राजश्व अनुसन्धान कार्यालय इटहरीद्वारा राजश्व छलिको सामान बरामद

  • असोज १७, २०८० / नेपाल रेखा
alt

इटहरी । भारतीय क्षेत्रबाट अवैद्य रुपमा राजस्व छलेर ठुलो परिमाणमा बिभिन्न सामानहरु सिरहामा भित्रने गरेको गोप्य सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान थालेपछि ठुलो परिणाममा सामानहरु बरामद गरिएको छ ।
सिरहाको माडर क्षेत्रबाट रातको समयमा मालसामानहरु राजस्व छली गरेर भित्रने गरेको सूचनाका आधारमा राजस्व अनुसन्धान इकाई कार्यालय इटहरी एक साता देखि थालेको अप्रेसनमा ठुलो परिमाणको कपडाहरु बरामद गर्न सफल भएको हो ।
भारतीय बजारबाट राजस्व छली तथा चोरी पैठारी गरी नेपालतर्फ सामानहरु भित्रयाउने गरिएको सूचनाका आधारमा रातको समयमा स्थानीयको समेत सहयोगमा एक साता देखि अप्रेसन थालेको राजस्वले १ सय ८९ गाँठ कपडा सहित एउटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान अनुसन्धान थालेको राजस्व कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले बताए । उनले पटक–पटक गरेर सो परिणामको कपडाहरु बरामद गरिएको र भारतबाट सिरहा हुदै काठमाडौसम्म पुर्याउने गरेको अनुमान गरिएको समेत जानकारी दिए ।
राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको कपडा तथा ट्रकका मालिक सम्पर्कमा नआएको समेत जनाइएको छ । पक्राउ परेको ट्रकमा रहेको बिल नक्कली भएको शंका गरिएको छ । सिरहाको सिमावर्ती भारती बजारहरुबाट लत्ताकपडा सहित अन्य सामाग्रीहरु पनि राजस्व छली तथा चोरी पैठारी गरी भित्रने गरेको समय–समयमा सामानहरु बरामद हुनुले पुष्टी गर्ने गरेको छ ।

WhatsApp Image 2023-10-03 at 16.34.25

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]