लिगलिगे दौडको उपाधि नेपाली सेनाका राईलाई

  • कार्तिक १, २०८० / नेपाल रेखा
alt

गोरखा । एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पार्नुभएको छ । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित हुनु भएको छ ।
प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभएको छ । भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो हुन सफल हुनुभएको हो । गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिँकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङिगएको थियो ।
प्रतियोगितामा उपाधि विजेता राईले एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रो हुनु भएका रावतले ५० हजारसहित मेडल र प्रमाणपत्र, तेस्रो हुने सफल थापामगरले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले जानकारी दिनुभयो । नेपाल एकीकरण अघिका बाइसे चौबिसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । तत्कालीन समयमा दौडर राजा हुने परम्परालाई जोगाइ राख्न पछिल्लो समय दौड प्रतियोगिता गर्ने गरिएको छ । लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताले टेवा पुगेको आयोजकले जनाएको छ ।
विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः विसं २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिनु भयो । द्रव्य शाहले दौडमा विजय हासिलगरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]