इटहरीको बरमपुरमा फुटबल प्रतियोगिता हुने

  • असोज २५, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाको वडा नम्बर–१९ बरमपुरमा प्रथम अल्टिट्युड रनिङ्ग कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिताका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अल्टिट्युट क्लब इटहरीले दशंै तिहार तथा छठ पर्वको अवसर पारेर आगामी कार्तिक १७ गते देखि २५गते सम्म प्रतियोगिता आयोजना गर्न लागिको जानकारी गराइएको हो ।
प्रतियोगितामा अफ्रिकन टोली सहित ८ वटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा खेल संयोजक मनोज तामाङ्गले जानकारी दिए । रनिङ्ग शिल्डका रुपमा सञ्चालन गरिने प्रतियोगिता तीन वर्षको खेलाइने निश्चित भइसकेको आयोजक अल्टिट्युट क्लब इटहरीका अध्यक्ष पिताम्बर तिम्सिनाले बताए । उनले यो प्रतियोगिताले देशभरका युवा खेलाडीहरुलाई उत्साहित बनाउने साथै २० तोला चाँदीको क्लवको लोगो अंकित शिल्ड राखिएको समेत जानकारी दिए ।
प्रतियोगितामा अफ्रिकन टिम सहित इटहरीका दुई टिम, वेलवारी, नेपाल प्रहरी, बराहक्षेत्र क्षेत्रको सप्तकोशी फुटवल क्वल लगायत ८ टिमले सहभागिता जनाउने भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । चारकोसे झाडी, सिमसार क्षेत्रको सुन्दर दृष्यावलोकन गर्न सकिने क्षेत्रको बरमपुर खेल मैदानमा आयोजना हुने प्रतियोगिता प्रथम हुने टिमले नगद २ लाख २२ हजार २ सय २२ रुपैया दोस्रो हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पत्रकार सम्मेलनमा आयोजक क्लवका अध्यक्ष तिम्सिना, उपाध्यक्ष सुन्दरमणी राई, सचिव रोशन भुजेल लगायतले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]