हाटखोलाको खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिँदै

  • भदौ १७, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर–८ स्थित हाटखोला खेल मैदान पश्चिममा अवस्थित खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिएको छ ।
व्यायामशाला परिसरमा वृक्षरोपण र फूल रोपेर आकर्षक बनाउने गरी काम भइरहेको छ । जसअन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरी व्यायामशाला परिसरमा मौसमी फूल, साना विरुवा रोपिएको ८ नम्बर वडाका अध्यक्ष राम पोखरेलले जानकारी दिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोग स्थापना गरिएको खुल्ला व्यायामशालालाई आकर्षक र सुन्दर बनाउन फूल रोपिएको वडाध्यक्ष पोखरेलले बताए ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, ७ नम्बर वडाका अध्यक्ष मधुबाबु तिवारी, ८ नम्बर वडाका अध्यक्ष राम पोखरेल, वडासदस्य भुवन राजवंशी, मोहम्मद आवासलगायतले वृक्षरोपण गरेका थिए ।
सो गार्डेनको संरक्षण बुद्धमिलन वाचनालयले गर्ने अध्यक्ष उज्वल प्रसाईंले बताउनुभयो । बिजुली बत्ती लगाएर सौन्दर्यकरण गर्दा लामो समय नटिक्ने भएका कारण थोरै खर्चले खुल्ला व्यायामशालालाई आकर्षक बनाउने वडाध्यक्ष पोखरेलले बताए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]