इटहरीमा भेट्रान फुटबलको तयारी

  • फाल्गुन २१, २०८० / नेपाल रेखा
alt

अर्जुन शर्मा
इटहरी । पूर्वमा एकबेला फुटबलको उद्गम स्थलको रुपमा इटहरी परिचित थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि सुरेन्द्र तामाङ्ग, रितेश थापा, श्याम मानन्धर, राजु सुन्दासजस्ता खेलाडीहरु मैदानमा उत्रिदा हाई हाई हुन्थे, अब यी खेलाडीहरुलाई भेट्रान प्रतियोगितामा भेट्ने छौं ।
इटहरीमा यही फागुन २६ गतेदेखि हुन लागेको भेट्रान गोल्डकप पूरानै फुटबलको झल्को दिंदै जनता क्याम्पसको मैदानमा चर्चित खेलाडीहरु लिएर सुरु हुदैछ । नेपालका ८ र भारत सिकिमको रियल फ्रेड्स गरि ९ वटा क्लबहरुको प्रतिस्पर्धा रोचक हुने आयोजक हाम्रो भेट्रान क्लब इटहरीको दावी छ । यो खेल सम्पन्न गर्न करिब ८ लाख रुपैंया लाग्ने र सो खर्च अहिलेसम्म पर्याप्त हात परिनसकेकोसमेत आज पत्रकार सम्मेलन गरि आयोजक क्लबले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाई १ लाख ११ हजार नगद, ट्रफि र खेलाडीहरुलाई मेडल प्रदान गरिनेछ । यसैगरि उपविजेता टिमलाई ६१ हजार रुपैंया, ट्रफि र खेलाडीहरुलाई मेडल दिइनेछ । खेल अबधिभरिबाट छनौट भएका १ जना उत्कृष्ठ खेलाडीलाई ७ हजार रुपैंयाँ र ट्रफि, उत्कृष्ठ विधातर्फ ३५ सय रुपैंयाँ एवम् म्यान अफ् द म्याचलाई २१ सय रुपैंया दिइने भएको हो । प्रतियोगिता संयोजक दिवस राईका अनुसार चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगितालाई सफल पार्न हाम्रो भेट्रान इटहरीका अध्यक्ष निर्मल तामाङ्ग, मन्दिप राई, घनश्याम गुरुङ्गको सक्रियता बढेको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]