सुन र चाँदीको मूल्य बढ्यो

  • चैत १, २०८० / नेपाल रेखा
alt

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।
त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सयले वृद्धि भई प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय थियो ।
चाँदीको पनि प्रतितोला ५० ले वृद्धि भई प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]