इटहरीमा सामुदायिक कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिन लगाइयो

  • फाल्गुन १३, २०८० / नेपाल रेखा
alt

इटहरी । रेविज रोगको जोखिम अन्त्य गर्ने उद्देश्यले सुनसरीको इटहरीमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्य गरेको छ ।
इटहरी उपमहानगरपालिकाको सहयोगमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिन लगाएको हो ।
वुल्स एलेभेनले सञ्चालन गरेको सामुदायिक कुकुर लगायतलाई एन्टी रेविज भ्याक्सिन लगाउने शिविरमा ३२वटा कुकुरलाई भ्याक्सिन लगाइएको क्लवका उपाध्यक्ष रामु राईले जानकारी दिए ।
उनले एन्टी रेविज भ्याक्सिन नलगाईका सामुदायिक कुकुरहरुका कारण रेविज फैलन सक्ने तर्फ मध्यनजर गर्दै रेविज नियन्त्रणमा एक स्वास्थ्य एक गन्तव्य नारा सहित रेविज विरुद्धको भ्याक्सिन लगाउने शिविर सञ्चालन गरिएको बताए । यसै विच विभिन्न शिविर सफल वनाउन सहयोग पुर्याएको भन्दै इटहरीका ९ जना नगर प्रहरीलाई सम्मान गरियो ।
शिविरमा इटहरी उपमहानगरपालिका पशुपक्षी शाखाले प्राविधिक सहयोग पुर्याएको थियो ।
वुल्स एलेभेन क्लवले इटहरी क्षेत्रमा सरसफाई, वृक्षारोपण लगायका विभिन्न सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]