ईमान्दार भए कुनैपनि बिकाश निमार्ण असम्भव छैन ः वडा अध्यक्ष फुयाल

  • कार्तिक २५, २०७७ / "नेपाल रेखा"
alt

धिरेन्द्र चौधरी, सुुनसरी । साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको रामधुनी नगरपालिका को ५ नं. बडा आफ्नो वडाको बिकाशका लागि प्रतिस्पर्धि भएर लागि परेको छ । मनै देखी लागि पर्दा कुुनैपनि बिकाश निर्माण कार्य असम्भव नहुुने मान्यताका साथ ५ नं. वडाले आफ्नो बिकाश निर्माणकार्यलाई गति दिईरहेको छ ।

वडावासी लाई साथमा लिएर काम गरेकैले बिविध बिकाशमा वडाले सफलता पाईरहेको पनि वडा अध्यक्ष डेगराज फुयाल बताउनुु हुुन्छ । नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरका २,४,५, ७ र ९नम्बर वडा कार्यालयहरु भाडा घर बाट संचालन हुँदै आएपनि ५ नं. वडा कार्यालय अहिले आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेको छ ।

यस नगरमा नौ वटा वडा कर्यालयहरु रहेका छन् । एकै समयमा अन्य वडाकार्यालयहरु निर्माण प्रक्रिया शुरु गरिएको भएपनि ५ नं. वडाले भने निर्धारित समय भन्दा अगावै आफ्नो निर्माण कार्य पुुरा गरि नयाँ भवनवाट कार्य सम्पादन सुुरु गरिसकेको छ । धरान १८ निवासी दानबीर बिरेन्द्र मास्केले प्रदान गर्नुुभएको दुई कठा जग्गा क्षेत्रफलमा कार्यालय भबन निर्माण भएको छ ।


यस वडामा सामुदायिक बिधालयको स्थापना, स्वास्थ चौकी भवनलाई कोभिड अस्पतालमा परीमार्जन गरि निर्माण कार्य अगाडि बढेको पनि वडा अध्यक्ष फुयाल बताउनुुभएको छ । स्थानीय महिलाहरुको सीप बिकासका लागि तालिम केन्द्रलाई गार्मेन्टको रुपमा बिकास गर्ने वडा कार्यालयले काम शुरु गरिसकेको छ । उनै रामधुनी नगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष डेगराज फुयाल संग नेपालरेखा डटकम का लागि धिरेन्द्र चौधरीले वडाको बिकास निर्माणको गतीबिधी बारे बुुझ्ने प्रयास गर्नुुभएको छ । प्रस्तुुत छ कुराकानीको सारसंक्षेप

5 no wada

 


१. वडाको बिकाश निर्माण र कार्यालयको काम कायर्बाही कसरी चलिरहेको छ ?


कार्यलयको दैनिक गतिबिधि र बिकास निर्माणको कामहरु सामान्य अबस्थामा संचालन भइरहेका छन् । कोभिड १९ ले गर्दा भिडभाड हुने काम बन्द गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको स्वास्थय मापदण्ड अनुसार १५ जना भन्दा माथिको संख्यामा भेला हुने काम बन्द गरिएको छ ।


२. यस कार्यालयमा सेवाग्राहीले ग्लासमा पिउदै गरेको के हो ?


यो ग्रीन टि हो । तुलसीको पात, गुर्जो,मेथी लगायतको धुलो तातो पानीमा बनाएर अफिसमा पिउने गरेका छौं । जाडो मौसममा सर्दी कम गर्न सहयोग हुने भएकोले पनि चियाको साटोमा यही पिउने र सेवाग्राहीको सत्कार पनि भयो ।


३. यस वडामा कोरोना भाइरस संक्रमितको संख्या कति रहेको छ ?


यस ठाउँमा रहेकोे करागार समेत गरि ७७ जना भाइरस संक्रमितको संख्या पुगेको छ । वडाका संक्रमितको अवस्था सामान्य रहेको छ ।


४. यहाँ संक्रमितको संख्या बढन नदिन के कस्तो काम भइरहेको छ ?


यस वडामा नगरको कोभिड अस्पताल निर्माण कार्य भइरहेको छ ।


५. यस वडा कार्यालयले आफ्नै भबन बनाउन कसरी सफल रहयो ?


वडा र नगर पालिकाको सहयोगमा भबन निर्माण गरिएको हो । हामी संग स्थानीयबासिको चाडै भवन बनोस् चाहना थियो । इच्छा शक्तिले वडाको समेत बजेट थप गरि कार्यालय निर्माण गरिएको हो ।


६. काम गर्दा समस्या र चुनौती कति आउछन् ?


हामिले काम गर्दा सहजीकरण गरेर गरीरहेका छौ, बिबाद हुने अवस्था सिर्जना भएको छैन । नेपाल सरकार र प्रदेश सरकारको बजेट र स्थानीय तहमा संकलित राजस्व बजेट छ । काम गर्दा रकमको अभाव छ । हाम्रोमा जनसहभागिता अत्यधिक भएकोले बिकास निर्माण सहज ढंगले अगाडि बढेको छ ।


७. विकास निर्माण गर्दा कुन प्रक्रिया अपनाउनु हुन्छ ?


जनसहभागिता सहितको उपभोक्ता समिती बाट बिकास निर्माण गरीरहेका छौ ।


८. तपाई लेस्थानीय ठाउँमा महत्त्वपूर्ण बिकासका काम कुन कुन गर्नु भयो र चालू अबस्थामा के भइरहेको छ ?


वडा कार्यालय भवन निर्माण सप्पन्न , सामुदायिक बिद्ययालय थिएन, बिधालय शुरु गरिएको छ । स्वास्थय चौकी थिएन, नगर कोभिड अस्पतालको रुपमा काम भइरहेको छ । ठाउँ–ठाउँमा बाटो , नाला निर्माण गरिएको छ । महिलाको क्षेत्रमा सीप बिकास केन्द्र संचालन गरि ग्रार्मेनटको रूपमा बिकास गर्ने काम भइरहेको छ । चिल्ड्रेन पार्क बनाउदै छौ । हामिले गरेको घोषणा पत्र अनुसार ९० प्रतिशत काम गरेका छौ । बस पार्क निर्माण कार्य बाकी रहेकोे छ ।


९. राजनितिमा आउनुु भन्दा अगाडी तपाईको पेशा गर्नुुहन्थ्यो ?


राजनिति भन्दा पहिला म शिक्षण पेशामा आवद्ध थिए ।


१०. जनप्रतिनिधि भएर काम गर्दा कस्तो अनुभव पाउनु भयो ?


बडामा आफुुले गरेको बिकाश निर्माण र कार्य प्रगति लाई स्मरण गर्दा र बिकाश निर्माणमा बडा बासीको सहयोग पाउँदा आफुुलाई अझ सामाजिक कार्य गर्न हौसला मिलेको अनुुभव भएको छ । काम गदै जाँदा सबै कुरा सम्भब रहेछ भन्नेकुुरा पनि सिकियो । मन भए जतिपनि सामाजिक सेवा गर्न सकिने रहेछ ।


११. यस वडामा चालू आ.ब. मा कति बजेट रहेको छ ?


वडामा एक करोड ६७ लाख ५० हजार बजेट रहेकोे छ ।


१२. रामधुनी नपाको वडामा बजेट बढी देखिन्छ, के कारणले यस्तो भएको हो ?


यहाँ बिकास निर्माणका काम वडा केन्द्रित रहेको छ । बिकासको काममा रामधुनी अगाडि छ । बजेट फ्रीज हुने कुरा शुन्यमा रहेको छ । ग्रास लेभलमा काम भइरहेको छ । केन्द्र र प्रदेश सरकारको ससर्त अनुदान खर्च नभएर फ्रीज भएको छ । नगर बाट हुने बिकास निर्माणका कामको बजेट तीन बर्ष यता फ्रीज भएको छैन ।


१३. जनप्रतिनिधि भएपछि घरको र कार्यालयको दुुर्वतर्फको जिम्मेवारी वहन गर्ने समय कसरी ब्यवस्थापन गर्नुुहुुन्छ ?


कार्यालयको समयमा कार्यालयको काम गर्छु । बाकी समय घरको काम गर्छु । कहिलेकाही बिहान देखि बेलुका सम्म कार्यालयको काम गर्नु पर्ने अबस्था रहेको छ । कार्यालयमा म नियमित आउने गरेको छु ।


१४. वडा बासीलाइ हाम्रो पत्रिकामार्फत केही सन्देश दिनुहुन्छ कि ?


बिकासका काममा सबै सकारात्मक भएर लागौ, सकारात्मक सोचाइले मात्र बिकास सम्भब छ । स्थानीयले वडा समिति लाई जसरी माया ममता गरीरहनु भएको छ । आउदा दिनहरुमा पनि साथ सहयोग र समर्थनको अपेक्षा राख्दछु । सवै मिलेर अगाडी जाने हो भने बडालाई समृद्ध बनाउन कुुनै असम्भव छैन ।

 

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]