एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

  • चैत १८, २०८० / नेपाल रेखा
alt

विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको बिजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २–१ गोलले पराजित गरी सिक्कम एनआरटी सेमिफाइनलमा पुगेको हो ।
जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी काठमाण्डौं र साथर्न समिति एफसि कोलकत्ताको बिजेता टिमसँग खेल्नेछ ।
जितको लागि सिक्कमका ह्यारिसन र आर्दश तामाङले गोल गरे । एनआरटीको तर्फबाट शिशिर लेखीले सान्तवना गोल फर्काए ।
एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा निकालेको पास शिशीरले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रमक खेल पस्कियो । ५९ औ मिनेटमा सिक्किमका ह्यारीसनले गोल गरी खेल बराबरीमा ल्याए । लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्यो । निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९ औं मिनेटमा सिक्किमका आर्दश तामाङले विजय गोल गरे । सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रिकिक दिएका थिए । आर्दशले प्रहार गरेको फ्रिकीक बलले जाली चुमेको थियो । टिमको जितमा सिक्किमका आर्दश खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।

एनआरटीले आक्रामक खेल पस्किँदै आधा दर्जन बढी गरेको पोस्ट आक्रमणलाई सिक्किमका प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराए ।
एनआरटीका रिचार्डले खेल सुरु भएको ७ औं मिनेटमा प्रहार गरेको बेल सिक्किमका प्रिसोले उत्कृष्ट बचाए । त्यसलगतै सिसिर लेखीले प्रहार बाहिरयो । २१ औ मिनेटमा एनआरटीका अफिज ओलावालेले प्रहार सिक्किमका किपर प्रिसोले उत्कृष्ट बचाए ।
२९ औ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डदेखि गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पन्च गरेर बल बारमाथिबाट फालिदिए ।
पहिलो हाफको अतिरिक्त समयको एक मिनेटमा मध्यभाग बाट बललाई वान भर्सेस वानमा लगेर एनआरटीका आफिज ओलावाको डिबक्स नजिकबाट गरेको प्रहार सिक्किमको किपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए ।
खेलको अत्यमा शिसिरले डिबिक्स भित्रबाट गरेको प्रहार बाहिरदा खेल बराबरीमा ल्याउने सुन्दर अवसर चुकाए ।

हारपछि एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरुबीच आन्तरिक तालमेल नमिलेको कारणले पराजय भोग्नु परेको बताए । ‘आइतबार दुई जना खेलाडी काठमाण्डौ जानुपर्ने बाध्यता पनि भयो । दुई खेलाडी नभएको कारणले पनि हार भयो,’ उनले भने ।
जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीहरुले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेकारले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए ।
सोमबारको खेल इटहरी गोल्डकपको बिजेता चर्च व्वाईज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]