इटहरीमा भेट्रान फुटबलको तयारी

  • फागुन २१, २०८० / नेपाल रेखा
alt

अर्जुन शर्मा
इटहरी । पूर्वमा एकबेला फुटबलको उद्गम स्थलको रुपमा इटहरी परिचित थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि सुरेन्द्र तामाङ्ग, रितेश थापा, श्याम मानन्धर, राजु सुन्दासजस्ता खेलाडीहरु मैदानमा उत्रिदा हाई हाई हुन्थे, अब यी खेलाडीहरुलाई भेट्रान प्रतियोगितामा भेट्ने छौं ।
इटहरीमा यही फागुन २६ गतेदेखि हुन लागेको भेट्रान गोल्डकप पूरानै फुटबलको झल्को दिंदै जनता क्याम्पसको मैदानमा चर्चित खेलाडीहरु लिएर सुरु हुदैछ । नेपालका ८ र भारत सिकिमको रियल फ्रेड्स गरि ९ वटा क्लबहरुको प्रतिस्पर्धा रोचक हुने आयोजक हाम्रो भेट्रान क्लब इटहरीको दावी छ । यो खेल सम्पन्न गर्न करिब ८ लाख रुपैंया लाग्ने र सो खर्च अहिलेसम्म पर्याप्त हात परिनसकेकोसमेत आज पत्रकार सम्मेलन गरि आयोजक क्लबले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाई १ लाख ११ हजार नगद, ट्रफि र खेलाडीहरुलाई मेडल प्रदान गरिनेछ । यसैगरि उपविजेता टिमलाई ६१ हजार रुपैंया, ट्रफि र खेलाडीहरुलाई मेडल दिइनेछ । खेल अबधिभरिबाट छनौट भएका १ जना उत्कृष्ठ खेलाडीलाई ७ हजार रुपैंयाँ र ट्रफि, उत्कृष्ठ विधातर्फ ३५ सय रुपैंयाँ एवम् म्यान अफ् द म्याचलाई २१ सय रुपैंया दिइने भएको हो । प्रतियोगिता संयोजक दिवस राईका अनुसार चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगितालाई सफल पार्न हाम्रो भेट्रान इटहरीका अध्यक्ष निर्मल तामाङ्ग, मन्दिप राई, घनश्याम गुरुङ्गको सक्रियता बढेको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]