कांग्रेसलाई कलंकित बनाउने नेतालाई कार्बाही गर्नुपर्छ - उपसभापति गुरुङ

  • चैत्र २५, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपालको राजनीतिमा शुद्धिकरण आवश्यक रहेको वताएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको ११ औं केन्द्रिय परिषदको भेलाको शनिबार विराटनगरमा उद्घाटन गर्दै उनले काग्रेसलाई कंलकित बनाउने जुनसुकै नेतालाई कार्वाही गर्दै नेपालको राजनीतिलाई शुद्धिकरण वनाउने नेतृत्व कांग्रेसले लिनुपर्ने वताए । कांग्रेसलाई वदनाम गर्ने र कांग्रेसलाई कंलकित वनाउने नेताहरुलाई पार्टी भित्र राखि राख्नुु आवश्यक नभएको वताउदै कांग्रेस खुल्ला किताव जस्तै पारदर्सी हुनुपर्नेमा उनले जोड दिए ।
उनले संसदीय पद्धतीमा सत्तामा रहि रहने तथा सत्ताबाट बाहिरिने कुरा सामान्य भएको चर्चा गर्दै यसलाई पार्टीले सामान्य रुपमा लिएको वताए ।
सत्ता समिकरण परिवर्तन भयो भन्दैमा ठुलो उथलपुथल भयो भन्न नमिल्ने बताउदै उपसभापति गुरुङले तर राजनीतिमा निहित स्वार्थ पुरा गर्नका लागि उथलपुथल गर्ने प्रविृती भने खराव भएको उल्लेख गरे । उनले केवल सत्ता प्राप्तका लागि मात्र बनेको यो समिकरण धेरै लामो समय नटिक्ने उनको दावी थियो । यो भन्दैमा नेपाली कांग्रेस सत्ता प्राप्तीको खेलमा लागेको भन्न नमिल्ने वताउदै उनले अव नेपाली कांग्रेसको चाहना सत्ता प्राप्तिका लागि नभई जनताको हितका लागि जनताको विचमा जाने रहेको उल्लेख गरे ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधान अनुसार प्रदेश सरकार सञ्चालन भइरहेको र यो सरकारले जनभावना अनुसार कार्य गर्दै विकासको प्रतिफल जनताको घर÷घरमा पु¥याएको वताए । मुख्यमन्त्री कार्की भौतिक विकासको दीर्घकालिन स्थायित्वका लागि मानवीय विकासमा जोड दिदै कोशी प्रदेसका १० वर्ष मुनिका बालिबालिकाको जटिल उपचारको प्रदेस सरकारले निःशुल्क व्यवस्था मिलाएको वताए । यो सरकारले संविधानको धारा ५ बाट बनेकाले केन्द्र वा अन्य प्रदेशमा जे भएपनि यो प्रदेसमा भने यहि सरकार रहिरहने उनको दावी थियो ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]