इटहरीको बरमपुरमा फुटबल प्रतियोगिता हुने

  • आश्विन २५, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाको वडा नम्बर–१९ बरमपुरमा प्रथम अल्टिट्युड रनिङ्ग कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिताका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अल्टिट्युट क्लब इटहरीले दशंै तिहार तथा छठ पर्वको अवसर पारेर आगामी कार्तिक १७ गते देखि २५गते सम्म प्रतियोगिता आयोजना गर्न लागिको जानकारी गराइएको हो ।
प्रतियोगितामा अफ्रिकन टोली सहित ८ वटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा खेल संयोजक मनोज तामाङ्गले जानकारी दिए । रनिङ्ग शिल्डका रुपमा सञ्चालन गरिने प्रतियोगिता तीन वर्षको खेलाइने निश्चित भइसकेको आयोजक अल्टिट्युट क्लब इटहरीका अध्यक्ष पिताम्बर तिम्सिनाले बताए । उनले यो प्रतियोगिताले देशभरका युवा खेलाडीहरुलाई उत्साहित बनाउने साथै २० तोला चाँदीको क्लवको लोगो अंकित शिल्ड राखिएको समेत जानकारी दिए ।
प्रतियोगितामा अफ्रिकन टिम सहित इटहरीका दुई टिम, वेलवारी, नेपाल प्रहरी, बराहक्षेत्र क्षेत्रको सप्तकोशी फुटवल क्वल लगायत ८ टिमले सहभागिता जनाउने भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । चारकोसे झाडी, सिमसार क्षेत्रको सुन्दर दृष्यावलोकन गर्न सकिने क्षेत्रको बरमपुर खेल मैदानमा आयोजना हुने प्रतियोगिता प्रथम हुने टिमले नगद २ लाख २२ हजार २ सय २२ रुपैया दोस्रो हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पत्रकार सम्मेलनमा आयोजक क्लवका अध्यक्ष तिम्सिना, उपाध्यक्ष सुन्दरमणी राई, सचिव रोशन भुजेल लगायतले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]