एस.ई.ई. स्पिकर प्रतियोगिता आयोजना गरिदै

  • वैशाख १५, २०८३ / नेपाल रेखा
alt

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ्चालन हुँदै आएको ‘एस.ई.ई. स्पिकर’कार्यक्रम यस वर्षदेखि धरान उपमहानगरस्तरीय रूपमा आयोजना गरिने भएको छ ।
२०७८ सालदेखि सुरु गरिएको यस कार्यक्रमको उद्देश्य एस.ई.ई.परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गर्दै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्नु रहेको छ । सो जानकारी सोमबार धरान–१० स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । यस वर्षको सिजन–६ को मुख्य आकर्षणका रूपमा प्रतियोगितामा नमुना संसद् अभ्यास समावेश गरिएको आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । नयाँ मूल्यांकन प्रणालीअनुसार कुल १०० पूर्णाङ्कमध्ये ७५ अङ्क वक्तृत्व प्रस्तुति र २५ अङ्क नमुना संसद् अभ्यासबाट प्रदान गरिनेछ। विद्यालय तहमा सामाजिक शिक्षाअन्तर्गत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा कानुन निर्माण प्रक्रियासम्बन्धी ज्ञानलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यले उक्त अभ्यास समावेश गरिएको हो । आयोजक संस्थाका अध्यक्ष कार्कीका अनुसार यसले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइसँगै भविष्यमा नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
विगतमा कार्यक्रमलाई प्रदेशस्तरीय आयोजना गरिएको भए पनि धरान तथा सुनसरी बाहिरका जिल्लाबाट सहभागिता न्यून हुनुका साथै विभिन्न चरणमा हुने प्रतियोगितामा उपस्थित हुन कठिनाइ भएको गुनासो आएपछि यस वर्षदेखि कार्यक्रमलाई धरानस्तरीय बनाइएको आयोजकले जनाएको छ ।
अघिल्ला संस्करणहरूमा सिजन–१ मा धरानका दीपेन भण्डारी, सिजन–२ मा सुनसरी, चतराकी एङ्लिसा थापा, सिजन–३ मा सुनसरी, भरौलकी एन्जिला कार्की, सिजन–४ मा धरानकी ममता तामाङ र सिजन–५ मा झापाका आविष्कार राउत विजेता बनेका थिए । प्रतियोगिताको छनोट चरण २०८३ साल वैशाख १८ गते हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेतालाई नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र, फष्ट रनरअपलाई ७ हजार, सेकेन्ड रनरअपलाई ३ हजार र थर्ड रनरअपलाई १ हजार ५०० नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

विद्यालयको आवासीय को ...

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थि ...

काँकरभिट्टाबाट गतआवम ...

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै ...

डिजेसहितको प्रदर्शन ...

सुनसरीको कप्तानगञ्जमा भएको गोली काण्डको विरोधमा सोमबार ...

शान्ति, संयमता र साम ...

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]