ईमान्दार भए कुनैपनि बिकाश निमार्ण असम्भव छैन ः वडा अध्यक्ष फुयाल

  • कार्तिक २५, २०७७ / "नेपाल रेखा"
alt

धिरेन्द्र चौधरी, सुुनसरी । साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको रामधुनी नगरपालिका को ५ नं. बडा आफ्नो वडाको बिकाशका लागि प्रतिस्पर्धि भएर लागि परेको छ । मनै देखी लागि पर्दा कुुनैपनि बिकाश निर्माण कार्य असम्भव नहुुने मान्यताका साथ ५ नं. वडाले आफ्नो बिकाश निर्माणकार्यलाई गति दिईरहेको छ ।

वडावासी लाई साथमा लिएर काम गरेकैले बिविध बिकाशमा वडाले सफलता पाईरहेको पनि वडा अध्यक्ष डेगराज फुयाल बताउनुु हुुन्छ । नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरका २,४,५, ७ र ९नम्बर वडा कार्यालयहरु भाडा घर बाट संचालन हुँदै आएपनि ५ नं. वडा कार्यालय अहिले आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेको छ ।

यस नगरमा नौ वटा वडा कर्यालयहरु रहेका छन् । एकै समयमा अन्य वडाकार्यालयहरु निर्माण प्रक्रिया शुरु गरिएको भएपनि ५ नं. वडाले भने निर्धारित समय भन्दा अगावै आफ्नो निर्माण कार्य पुुरा गरि नयाँ भवनवाट कार्य सम्पादन सुुरु गरिसकेको छ । धरान १८ निवासी दानबीर बिरेन्द्र मास्केले प्रदान गर्नुुभएको दुई कठा जग्गा क्षेत्रफलमा कार्यालय भबन निर्माण भएको छ ।


यस वडामा सामुदायिक बिधालयको स्थापना, स्वास्थ चौकी भवनलाई कोभिड अस्पतालमा परीमार्जन गरि निर्माण कार्य अगाडि बढेको पनि वडा अध्यक्ष फुयाल बताउनुुभएको छ । स्थानीय महिलाहरुको सीप बिकासका लागि तालिम केन्द्रलाई गार्मेन्टको रुपमा बिकास गर्ने वडा कार्यालयले काम शुरु गरिसकेको छ । उनै रामधुनी नगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष डेगराज फुयाल संग नेपालरेखा डटकम का लागि धिरेन्द्र चौधरीले वडाको बिकास निर्माणको गतीबिधी बारे बुुझ्ने प्रयास गर्नुुभएको छ । प्रस्तुुत छ कुराकानीको सारसंक्षेप

5 no wada

 


१. वडाको बिकाश निर्माण र कार्यालयको काम कायर्बाही कसरी चलिरहेको छ ?


कार्यलयको दैनिक गतिबिधि र बिकास निर्माणको कामहरु सामान्य अबस्थामा संचालन भइरहेका छन् । कोभिड १९ ले गर्दा भिडभाड हुने काम बन्द गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको स्वास्थय मापदण्ड अनुसार १५ जना भन्दा माथिको संख्यामा भेला हुने काम बन्द गरिएको छ ।


२. यस कार्यालयमा सेवाग्राहीले ग्लासमा पिउदै गरेको के हो ?


यो ग्रीन टि हो । तुलसीको पात, गुर्जो,मेथी लगायतको धुलो तातो पानीमा बनाएर अफिसमा पिउने गरेका छौं । जाडो मौसममा सर्दी कम गर्न सहयोग हुने भएकोले पनि चियाको साटोमा यही पिउने र सेवाग्राहीको सत्कार पनि भयो ।


३. यस वडामा कोरोना भाइरस संक्रमितको संख्या कति रहेको छ ?


यस ठाउँमा रहेकोे करागार समेत गरि ७७ जना भाइरस संक्रमितको संख्या पुगेको छ । वडाका संक्रमितको अवस्था सामान्य रहेको छ ।


४. यहाँ संक्रमितको संख्या बढन नदिन के कस्तो काम भइरहेको छ ?


यस वडामा नगरको कोभिड अस्पताल निर्माण कार्य भइरहेको छ ।


५. यस वडा कार्यालयले आफ्नै भबन बनाउन कसरी सफल रहयो ?


वडा र नगर पालिकाको सहयोगमा भबन निर्माण गरिएको हो । हामी संग स्थानीयबासिको चाडै भवन बनोस् चाहना थियो । इच्छा शक्तिले वडाको समेत बजेट थप गरि कार्यालय निर्माण गरिएको हो ।


६. काम गर्दा समस्या र चुनौती कति आउछन् ?


हामिले काम गर्दा सहजीकरण गरेर गरीरहेका छौ, बिबाद हुने अवस्था सिर्जना भएको छैन । नेपाल सरकार र प्रदेश सरकारको बजेट र स्थानीय तहमा संकलित राजस्व बजेट छ । काम गर्दा रकमको अभाव छ । हाम्रोमा जनसहभागिता अत्यधिक भएकोले बिकास निर्माण सहज ढंगले अगाडि बढेको छ ।


७. विकास निर्माण गर्दा कुन प्रक्रिया अपनाउनु हुन्छ ?


जनसहभागिता सहितको उपभोक्ता समिती बाट बिकास निर्माण गरीरहेका छौ ।


८. तपाई लेस्थानीय ठाउँमा महत्त्वपूर्ण बिकासका काम कुन कुन गर्नु भयो र चालू अबस्थामा के भइरहेको छ ?


वडा कार्यालय भवन निर्माण सप्पन्न , सामुदायिक बिद्ययालय थिएन, बिधालय शुरु गरिएको छ । स्वास्थय चौकी थिएन, नगर कोभिड अस्पतालको रुपमा काम भइरहेको छ । ठाउँ–ठाउँमा बाटो , नाला निर्माण गरिएको छ । महिलाको क्षेत्रमा सीप बिकास केन्द्र संचालन गरि ग्रार्मेनटको रूपमा बिकास गर्ने काम भइरहेको छ । चिल्ड्रेन पार्क बनाउदै छौ । हामिले गरेको घोषणा पत्र अनुसार ९० प्रतिशत काम गरेका छौ । बस पार्क निर्माण कार्य बाकी रहेकोे छ ।


९. राजनितिमा आउनुु भन्दा अगाडी तपाईको पेशा गर्नुुहन्थ्यो ?


राजनिति भन्दा पहिला म शिक्षण पेशामा आवद्ध थिए ।


१०. जनप्रतिनिधि भएर काम गर्दा कस्तो अनुभव पाउनु भयो ?


बडामा आफुुले गरेको बिकाश निर्माण र कार्य प्रगति लाई स्मरण गर्दा र बिकाश निर्माणमा बडा बासीको सहयोग पाउँदा आफुुलाई अझ सामाजिक कार्य गर्न हौसला मिलेको अनुुभव भएको छ । काम गदै जाँदा सबै कुरा सम्भब रहेछ भन्नेकुुरा पनि सिकियो । मन भए जतिपनि सामाजिक सेवा गर्न सकिने रहेछ ।


११. यस वडामा चालू आ.ब. मा कति बजेट रहेको छ ?


वडामा एक करोड ६७ लाख ५० हजार बजेट रहेकोे छ ।


१२. रामधुनी नपाको वडामा बजेट बढी देखिन्छ, के कारणले यस्तो भएको हो ?


यहाँ बिकास निर्माणका काम वडा केन्द्रित रहेको छ । बिकासको काममा रामधुनी अगाडि छ । बजेट फ्रीज हुने कुरा शुन्यमा रहेको छ । ग्रास लेभलमा काम भइरहेको छ । केन्द्र र प्रदेश सरकारको ससर्त अनुदान खर्च नभएर फ्रीज भएको छ । नगर बाट हुने बिकास निर्माणका कामको बजेट तीन बर्ष यता फ्रीज भएको छैन ।


१३. जनप्रतिनिधि भएपछि घरको र कार्यालयको दुुर्वतर्फको जिम्मेवारी वहन गर्ने समय कसरी ब्यवस्थापन गर्नुुहुुन्छ ?


कार्यालयको समयमा कार्यालयको काम गर्छु । बाकी समय घरको काम गर्छु । कहिलेकाही बिहान देखि बेलुका सम्म कार्यालयको काम गर्नु पर्ने अबस्था रहेको छ । कार्यालयमा म नियमित आउने गरेको छु ।


१४. वडा बासीलाइ हाम्रो पत्रिकामार्फत केही सन्देश दिनुहुन्छ कि ?


बिकासका काममा सबै सकारात्मक भएर लागौ, सकारात्मक सोचाइले मात्र बिकास सम्भब छ । स्थानीयले वडा समिति लाई जसरी माया ममता गरीरहनु भएको छ । आउदा दिनहरुमा पनि साथ सहयोग र समर्थनको अपेक्षा राख्दछु । सवै मिलेर अगाडी जाने हो भने बडालाई समृद्ध बनाउन कुुनै असम्भव छैन ।

 

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]