थुलुङदुधकोशी गाउँसभामा ५३ करोड ९३ लाख ४९ हजारको बजेट पेश

  • असार ११, २०८० / नेपाल रेखा
alt

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि ५३ करोड बढीको बजेट पेश गरेको छ । आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल ५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँ बजेट पेश गरिएको हो ।
आर्थिक वर्ष २०८०–०८१ मा आयतर्फ संघीय सरकारसमानीकरण अनुदान १२ करोड २५ लाख, सशर्त अनुदान २६ करोड ३० लाख, राजस्व बाँडफाँड ८ करोड ३८ लाख ६९ हजार ७ सय, समपुरक अनुदान १ करोड ३० लाख र विशेष अनुदान १ करोड २५ लाख हुने अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकारसमानीकरण अनुदान ७८ लाख ३३ हजार, सर्शत अनुदान ६४ लाख ५० हजार, समपुरक अनुदान १ करोड र राजस्व बाँडफाँड २९ लाख ८ हजार आम्दानी हुने अनुमान गरिएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार आन्तरिक आय १ करोड ४२ लाख ८८ हजार ७ सय, ७३ गतवर्षको अल्या ३० लाख गरि कुल ५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ को बजेट पेश गरिएको हो ।

नीति तथा कार्यक्रम पारित
आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको छ । आर्थिक विकास तथा सामाजिक क्षेत्रलाई पहिलो प्राथमिकता राखेको नीति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई समेत उत्तिकै स्थान दिएको छ ।
गाउँविकास सहकारी गठन देखि बालीबिमा सम्मका कार्यक्रम
गाउँपालिका उपाअध्यक्ष सविता राईले पेश गरेको नीति तथा कार्यक्रममा सामाजिक तथा आर्थिक विकासको कार्यक्रमलाई प्राथमिकता दिइएको छ । उक्त नीति तथा कार्यक्रममा कृषकहरुको उत्पादनको समर्थन मूल्य तोकि बढि भएका उत्पादन खरिद गर्ने, गाउँविकास सहकारी गठन गरि पालिका अन्तर्गतका कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने, साथै नीजि, सरकारी तथा सहकरीको माध्यमबाट उत्पादन वृद्धि, रोजगारी सृजना तथा दीगो बिकासका कार्यक्रम सन्चालन गर्नेलगायत योजना समावेश गरिएको छ ।
कृषकलाई खेतीबालीमा आकर्षित गर्नको लागि मुख्यबालीहरुको पालिकाले बीमा गरिदिने भएको छ । पालिकाभित्रका सबै वडाहरुमा किसानका मुख्यबालीहरुको निःशुल्क बीमा गर्नको लागि आवश्यक बजेट समेत व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

खानेतेल र कफिमा आत्मनिर्भरको लक्ष्य
गाउँपालिकाले खाने तेल र कफीमा आत्मनिर्भर बन्ने नीति लिएको छ । कफी र खाने तेल आयतमा रोक लगाउने सम्मको कार्यक्रम राखिएको छ ।
आयातित खाने तेल स्वास्थ्यकालागि हानिकारक हुनका साथै गाउँ भित्रको करोडौँ बजेट बाहिरिने भएकाले तेलमा आत्मनिर्भर बन्ने नीति लिइएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
वार्षिक ९ करोड बराबरको खाने तेल आयत हुने गाउँपालिकासंग पारम्भिक तथ्याङ्क रहेको पालिका प्रवक्ता कार्कीले जानकारी दिए । खाने तेल आयत रोक्नको लागि अघिल्लो वर्ष देखिनै तोरी सहित तेलहन खेतीबालीमा अनुदानको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
यस वर्ष पनि तोरी, सूर्यमुखी, फिलुङ्गीलगायतको बालीमा प्रोत्साहनको कार्यक्रम राखिएको बताइएको छ । उपयुक्त स्थानमा तोरी मिल स्थापना गरि उत्पादित तेलको लेबलीङ देखि प्याकिङ समेत गरिने कार्यक्रममा उल्लेख छ ।
कृषकलाई रोजगारी संगै आम्दानीमा जोड्ने उद्देश्यले कफीमा आत्मनिर्भर बनाइने नीति अबलम्बन गरिएको छ । जसको लागि पालिका भित्र उत्पादन भएको कफी सरकारले खरिद गरिआवश्यक प्रसोधनसंगै बजारीकरण समेत गरिने बताइएको छ ।

सुत्केरी तथा गर्भवती महिलाकालागि निःशुल्क एम्बुलेन्स सेवा

गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखेर कार्यक्रमनिर्माण गरेको छ । नागरिकबाट संकलन गरिएको सहयोग मार्फत सञ्चालित दुधकोशी अस्पताललाई थप व्यवस्थित बनाई एमडीजपी डक्टर सहितको विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने उक्त नीति तथा कार्यक्रमले समेटेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई समेत जोड दिइने छ भने गर्भवती तथा सुत्केरी महिला सहित जेष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । मान्यता प्राप्त अस्पतालमा नियमीत स्वास्थ्य जाँच गर्ने गर्भवती महिलालाई जनही ३ हजार ५ सय र अन्यत्र पठाउनु परेमा जनही ५ हजार दिने लगायतको कार्यक्रम सञ्चालन गरि मातृ मृत्युदर सून्यमा झारेको गाउँपालिकाले आगामी वर्ष देखि एम्बुलेन्स सेवा निःशुल्क दिने कार्यक्रम राखेको छ ।

रोजगारी सृजनाकालागि स्थानीय उत्पादनमा जोड
आगामी आर्थिक वर्षमा थुलुङ दुधकोशीले स्थानीय उत्पादनलाई जोड दिदै रोजगारी सृजना गर्ने नीति लिएको छ । जसको लागि खादामाला र ब्याजको प्रयोग कम गर्दै स्थानीय कच्चा पदार्थको प्रयोगबाट बनाइएका फुर्का, ङिमारी तथा धजुराको अधिकतम प्रयोग गरिने कार्यक्रममा उल्लेख छ ।
स्थानीय सीप तथा कच्चा पदार्थ प्रयोग गरि आय आर्जनका कार्यक्रम सन्चालन गर्ने, साना तथा मझौला उद्योग सन्चालन गर्ने तथा कृषिजन्य उद्योगहरु सन्चालन गर्ने व्यक्ति तथा फर्महरुलाई परियोजनामा आधारित अनुदानप्रदान गर्ने नीति तथा कार्यक्रम रहेका छन् ।


हरियाली वातावरण निर्माण देखि पर्यटन प्रवद्र्धनका कार्यक्रम


एक वडामा कम्तिमा १०० बिरुवा अनिवार्य रोप्ने र डाँडाखर्क, सुकेपोखरी, जालिम मन्दिर, घुम्नेपानी काँगेल डाँडा लगायत हरेक वडाको शीरमा पोखरी खन्ने तथा सिमसार क्षेत्र संरक्षण गर्ने नीति अवलम्बन गर्ने कार्यक्रम समावेश गरिएको छ ।
यस्तै, थुलुङ दुधकोसीमा ल्याब सेवा सहितको भेटनरी अस्पताल बनाउन अन्तर सरकारहरु सङ्ग समन्वय गर्ने, ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्नेलगाायतको कार्यक्रमम रहेका छन् ।

Thulung 1

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]