फिनल्याण्डमा हुने भलिबल प्रतियोगिताका लागि एनईएससीको टिम तयार

  • वैशाख १३, २०८१ / नेपाल रेखा
alt

विराटनगर । फिनल्याण्डमा हुने भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) सहभागिता जनाउने भएको छ ।
आगामी मे ११ तारिखमा हुने प्रतियोगिताका लागि एनईएससीका तर्फबाट टिमसमेत तयार भएको छ । अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको एनईएससीले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न देशका ७ वटा टिम सहभागी हुने प्रतियोगितामा एनईएससीका तर्फबाट अञ्जन अधिकारीको कप्तानीमा ख्याम विक, आङ कामी लामा, गर टेम्बा शेर्पा, राजु विश्वकर्मा, प्रेम विश्वकर्मा, पासाङ निमा शेर्पा (म्याजेजर) सुनिल दियाली, कृष्ण विश्वकर्मा, विवेक बजगाईं, विकास विक, रोहित विश्वकर्मा, नारायण कार्की, अमृत तिवारीले सहभागिता जनाउने निश्चित भएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । त्यस्तै सल्लाहकार संयोजकमा रुपमा विकास कार्की र डा. किशोर कमल पनि फिनल्याण्ड जानेछन् ।
सन् २०२० मा स्थापित संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित संघले यसअघि पनि युरोपका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ । एनईएससीले पनि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
“फिनल्याण्डबाट निमन्त्रणा आएको छ । त्यसका लागि टिम पनि तयार भइसकेको छ,” एनईएससीका अध्यक्ष घमालले भने, “हार्नु–जित्नु आफ्नो ठाउँमा छ तर प्रतियोगिताले युरोपमा रहेका नेपालीलाई भावनात्मक रुपमा जोड्ने मैले विश्वास लिएको छु । खेलकुदले टुक्रिएका मनहरू पनि जोड्छ । खेलकुदमा कुनै जात, धर्म, सम्प्रदाय केही हुँदैन । आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने गर्दछ ।” प्रतियोगितामा विजयी हुने लक्ष्यका साथ उच्च मनोबल बनाएर खेल्ने गरी तयारी भइरहेको अध्यक्ष घमालको भनाइ थियो । साढे दुई दशकदेखि अष्ट्रियाको इन्स्ब्रुकमा पर्यटन व्यवसायमा संलग्न समाजसेवीसमेत रहेका घमालकै अग्रसरतामा चार वर्षअघि एनईएससी स्थापना भएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]