के अब मरिने नै भो त ... ! "जनक पाण्डे "

  • भदौ १८, २०७७ / "नेपाल रेखा"
alt


अव यो कहिले खुल्छ, बन्द खुल्दैन !, पूर्ब जाने बाटो कहिले खुल्छ ?, के अब गाडीहरु चल्दैनन् ?” लुकाई लुकाई सामान बेच्छन मलाई चाँही दिदैनन् ! के अव मरिने नै भो त ... !


इटहरी / चैत ११ यताको पटक पटकको लकडाउन र त्यसपछि स्रावण २० गते देखीको निशेधाज्ञा पछाडी भदौ १८ गतेबाट सुनसरी प्रशासनले पहिलो पटक बजारलाई आंशिक खुकुलो गर्दा बजार चहलपहल थियो । रातदिनको लकरडाउन निशेधाज्ञा र बन्दले घरमै कुजिएर बस्नुपर्ने बाध्यताले आजिद समाजमा बजार खुल्दा सबैले किनमेलका लागि मौका छोप्नुपर्ने जस्तै देखिन्थ्यो । बिहान १० बजेसम्मको समयलाई केहि खुकुलो बनाएको खवर पाउँदा मानिसहरु आ–आफ्ना कारोबारका लागि बजार निस्कनु स्वाभाविकै हो ।


त्यस्तै इटहरी ६ नं. वडाका झण्डै ८० बर्षका वृद्धा पदमलाल चापागार्इं पनि बिहानको समय बजारमा टहलिदै खाजा खान निस्कनु भयो तर बजार ती बृद्धाले सोचेजस्तो सहज नपाउँदा भने उहाँ निरास देखिनुहुन्थ्यो । आफुले एक मुठि खाजाका लागि चिउरा किन्न नपाएको उहाँको गुनासो छ । अव यो कहिले खुल्छ, बन्द खुल्दैन !, पूर्ब जाने बाटो कहिले खुल्छ ?, के अब गाडीहरु चल्दैनन् ?”


बजारको अब्यवस्थिते भिडभाडले गर्दा एकातिर सुरक्षा जोखिम र अर्कातिर लामो समयसम्म कुर्दा पनि आफ्नो पालो नआएकोले ति बृद्धाले केहि किन्न नपाउँदै पसल बन्द भयो । “कुरेको धेरैबेर भैसकेको थियो एकैछिनमा प्रहरी आएर पसल बन्द गराए ।” बृद्ध बाले गुनासो सुनाउनु भयो– “लुकाई लुकाई सामान बेच्छन मलाई चाँही दिदैनन् !, के अव मरिने नै भो त ... !”


अहिले प्रहरी प्रशासनले १० बज्न सुरु नहँदै पसलहरु बन्द गराउँदै हिड्ने गरेको छ । तर बन्द गराउने शैली तितो हो या मिठो हेर्ने जो कोहिलाई लाग्छ ‘पसल खोल्ने व्यापारीहरु अपराधी हुन ।’ यस्तै क्रममा श्रीजनमत साप्ताहिकका सम्पादक शालिग्राम पाण्डेले त्यो दृश्य देखिरहँदा; व्यावशायीमाथि पसल बन्द गराउनमात्रै यस्तो अभद्र शैलीमा नगर्न र नभन्न प्रहरीसंग आग्रह गरिदिंदा सम्पादक पाण्डे आफंै आधा घण्टा जति प्रहरीको केरकारमा छेकिनु पर्यो । डर त्रास नदेखाइ सम्झाएर उनीहरुलाई मानसिक तयारीका साथ बन्द गर्न दिन, र धेरै सामानहरु बाहिरै छरिएकाले बन्द गर्न केहि त समय लाग्ने कुरा सम्पादक पाण्डले आग्रह गर्नुभएको थियो ।


तर कुरा त्यति मात्र रहेन, त्यो पसल खोल्ने र बन्द गर्नुपर्ने कामनै आफैमा धर्मसंकटको स्थिती श्रृजना गर्न सक्ने अवस्था प्रहरीको ब्यवहाबाट प्रतिबिम्बित हुनेगरेको छ । पसल नखोल्दा उपभोक्ता मारमा पर्ने खोल्दा ब्यापारिलाई पनि समस्या परेका घटनाहरु बाहिर आउन थालेका छन् ।


केहि समय अगाडी इटहरीको धिरेन्द्र फेन्सी स्टोरका संचालक धिरेन्द्र श्रेष्ठमाथि पनि प्रहरीको अमानबीय ब्यवहार भयो । भदौ पहिलो साता तिर लकडाउनको समयमा पसल खोलेर ब्यापार गरेको भन्दै स्टोर संचालक धिरेन्द्रलाइ पटक पटक पकाउ गरेर इप्रका ईटहरीमा ठिंगाईयो । आफ्ना आर्थिक उपाय नभएको समस्या बताउँदा पनि प्रहरीहरु उल्टै झुण्डिएर मर्नु भनेर हप्की दप्की गर्छन् भनेर स्टोर संचालक धिरेन्द्र श्रेष्ठको भदौ ७ गते पूर्बीहटलाईन दैनिकका सम्पादकलाई लेखेको चिठीमा उल्लेख गरेका छन् । चिठीमा आफ्नो अरु पेशा केहि नभएको र ऋण धेरै भएको घरभाडा, खाना, बच्चा बच्चिको हेरचाह का लागि केहि बिकल्प नरहेर आफुले अति आवश्यकीय ग्राहकलाई मात्र सामान दिएको स्टोर संचालक धिरेन्द्र श्रेष्ठको भनाइ रहेको छ ।


बन्द पछिको आंशिक खुल्लाले बजारको चौतर्फी भिडभाड छ । बैक, बित्तिय संस्था, पसल, सडक र सवारीको चाप त बढेको छ । हेर्दा बजार खुल्यो तर असन्तुष्टी बन्द हुन सकेको छैन । सुनसरी प्रशासनको आंशिक (बिहान ७–१० बजे सम्म) बजार खोल्ने नितिलेनै भिड जन्माएको ईटहरीका एक स्थानिय लालबहादुर रोकाको भनाई छ । उहाँले भन्नु भयो–‘बजारलाई बिहान १० बजे देखी साँझ ४ बजेसम्म खुल्ला भएको भए यो भिडको समस्या हटेर जानेथियो । सबैले आ–आफ्नो काम सकेर आरासंग किनमेल गर्न सक्ने थिए । कसैको सामान नपाउने गुनासो पनि रहने थिएन ।’


अब यो बन्द कहिले खुल्छ ... ? साँचै बृद्धा बा पदमलाल चापागाँइले सोध्नभएको यो प्रश्नले हजारौ बृद्ध बा–आमाको चिउरा किन्ने पालो कहिले आउँछ होला । चिउरा किनेर खाजा खान पाउने झिनो आसा बोकेर पसलको लाइनमा बस्नुभएका बृद्धा पसल बन्द गरिएपछि खाजा खाने सपना एकैछिनमा तुहिएको छ । सबै पसलहरु बन्द भए । लामो सुस्केरा हाल्लै ति बृद्धा बाले यो नेपालरेखालाई मर्म स्पर्सी प्रश्न गर्नुभयो – अव यो बजार, शहर कहिल्यै खुल्दैन ... ?

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]