स्वाधिन अर्थतन्त्र निर्माणमा नेपाल उद्योग व्यापार महासंघ

  • भदौ २२, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले वैज्ञानिक समाजवाद उन्मुख अर्थव्यवस्था निर्माणमा योगदान गर्नु पर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा शुक्रबारदेखि सुरु भएको नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासंघ फ्याक्सन इन्चार्जसमेत रहेका वस्नेतले स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यकता भएको बताए ।
उनले व्यापार व्यवसायको क्षेत्र व्यापक बन्दै गएकोले संगठन विस्तारमा लाग्न महासंघलाई आग्रह गरे । बस्नेतले सामाजिक संगठनहरुमा पार्टीको विचारलाई पुर्याउन नेपाल उद्योग व्यापार महासंघ अग्रसर हुनुपर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले व्यापारमा पुरानो वर्गलाई विस्थापित गरी नयाँ वर्गको स्थापना गर्न आफूहरु लागि परेको बताए । उनले सबै क्षेत्रका व्यापारी, व्यवसायीहरुसंग सहकार्य गर्न महासंघ तयार रहेको जानकारी दिए । स्वाधिन अर्थतन्त्र निर्माणको लागि आन्दोलन अघि बढाउन संगठन विस्तारमा महासंघ लागि परको उनको भनाइ छ ।
महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले बैठककै अवसरमा प्रभावकारी नेतृत्व र व्यवसायिक शिष्टचारबारे तालिम पनि चलिरहेको रहेको बताए । तालिममा विषय विज्ञहरु विनोद अर्याल र हरि भण्डारीले सहजीकरण गरिरहेका छन् । पराजुलीले कार्यक्रम दुई दिनसम्म संचालन हुने बताए ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष दुष्यान्त भट्टराईले कार्यक्रमको व्यवस्थापनबारे जानकारी गराएका थिए । अर्का उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै महासंघ निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको पर्यटकीय कार्यक्रम गर्न लागिएको जानकारी गराए । कोशी प्रदेशसभाकी निवर्तमान उपसभामुख सरस्वती पोखरेलले कार्यक्रम सफलताको शुभकामना दिएकी थिइन् ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजकुमार आचार्यले कार्यक्रममा ५० जना भन्दा बढी सहभागि रहेको जानकारी दिए । कार्यक्रममा महासंघकी केन्द्रीय उपमहासचिव गिता पौडेलले कविता वाचन गरेकी थिइन् ।

FNIC Itahari

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]