औँ स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपाल प्रदेश नं. १ र सुनसरी जिल्ला समितिले विहीबार नेपाल पत्रकार महासँघ सुनसरीलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।


प्रदेश र जिल्ला समितिको सक्रियतामा विभिन्न सहयोगदाताहरुबाट सङ्कलित स्वास्थ्य सामाग्री प्रदेश र जिल्ला समितिको तर्फबाट प्रदेश इन्चार्ज राजन केडीले पत्रकार महासँघ सुनसरी अध्यक्ष जनकक्रृषि राईलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामाग्रीमा मास्क, सेनिटाइजर, आयुर्वेदिक औषधि लगायत छन् ।


कोभिड–१९ महामारीका बावजुद स्थलगत पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई मास्क र सेनीटाइजर र संक्रमित भई स्वास्थ्यलाभ गरिरहेका पत्रकारहरुका लागि औषधि उपलब्ध गराइएको संगठनका सुनसरी संयोजक अर्जुन शर्माले बताउनुभयो । सबै पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासँघ मार्फत एकद्धार प्रणालीबाट वितरण होस भन्ने उद्धेश्यले महासँघलाई सामाग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।


विगत वर्षहरुमा इच्छुक स्मृति दिवसका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिँदै आएकोमा यसवर्ष कोभिड महामारीका कारण प्रत्यक्ष कार्यक्रम सम्पन्न गर्न सम्भव नभएकोले नेपाल पत्रकार महासँघलाई सामाग्री हस्तान्तरण गरी सांकेतिक रुपमा इच्छुक स्मृति दिवस मनाइएको संगठनका १ नं. प्रदेश संयोजक श्रीशीशा राईले बताउनुभयो । कोभिडबाट संक्रमित भई स्वास्थ्यलाभ गरिरहेका र जोखिमबाट जोगीँदै पत्रकारिता गरिरहेका पत्रकारहरुका न्युनतम आवश्यकता मध्यनजर गर्दै सद्भाव व्यक्त गरिएको उहाँले जानकारी दिनुभयो ।


प्रदेशका प्रेस संगठन नेपालका विभिन्न जिल्ला कार्यसमितिहरुले पनि कृष्ण सेन इच्छुक स्मृति दिवस मनाएको समाचार प्राप्त भएको छ । प्रेस संगठन नेपाल ताप्लेजुङ जिल्ला समितिले नेपाल पत्रकार महासँघ ताप्लेजुङ शाखालाई जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि मास्क र सेनीटाइजर प्रदान गरेको छ । आयोजित एक विशेष कार्यक्रममा संगठनका केन्द्रिय सदस्य प्रयास लिम्बुले महासँघ ताप्लेजुङ अध्यक्ष आनन्द गौतमलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभयो ।


प्रगतिशिल लेखक, साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ कात्र्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । अभिव्यक्ति स्वतन्त्रता, मुक्ति र समावेशी आन्दोलनमा होमिने क्रममा उहाँ माओवादी सशस्त्र संघर्षमा लाग्नुभयो । द्वन्दकै क्रममा नेपाली सेनाबाट उहाँको २०५९ जेठ १३ महेन्द्र पुलिस क्लवमा हत्या गरियो । यसैविच इच्छुकको स्मृतिमा प्रेस संगठन नेपाल केन्द्रिय समितिले एक विज्ञप्ति मार्फत श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष महेश्वर दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा इच्छुकका सपनाहरु पुरा गर्न अझै बाँकी रहेकोले उनले देखाएको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ । यसै सन्दर्भमा प्रेस संगठन नेपाल १ नं. प्रदेश समितिले पनि एक विज्ञप्ति प्रकाशित गरी इच्छुकप्रति श्रद्धासुमन व्यक्त गरेको छ ।

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]