पुलिस क्लबले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

  • असार १, २०८० / नेपाल रेखा
alt

इटहरी । विभागीय टोली नेपाल पुलिस क्लबले मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका जितेको छ । इटहरीमा बिहिबार सांझ सम्पन्न फाइनल खेलमा अर्को बिभागीय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो । उपाधीसंगै पुलिसले नगद ३ लाख रुपैया हात पारेको छ । उपबिजेतामा सिमित बनेको एपीएफले १ लाख ५० हजार रुपैया पाएको छ ।
इटहरी रंगशालामा भएको खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुदै नगद ५५ हजार पुरस्कार पाइन । बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ भए । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रुपेश विष्ट भए । उनीहरुले जनही १५ हजार प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्का लगायतले पुरस्कार वितरण गरेका थिए ।
समूह चरणको खेलमा त्रिभुवन आर्मी र लुम्बिनी प्रदेशलाई पराजित गरेको पुलिसले सेमिफाइनलमा बागमती प्रदेशलाई हराउदै फाइनल खेल खेलेको हो । समूह चरणमा बागमती र कोशी प्रदेशमाथि सहज जित हात पारेको एपीएफले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा तीन बिभागीय सहित ६ टिमको सहभागिता थियो ।
प्रतियोगिताको लागि खेलकुद बिकास बोर्डले २५ लाख रुपैया छुट्याएको थियो । यसअघि प्रतियोगिता जेठ १८ देखी २१ गतेसम्म इटहरीमै आयोजना गर्ने कार्यतालिका रहेपनि सदस्य सचिव बर्खास्ती प्रकरणले ढिलाई भएको हो । मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भने गत बैशाख १४ देखि १७ गतेसम्म झापाको दमकमा सम्पन्न भइसकेको छ ।
तश्वीरः गुरु ढकाल

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]