एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

  • चैत्र १८, २०८० / नेपाल रेखा
alt

विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको बिजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २–१ गोलले पराजित गरी सिक्कम एनआरटी सेमिफाइनलमा पुगेको हो ।
जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी काठमाण्डौं र साथर्न समिति एफसि कोलकत्ताको बिजेता टिमसँग खेल्नेछ ।
जितको लागि सिक्कमका ह्यारिसन र आर्दश तामाङले गोल गरे । एनआरटीको तर्फबाट शिशिर लेखीले सान्तवना गोल फर्काए ।
एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा निकालेको पास शिशीरले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रमक खेल पस्कियो । ५९ औ मिनेटमा सिक्किमका ह्यारीसनले गोल गरी खेल बराबरीमा ल्याए । लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्यो । निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९ औं मिनेटमा सिक्किमका आर्दश तामाङले विजय गोल गरे । सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रिकिक दिएका थिए । आर्दशले प्रहार गरेको फ्रिकीक बलले जाली चुमेको थियो । टिमको जितमा सिक्किमका आर्दश खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।

एनआरटीले आक्रामक खेल पस्किँदै आधा दर्जन बढी गरेको पोस्ट आक्रमणलाई सिक्किमका प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराए ।
एनआरटीका रिचार्डले खेल सुरु भएको ७ औं मिनेटमा प्रहार गरेको बेल सिक्किमका प्रिसोले उत्कृष्ट बचाए । त्यसलगतै सिसिर लेखीले प्रहार बाहिरयो । २१ औ मिनेटमा एनआरटीका अफिज ओलावालेले प्रहार सिक्किमका किपर प्रिसोले उत्कृष्ट बचाए ।
२९ औ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डदेखि गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पन्च गरेर बल बारमाथिबाट फालिदिए ।
पहिलो हाफको अतिरिक्त समयको एक मिनेटमा मध्यभाग बाट बललाई वान भर्सेस वानमा लगेर एनआरटीका आफिज ओलावाको डिबक्स नजिकबाट गरेको प्रहार सिक्किमको किपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए ।
खेलको अत्यमा शिसिरले डिबिक्स भित्रबाट गरेको प्रहार बाहिरदा खेल बराबरीमा ल्याउने सुन्दर अवसर चुकाए ।

हारपछि एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरुबीच आन्तरिक तालमेल नमिलेको कारणले पराजय भोग्नु परेको बताए । ‘आइतबार दुई जना खेलाडी काठमाण्डौ जानुपर्ने बाध्यता पनि भयो । दुई खेलाडी नभएको कारणले पनि हार भयो,’ उनले भने ।
जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीहरुले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेकारले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए ।
सोमबारको खेल इटहरी गोल्डकपको बिजेता चर्च व्वाईज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]