इटहरी । सडकबत्ति नहुँदा नगरवासीलाई असुविधा पर्ने भएकाले सडक डिभिजन कार्यालयलाई इटहरी उपमहानगरपालिकाले दवाव दिनु पर्ने हुन्छ ।
सडक सफा छैन, सडक सफा गर्ने काम सडक डिभिजन कार्यालयको भए पनि जनशक्तिको अभावमा सडक सफा भएको छैन । इटहरी उपमहानगर पालिकाले फोहर व्यवस्थापनका लागि करोडौ रकम खर्च गरेको छ भने सडकको सफाईमा समेत ध्यान दिनु पर्छ । नगर भित्रको सडक भएकाले इटहरी उपमहानगरले सडक सफा राख्ने, सडकको डिभाइडरमा उपयुक्त हुने विरुवा रोप्ने काम नगर पालिकाको हो । सडक सफा गर्नलाई इटहरी उपमहानगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई परिचालन गर्न सक्ने छन् आलोपालो गरेर सके दिनहुँ नसक्दा हप्तामा एक पटक सडक सफा गर्न टोल विकास संस्थाहरुलाई निर्देशन दिने हो भने सडक सफाइमा सहज हुने छ । हरगडादेखी तरहरा सम्म सडकको दुवै तर्फ टोलविकास संस्थाहरुले आपसमा मिलेर महिनाको पहहिलो शनिवार दोश्रो शनिवार, तेश्रो शनिवार फलानो टोल विकास संस्थाले अर्थात फलानो वार फलानो टोल विकास संस्थाले फलानो वार फलानो टोल विकास संस्थाले सफा गर्ने भनेर सर सल्लाह गरी आ–आप्mनो पालोमा सडकको सरसफाई गरेमा सडक सफा हुने थियो । सडक सफा भएमा देश विदेशबाट आएका यात्रुहरुले इटहरीका जनप्रतिनिधि र इटहरीवासीको तारिफ गर्ने थिए । हामी इटहरीवासीको इज्जत प्रतिष्ठा बढ्ने थियो । कुनै समयमा इटहरीलाई हरियाली शहर अर्थात हराभरा र शान्त शहर भनेर चिन्ने गरेका थिए ।
इटहरी उपमहानगरपालिकाले विगतमा वर्षेनी २÷४लाख विरुवा बृक्षारोपण गर्ने गरेको थियो । ती विरुवा कहाँ पुगे कत्रा भए बृक्षारोपण गरिएका मध्य कति हुर्किएकाछन् कति हुर्किन सकेनन् यस विषयमा कही कसैले अनुगमन गरेको पाइदैन ।
इटहरीवासीले खाइनखाई तिरेको बजेट बृक्षरोपणका नाममा सरसफाईका नाममा अन्धधुन्ध खर्च गर्ने खर्च भएको उपलब्धी भयो भएन त्यसमा अनुगमन नगर्ने गलत परिपाटीका कारण इटहरीको बजेट दुरुपयोग भएको छ । इटहरीवासीले अबका दिनमा बजेट कहाँ कसरी खर्च भयो कुन योजनामा के कति खर्च भयो ? कुन सामान खरिदमा कति खर्च भयो सामान खरिदमा घोटाला (कमिसन)को खेल भएको छ छैन । विकास निर्माणका काममा सेटिङ तथा कमिसनको खेल भएको छ छैन ? एक एक गरेर बजेट हेर्नुु पर्ने भएको छ । इटहरी उपमहानगरपालिकाका लागि माथिबाट राम्रो बजेट आएको छ र इटहरीले आप्mनो श्रोतबाट पनि राम्रोसंग विभिन्न शीर्षकमा कर उठाएको भन्ने सुन्नमा आएको छ । यति राम्रो कर असुली हूँदा पनि इटहरीवासीहरुका लागि सेवा सुविधा उपलब्ध गराउनमा जनप्रतिनिधिले कुनै चासो दिएको पाइदैन ।
अरु विकास निर्माण सेवा सुविधाका कुरा छाडौं इटहरीको मुख्य चोक भएर बग्ने खेती खोला र टेङ्ग्रा खोलामा वर्षा याममा आउने गरेको बाढीले अपबादबाहेक वर्षेनी इटहरी शरह डुवानमा पार्ने गरेको पाइन्छ । इटहरी शहर डुवान हुने कारणमा इटहरीका सुकुमारी लगायत विभिन्न पैनीहरु मासिनु, खोला मिचेर घर तथा विभिन्न संरचना निर्माण गरिनु, खोला सफा नगरीनु आदी मुख्य कारण रहेका छन् । टेङ्ग्रा खोलामा रहेको पुल मुनीबाट २५–३० वर्ष अघि ट्याक्टर आवत जावत गर्न सक्ने गहिरो थियो । खोलाले बालुवा तथा विभिन्न फोहरहरु ल्याएर खोला पुरिदै गयो । उपमानगरापलिकाले खोलालाई पहिलेको अवस्थामा बग्न सहज हुने गरी खोला सफा गरेको पाइदैन । उपमहानगरले खोला किनारमा बनेका घर तथा विभिन्न संरचनाहरु भत्काउने प्रयास गरेको छैन । यिनै विभिन्न कारणले गर्दा खेती खोला र टेङ्ग्रा खोलामा आएको बाढीका कारण इटहरी शहर वर्षायाममा डुवानमा परि घर धनीहरुको घरायसी सामानहरु तथा व्यापारीहरुको करोडौंको व्यापारिक वस्तु नोक्सान हुने गरेको छ ।
इटहरी डुवानको समस्या अहिलेको होइन ३०–४० वर्ष अघि देखिको समस्या हो उति खेर घरहरु कम थिए, व्यापारीहरु कम थिए । उती खेरको तुलनामा हाल हजारौं गुणाले इटहरी शहर बृद्धि भै रहेकोछ । बाढीका कारण व्यवसाय गरि आएका व्यापारीहरुको धेरै सामानहरु नोक्सान हुने गरेको छ । बर्षायामको अवस्थालाई हेर्दा इटहरी बस्ने ठाउँ होइन जस्तो लाग्छ । ३० वर्ष अघि गाविस रहेको इटहरी नगरपालिका हुँदै उपमहागरपालिका भएको छ र निकट भविस्यमा महानगरपालिका हुने सम्भावना रहेको छ । तर इटहरीवासीले भोग्नु परेको डुवानको समस्या भने जस्ताको तस्तै रहेको छ । यतिका दिनमा इटहरी उपमहानगरपालिकामा धेरै जनप्रतिनिधि स्थायनिय सरकारमा विराजमान भए तर इटहरी डुवानको समस्यालाई कसैले समाधान गर्ने प्रयास गरेनन् । यसले गर्दा इटहरीवासीले आज सम्म इटहरीको स्थानिय सरकारमा रहेका जनप्रतिनिधिरुलाई नालायकको उपाधी दिने गरेकाछन् । काम केही नगर्ने बजेट सकाउने कार्य घाम जत्तीकै छर्लङ्ग भएकाले इटहरीवासीले इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि उपर भ्रष्टाचारको आरोप लाउने कार्य स्वभाविक देखिन्छ ।
इटहरीवासीले जनताको काम गर्ने, सुयोग्य जनप्रतिनिधि पाएको भए आज इटहरीको सान अर्कै हुने थियो । इटहरीलाई नेपालकै सुन्दर सहरका रुपमा विकसित गर्न सकिने थियो । आज सम्म इटहरीका जनप्रतिनिधिले गफ गरेर जनतलाई उल्लु बनाएर इटहरीको बजेट हिनामिना गर्नमा सक्रिय रहेको अवसथालाई इटहरीवासीले भुल्नु हुँदैन । अबका दिनमा इटहरी वासी चनाखो भएर हामीले तिरेको करको एक एक हिसाव माग्नु पर्ने हुन्छ । जनप्रतिनिधिले आज सम्म इटहरीवासीको समस्याको वेवास्ता गर्दै आएका थिए । काम नगर्ने भ्रष्टाचारमा लिप्त हुने जनप्रतिनिधिलाई निर्वाचनमा जिताउनु इटहरीवासीको ठूलो भुल थियो । अबका दिनमा इटहरीवासीले निर्वाचनका समयमा धेरै सोच विचार गरेर इटहरी उपमहागरपालिकाको प्रमुख उपप्रमुख, २० वटै वडाका वडाध्यक्षहरु जनमुखी तथा जनप्रेमी, निस्वार्थ भावनाको स्वच्छ छवीको, जनताको काम गरेर नथाक्ने । जनताको समस्यालाई आप्mनो समस्या ठान्ने । कुरा कम काम बढी गर्ने जनप्रतिनिधि छान्नु पर्नेमा विशेष ध्यान दिन आवस्यक देखिन्छ ।
इटहरीका जनप्रतिनिधिले अधिकाँस काममा वेवास्ता गरेका छन् धरान विराटनगर रोडको हरगडा देखी तरहरा सम्म सोलार पावारबाट बल्ने सडकबत्ति सडक निर्माण गर्दाको समयमा राखिएको थियो । रातको समयमा सडकबत्ति झलमल्ल हुँदा स्थानियवासीहरु आनन्दित हुने त छँदैछ । देशका विभिन्न सहरबाट इटहरी भएर यात्रा गरिरहेका यात्रुहरुले पनि इटहरीको शैनिक क्याम्प देखी तरहरा सम्मको सडकको तारिफ गर्ने गर्दथे । सो क्षेत्रको सडकमा यात्रा गर्दा विदेशमा यात्रा गरेको जस्तो भान हुन्थ्यो । फराकिलो सडकमा राखिएको सडकबत्तिको उज्यालोले सडकलाई झनै सोभा दिएको थियो । सडक निर्माण कार्यका शिलशिलामा सडकबत्ति राखियो । वर्तमान अवस्थामा ती सडकबत्तिहरु मध्ये ३० प्रतिसत सडकबत्ति बलेका छन् अरु बलेको छैनन् । सडकबत्ति नबलेको करिव १ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिलाई कुनै वास्ता छैन । जनप्रतिनिधिलाई इटहरीको विकास निर्माण , इहटरीको सुन्दरता, शान्ति अमन चयनमा कुनै मतलव छैन ।
इटहरीको बसपार्क त्यति धेरै लगानी गरेर निर्माण भएको छ तर बसपार्क जाने सडक भत्किएर समस्या छ । बसपार्क जाने सडक व्यवस्थित गर्न नसक्ने इटहरीका जनप्रतिनिधि धिक्कार छ ।
आकासको राहु पातालको केतु एक फेर नपरे कसरी चेतु भन्ने भनाईलाई अब इटहरीवासीले ख्याल गर्नु पर्छ । पटक पटक आँखा चिम्लेर काम नगर्ने कमाउ धन्धामा लागेका उम्मेदवारलाई भोट दिएकाले आज इटहरीवासी पछुताउनु परेको छ । भोलीका दिनमा पनि फेरी काम नगर्ने इटहरीको बजेट हिनामिना गर्ने व्यक्तिहरु उम्मेदवार बनेर इटहरीवासीको घरदैलोमा भोट माग्न आउन सक्छन् । इटहरी वासीले अब पनि गल्ती दोहर्याउनु भएन । कुन उम्मेदवार कस्तो हो उसको बचपन देखिको चाल चलन, इटहरीवासीका लागि गरेको योगदान, सामाजिक संघ संस्थामा रहेर के कस्ता काम गरेको थियो । उम्मेदवारको पारिवारिक पृष्ठभुमी सबै बुझेर मात्र भोट हाल्नु पर्ने हुन्छ ।
निर्वाचनको समयमा म यो दलको उ त्यो तलको होइन हामी सबैले इटहरीको हित चिताउने, इटहरीवासीका लागि काम गर्ने उम्मेदवारको छनोट गर्नु पर्ने हुन्छ । पालिका भनेको हाम्रो गाउँ ठाउँको सरकार हो यसमा राजनीतिक दलको सिद्धान्तका आधारमा नभएर कामगर्ने,इटहरी शहरलाई नमुना शहर बनाउने नयाँ सोच भएको स्वच्छ छवीको व्यक्तिलाई भोट दिनु पर्ने हुन्छ । सुन्नमा आए अनुसार राजनीतिक दलका नेताहरुले माथीबाट २–४ करोडमा टिकट किनेर निर्वाचनमा ५÷७ करोड खर्च गरेर निर्वाचन जित्ने र निर्वाचन जिते पछि निर्वाचनमा गरेको खर्च उकास्ने ध्याउन्नमा लाग्ने गर्दछन् । पैसाको बलमा निर्वाचन जित्ने सोच राखेकाहरुलाई आगामी स्थानीय तहको निर्वाचनमा धुलो चटाउनु बुद्धिमानी हुने छ ।