सुन्दरहरैंचामा कोभिड–१९ जोखिम पत्रकारिता समिति गठन

  • वैशाख २२, २०७७ / "नेपाल रेखा"
alt

विराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिकामा कृयाशिल पत्रकार समूहले कोभिड–१९ नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नगरलाई सहयोग गर्दै आइरहेको छ । सुन्दरहरैंचाका अग्रज पत्रकार शिव भट्टराईको नेतृत्वमा १० सदस्यीय कोभिड–१९ जोखिम पत्रकारिता समिति समेत गठन गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका भित्र लकडाउनको समयमा जोखिम पत्रकार गर्दै आएका सोही ठाउँका कृयाशिल पत्रकारहरुले नगर भित्रको सूचना सम्प्रेशण गर्न तथा नगरको हरेक क्षेत्रमा सहयोग गर्न शिव भट्टराईको संयोजकत्वमा १० सदस्यीय गरी सुन्दरहरैंचा कोभिड–१९ जोखिम पत्रकारिता समिति गठन गरेको छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न रेडियो, टेलिभिजन, अनलाइन तथा प्रिन्ट मिडियामा काम गरेका कृयाशिल पत्रकारहरुको समुहले गठन गरेको हो । सदस्यमा बाबुराम निरौला, खेमचन्द्र अधिकारी, मणिराम दहाल, ज्ञाननाथ ढकाल, कृष्णचन्द सुबेदी, राज पोख्रेल, एलएन गच्छदार, राजकुमार राउत, केपि घिमिरे रहेका छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]