इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल सुरु

  • असोज १९, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल २०८० सुरु भएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा रोटरी क्लव अफ इटहरी युगलको सह आयोजनामा कर्पाेरेट क्रिकेट फेस्टिवल सुरु भएको हो ।
आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीको अध्यक्षता तथा खेलकुद विकास वोर्ड कोशी प्रदेशका सदस्य सचिव हर्षराज वाग्लेको प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन खेलमा कस्तुरी कलेज इटहरी र उद्योग वाणिज्य संघ इटहरी टिम विच भएको थियो ।
छरिएर रहेका व्यवसायीहरुलाई एक आपसमा चिनजान र भाइचारा अभिवृद्धि गराउन, खेलको माध्यमबाट होटल तथा पर्यटन व्यवसायलाई चलायमान गराउने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ भने खेल सुपर ६ मा खेलाइए जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका महासचिव सफल पौडेलले जानकारी दिए ।
प्रतियोगिताको प्रथम हुने टिमले २५ हजार नगद सहित शिल्ड प्रमाण पत्र, दोस्रो हुने टिमलाई १५ हजार नगद सहित शिल्ड प्रमाण हात पार्ने छन् । प्रतियोगिता नेपाल डिभिएम स्कुलको खेल मौदानमा सुरु भएको हो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]