चर्च ब्वाइजले जित्यो इटहरी गोल्डकपको उपाधी

  • चैत्र १८, २०८० / नेपाल रेखा
alt

इटहरी । १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधी फुटबलको उपाधी चर्च ब्वाइजले जितेको छ । शनिबार राति सम्पन्न फाइनलमा गत संस्करणको उपबिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेडले बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । चर्च ब्वाइजले उपाधीसंगै नगद १० लाख रुपैया पाएको छ । उपबिजेतामा सिमित आर्मीले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ ।
चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका हुन् । खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले बांकी अधिकांश समय रक्षात्मक खेलेको थियो । आर्मीका खेलाडीले पाएका आधा दर्जन अवसरलाई सदुपयोग गर्न नसक्दा उपबिजेतामै सिमित बन्न पुग्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृती क्लबका प्रवेश दनुवार घोषित भए । उनले नगद १ लाख रुपैया पाए । उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्चका दिप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्चका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक चर्चकै दर्शन भत्तराज घोषित भए । उनीहरुले जनही २० हजार पाए । सर्वाधिक गोलकर्ता डिफेण्डिङ च्याम्पियन सगरमाथाका बिमल घर्तीमगर भए ।
चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृती क्लबलाई १–० गोलले पराजित गर्दै उपाधी नजिक पुगेको थियो भने आर्मीले साबिक बिजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुटआउटमा २–१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसंगको फाइनल भिडन्त पक्का गरेको थियो । क्वाटरफाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको थियो । चैत्र १० गतेदेखी सुरु भएको प्रतियोगितामा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता थियो । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगिताको कन्ट्रोल लुब्रीकेन्टले मुख्य प्रायोजन गरेको थियो ।
विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायतले पुरस्कार वितरण गरेका थिए ।

Rajendra Karki CHAM.jpeg

 

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

स्थिर सरकार बिना मुल ...

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]