के अब मरिने नै भो त ... ! "जनक पाण्डे "

  • भदौ १८, २०७७ / "नेपाल रेखा"
alt


अव यो कहिले खुल्छ, बन्द खुल्दैन !, पूर्ब जाने बाटो कहिले खुल्छ ?, के अब गाडीहरु चल्दैनन् ?” लुकाई लुकाई सामान बेच्छन मलाई चाँही दिदैनन् ! के अव मरिने नै भो त ... !


इटहरी / चैत ११ यताको पटक पटकको लकडाउन र त्यसपछि स्रावण २० गते देखीको निशेधाज्ञा पछाडी भदौ १८ गतेबाट सुनसरी प्रशासनले पहिलो पटक बजारलाई आंशिक खुकुलो गर्दा बजार चहलपहल थियो । रातदिनको लकरडाउन निशेधाज्ञा र बन्दले घरमै कुजिएर बस्नुपर्ने बाध्यताले आजिद समाजमा बजार खुल्दा सबैले किनमेलका लागि मौका छोप्नुपर्ने जस्तै देखिन्थ्यो । बिहान १० बजेसम्मको समयलाई केहि खुकुलो बनाएको खवर पाउँदा मानिसहरु आ–आफ्ना कारोबारका लागि बजार निस्कनु स्वाभाविकै हो ।


त्यस्तै इटहरी ६ नं. वडाका झण्डै ८० बर्षका वृद्धा पदमलाल चापागार्इं पनि बिहानको समय बजारमा टहलिदै खाजा खान निस्कनु भयो तर बजार ती बृद्धाले सोचेजस्तो सहज नपाउँदा भने उहाँ निरास देखिनुहुन्थ्यो । आफुले एक मुठि खाजाका लागि चिउरा किन्न नपाएको उहाँको गुनासो छ । अव यो कहिले खुल्छ, बन्द खुल्दैन !, पूर्ब जाने बाटो कहिले खुल्छ ?, के अब गाडीहरु चल्दैनन् ?”


बजारको अब्यवस्थिते भिडभाडले गर्दा एकातिर सुरक्षा जोखिम र अर्कातिर लामो समयसम्म कुर्दा पनि आफ्नो पालो नआएकोले ति बृद्धाले केहि किन्न नपाउँदै पसल बन्द भयो । “कुरेको धेरैबेर भैसकेको थियो एकैछिनमा प्रहरी आएर पसल बन्द गराए ।” बृद्ध बाले गुनासो सुनाउनु भयो– “लुकाई लुकाई सामान बेच्छन मलाई चाँही दिदैनन् !, के अव मरिने नै भो त ... !”


अहिले प्रहरी प्रशासनले १० बज्न सुरु नहँदै पसलहरु बन्द गराउँदै हिड्ने गरेको छ । तर बन्द गराउने शैली तितो हो या मिठो हेर्ने जो कोहिलाई लाग्छ ‘पसल खोल्ने व्यापारीहरु अपराधी हुन ।’ यस्तै क्रममा श्रीजनमत साप्ताहिकका सम्पादक शालिग्राम पाण्डेले त्यो दृश्य देखिरहँदा; व्यावशायीमाथि पसल बन्द गराउनमात्रै यस्तो अभद्र शैलीमा नगर्न र नभन्न प्रहरीसंग आग्रह गरिदिंदा सम्पादक पाण्डे आफंै आधा घण्टा जति प्रहरीको केरकारमा छेकिनु पर्यो । डर त्रास नदेखाइ सम्झाएर उनीहरुलाई मानसिक तयारीका साथ बन्द गर्न दिन, र धेरै सामानहरु बाहिरै छरिएकाले बन्द गर्न केहि त समय लाग्ने कुरा सम्पादक पाण्डले आग्रह गर्नुभएको थियो ।


तर कुरा त्यति मात्र रहेन, त्यो पसल खोल्ने र बन्द गर्नुपर्ने कामनै आफैमा धर्मसंकटको स्थिती श्रृजना गर्न सक्ने अवस्था प्रहरीको ब्यवहाबाट प्रतिबिम्बित हुनेगरेको छ । पसल नखोल्दा उपभोक्ता मारमा पर्ने खोल्दा ब्यापारिलाई पनि समस्या परेका घटनाहरु बाहिर आउन थालेका छन् ।


केहि समय अगाडी इटहरीको धिरेन्द्र फेन्सी स्टोरका संचालक धिरेन्द्र श्रेष्ठमाथि पनि प्रहरीको अमानबीय ब्यवहार भयो । भदौ पहिलो साता तिर लकडाउनको समयमा पसल खोलेर ब्यापार गरेको भन्दै स्टोर संचालक धिरेन्द्रलाइ पटक पटक पकाउ गरेर इप्रका ईटहरीमा ठिंगाईयो । आफ्ना आर्थिक उपाय नभएको समस्या बताउँदा पनि प्रहरीहरु उल्टै झुण्डिएर मर्नु भनेर हप्की दप्की गर्छन् भनेर स्टोर संचालक धिरेन्द्र श्रेष्ठको भदौ ७ गते पूर्बीहटलाईन दैनिकका सम्पादकलाई लेखेको चिठीमा उल्लेख गरेका छन् । चिठीमा आफ्नो अरु पेशा केहि नभएको र ऋण धेरै भएको घरभाडा, खाना, बच्चा बच्चिको हेरचाह का लागि केहि बिकल्प नरहेर आफुले अति आवश्यकीय ग्राहकलाई मात्र सामान दिएको स्टोर संचालक धिरेन्द्र श्रेष्ठको भनाइ रहेको छ ।


बन्द पछिको आंशिक खुल्लाले बजारको चौतर्फी भिडभाड छ । बैक, बित्तिय संस्था, पसल, सडक र सवारीको चाप त बढेको छ । हेर्दा बजार खुल्यो तर असन्तुष्टी बन्द हुन सकेको छैन । सुनसरी प्रशासनको आंशिक (बिहान ७–१० बजे सम्म) बजार खोल्ने नितिलेनै भिड जन्माएको ईटहरीका एक स्थानिय लालबहादुर रोकाको भनाई छ । उहाँले भन्नु भयो–‘बजारलाई बिहान १० बजे देखी साँझ ४ बजेसम्म खुल्ला भएको भए यो भिडको समस्या हटेर जानेथियो । सबैले आ–आफ्नो काम सकेर आरासंग किनमेल गर्न सक्ने थिए । कसैको सामान नपाउने गुनासो पनि रहने थिएन ।’


अब यो बन्द कहिले खुल्छ ... ? साँचै बृद्धा बा पदमलाल चापागाँइले सोध्नभएको यो प्रश्नले हजारौ बृद्ध बा–आमाको चिउरा किन्ने पालो कहिले आउँछ होला । चिउरा किनेर खाजा खान पाउने झिनो आसा बोकेर पसलको लाइनमा बस्नुभएका बृद्धा पसल बन्द गरिएपछि खाजा खाने सपना एकैछिनमा तुहिएको छ । सबै पसलहरु बन्द भए । लामो सुस्केरा हाल्लै ति बृद्धा बाले यो नेपालरेखालाई मर्म स्पर्सी प्रश्न गर्नुभयो – अव यो बजार, शहर कहिल्यै खुल्दैन ... ?

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]