टेम्केमैयुङमा ५२ करोड बराबरको बजेट सार्वजनिक

  • असार १२, २०८० / नेपाल रेखा
alt

अर्जुन बस्नेत
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले १४ औं गाउसभाबाट ५२ करोड वजेट सार्वजनिक गरेको छ । पालिकाले ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०–८१ का लागि ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । उनकाअनुसार चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगततर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट सार्वजनिक भएकोछ । बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सडक तथा भौतिक पूर्वाधारको विकाससँगै कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् ।

कृषि उत्पादनमा जोड दिँदै बजारीकरणमा ध्यान दिने, गाउँपालिकालाई दूध र मासुमा आत्मानिर्भर बनाउने, एक घर एक करेसाबारी कार्यक्रमलाई जोड दिने, गाउँपालिकामा चिलिङ भ्याट सहितको डेरी स्थापना गर्ने, कृषकलाई उत्पादनमा आधारित अनुदानमा जोड दिने लगाएत विभिन्न कार्यक्रम समेटिएको जानकारी दिइन् । त्योसँगै सडक भौतिक पूर्वाधार विकास, पर्यटनको क्षेत्रमा आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले बताइन् । सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संशोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय सन्दिप न्यौपानेले जानकारी दिए । गाउँसभाले टेम्केमैयुङ गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विद्येयक २०७९, प्राविधिक कर्मचारी फिल्ड भत्ता कार्यविधि २०७९, उन्नत जातका पशुपछी वितरण तथा व्यावस्थापन कार्यविधि २०८०, टेम्केमैयुङ गाउँपालिकाको कर्मचारी तह बृद्धि सम्बन्धी कार्यविधि २०८०, टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०८०, साना सिंचाई योजना सञ्चालन निर्देशिका २०८० र कर्मचारी प्रोत्साहन भत्ता कार्यविधि, २०७५ पहिलो संशोधन पारित गरेको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको आम्दानीको दायर कमजोरसँगै केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा समस्या भएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । स्थानीयबाट धेरै योजनाको माग भएपछि माग अनुसारको योजना सञ्चालनमा कठिनाई भएकाले जनप्रतिनिधिहरुले जनताको गालि खानुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष बस्नेतको भनाइ छ । जनताको तर्फबाट आएका गुनासाहरुलाई सवै जनप्रतिनिधिहरुले उचित ढंगले सम्बोधन गर्दै बजेट अभावमा गाउँपालिकाले सोचे अनुरुप योजना सञ्चालन गर्न नसकेको बारेमा प्रष्ट पार्न आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । ‘यो वर्ष जनताबाट माग भएअनुसारका योजना सञ्चालनमा समस्या भएको छ’अध्यक्ष बस्नेतले भने,‘सरकारबाट आउने बजेट कटौती हुँदा धेरै हामीलाई योजना छनौट गर्न सकस परेको छ । काम सम्पन्न भएका योजनाहरुको दायित्व सिर्जना भएको अवस्था छ ।

जनताले माग गरेका धेरै योजनाहरु समेट्न सकिएको छैन । जसको कारण जनताले गाउँपालिकाप्रति आक्रोश पोखेको अवस्था पनि छ । हामी जनप्रतिनिधिहरुले गाउँपालिकाको बाध्यातम्क अवस्थाको बारेमा जनतालाई बुझाउन आवश्यक छ ।’’ गाउँपालिकाले गौरवको कार्यक्रमअन्तर्गत दूध मिसन कार्यक्रम सञ्चालनमा ल्याउने अध्यक्ष बस्नेतको भनाइ छ । यो कार्यक्रम अन्तर्गत किसानलाई समेटेर उनीहरुको आयस्तरमा बृद्धिमा जोड दिने उनको भनाइ छ । गाउँपालिकामा आधुनिक उपकरण सहितको डेरी स्थापना गरेर दूधमा आत्मानिर्भर बनाउने लक्ष्य रहेको बस्नेतले बताए ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]